Home » » विश्वकै सबैभन्दा ठूलो जुम्बा क्लास, १३ हजार जना एकसाथ नाचे सडकमा

विश्वकै सबैभन्दा ठूलो जुम्बा क्लास, १३ हजार जना एकसाथ नाचे सडकमा

Written By Unknown on Thursday, July 30, 2015 | 6:13 AM


साउन १२ 

गएको हप्ता फिलिपिन्सको मन्दालुयोंग सहरको सडक पहेँलपूर भयो । पहेँलो टिसर्ट लगायतका युवायुवतीहरु एकाएक सडकमा उफ्रिन थाले, नाच्न थाले । तर त्यो कुनै आन्दोलन थिएन ।  झण्डै तेह्र हजार जना एकसाथ सडकमा उत्रिएर जुम्बा नाच्दै विश्वकिर्तिमान कायम गरे । विश्वको सबैभन्दा वृहत जुम्बा कक्षाको आयोजना गरी मन्दालुयोंग सहरले गिनिज बुकमा नाम लेखाएको छ । जुम्बामा एकसाथ १२ हजार ९७५ जना नाचेका थिए । एकनासको पहेँलो टिसर्ट लगाएका  मन्दालुयोंगका फिटनेस प्रेमीहरुले देशको सिबु सहरको किर्तिमान भंग गर्न सफल भए । सन् २०१४ को अक्टोबरमा सिबुमा एकसाथ ८ हजार २ सय ३२ जनाले जुम्बा नाचेका थिए ।
विहान साढे ६ बजे सुरु भएको जुम्बा नाचका क्रममा सडकका विभिन्न ठाउँमा व्यवसायिक जुम्बा नर्तकहरु मन्चमाथि नाचिरहेका थिए भने तल सडकमा पहेँलो टिसर्टधारीहरु मन्चका गुरुलाई पछ्याएर उप्रिmरहेका थिए । मार्टिनेस सडकमा भएको जुम्बा नाच ननस्टप आधा घण्टासम्म चल्यो । जुम्बा कक्षा सकिएसँगै गिनिज बुक अफ वल्र्ड रेकर्डस्का पदाधिकारी एलान पिक्सेले विश्वकिर्तिमानीको घोषणा गर्दा आधा घण्टा उफ्रिएर थाकेका सहभागीहरु गदगद भए । सहरका मेयर बेन्हुर एबालेसको जन्मदिनको दिन पारेर उक्त किर्तिमानी जुम्बा नाचको आयोजना गरिएको थियो । मेयर एबालेसले हालै राष्ट्रसंघीय लोकसेवा अवार्ड हात पारेका छन् । नगर सरकार तथा मेन्दालुयोंग पोषण समितिले संयुक्त रुपमा उक्त जुम्बाको आयोजना गरेका थिए । स्मरण रहोस् कोलम्बियामा सुरु भएको जुम्बा पछिल्लो समयमा विश्वभर नै लोकप्रिय व्यायाम बन्दै गएको छ । जुम्बामा साम्बा, साल्सा, हिपहप तथा अन्य प्रकारका नाचको मिश्रण हुन्छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC