Home » » विवाह पार्टीमा ढिलो आएमा बेहुला बेहुलीलाई जरिवाना

विवाह पार्टीमा ढिलो आएमा बेहुला बेहुलीलाई जरिवाना

Written By Rijan KC on Wednesday, July 1, 2015 | 4:04 AM

विवाहको दिन बेहुला बेहुलीको महत्व नै बेग्लै हुन्छ र र उनीहरुलाई बाधा विरोध गर्ने वा कुनै कुरामा रोकतोक वा सजाय दिने भन्ने कुराको गुन्जायस नै हुँदैन । तर भारतको भोपालस्थित एक गाउँमा भने दुलाहा दुलहीलाई नै जरिवाना गर्ने कानून बनेको छ । भोपालस्थित सिन्धी केन्द्रीय पन्चायतले विवाहपछिको रिसेप्सन पार्टीमा ढिलो उपस्थित हुने बेहुला बेहुलीमाथि आर्थिक जरिवाना गर्ने नियम बनाएको छ । वैवाहिक कार्यक्रम ढिलो गरी सुरु गर्नुपनि बिहेघरको लागि भारी पर्न सक्नेछ । 

विवाह कार्यक्रम ढिलो सुरु गर्ने वा विवाहको पार्टीमा बेहुला बेहुली ढिलो उपस्थित भएमा सम्बन्धित परिवारले ५ हजार भारु जरिवाना तिर्नुपर्नेछ । उक्त रकम सम्बन्धित क्षेत्रको गाउँ पन्चायतको राजश्वमा दाखिला हुने बताइएको छ । केन्द्रीय पन्चायतले मृत्युभोजमा फजुल खर्च गर्नमा समेत प्रतिबन्ध लगाएको छ । गत आइतबार सिन्धी केन्द्रीय पन्चायत बैठकले यस्तो निर्णय लिएको बताइएको छ । 

विवाहमा नाचगान, गाउने तथा बजाउने सबै कामहरु वैवाहिक स्थलभित्र मात्र गर्नुपर्ने पनि नियम बनाइएको छ । विवाहको अवसरमा सडक बाटोमा युवतीहरुको नाच देखाउन पनि बन्देज लगाइएको छ । अब बिहे घर वा पार्टीस्थिलमा मात्र महिला डान्स प्रस्तुत गर्न पाइनेछ । विभिन्न परम्परागत समारोहहरुमा हुने गरेका विकृती विसंगती तथा फजुल खर्च रोक्नका लागि यस्तो नियम बनाइएको बताइएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC