Home » » जन्ती बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २० घाइते

जन्ती बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २० घाइते

Written By RaAz Shah on Saturday, March 5, 2016 | 5:24 PM

भावुक योगी/उज्यालो । बर्दिया, फागुन २३ – बर्दियामा जन्ती बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । २० जना भन्दा धेरै घाइते भएका छन् ।
बर्दियाको धधवार–७ दुध्धाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती लिएर गएको भे १ ख ८५४ नम्बरको बस बेहुली लिएर फर्कर्दै गर्दा शनिबार राति साढे ९ बजे बबई नगरपालीका–६ सैनवारको जम्ती खोला पुल नजिक पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा 
धधवार दुध्धाका १७ वर्षका विष्णु थारु, १९ वर्षका सन्तोष थारु, १९ वर्षका निरज थारु  १४ वर्षका अरुण थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको उनीहरुको घटनास्थल मै ज्यान गएको हो
घाइते २० जनालाई भुरीगाउँमा प्राथमिक उपचार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर ज्यान गुमाएका घाइते भएकाहरु बसको छतमा बसेका प्रहरीले जनाएको  
बस पल्टिएपछि बबई सांस्कृतिक महोत्सवका युवाहरु तत्काल उद्दारमा जुटेका थिए बस  चालकलाई प्रहरीले पक्राउ गरेको बसको क्षमता भन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको प्रहरीको भनाई प्रहरीका अनुसार बेहुला बेहुली अर्को जीपमा भएकाले उनीहरु सकुशल छन्  
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC