Home » » नाकाबन्दी बिरुद्ध चलचित्रकर्मी....

नाकाबन्दी बिरुद्ध चलचित्रकर्मी....

Written By RaAz Shah on Wednesday, November 11, 2015 | 4:13 PM

भारतले सुरु गरेको अघोषित नाकाबन्दी बिरुद्ध नेपाली चलचित्रकर्मीले विज्ञप्ती जारी गरेर विरोध जनाएका छन् । भारतलाई नाकाबन्दी फिर्ता लिन दवाब दिने उदेश्यले चलचित्रकर्मीले राजधानीमा अन्तरसम्वाद कार्यक्रम समेत गरेका थिए । कार्यक्रममा यादब खरेल, हरिहर शर्मा, कृष्ण मल्ल, राजेन्द्र सलभ, मोहन निरौला लगायतका चलचित्रकर्मीको उपस्थिती थियो । भियना कन्भेन्सन, विश्व ब्यापार संघ, सार्क बाणिज्य तथा पारबहन सन्धी, १९५० को नेपाल भारत शान्ती तथा मैत्री सन्धी बिरुद्ध भारत सरकार गएको भन्दै चलचित्रकर्मीले भारत सरकारलाई तत्काल नाकाबन्दी फिर्ता लिन आग्रह गरेका छन् । ‘भारतले नाकाबन्दी गरेर मानव अधिकार हनन गर्‍यो भन्नेमा नेपालका मानबअधिकारवादी पनि बोल्नु पर्‍यो ।’ मोहत निरौलाले भने । अघोषित नाकाबन्दीका बिरुद्ध आगामी दिनमा शसक्त बिरोधका कार्यक्रम गरिने केपी पाठकले बताए
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC