श्रावण २०
गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछिको पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । पछिल्लो समयमा पराकम्पनको मात्रा भने कम भएको छ । बुधबार दिउँसो चार दिनपछि ४ म्याग्निच्यूडमाथिको एक धक्का मापन भएको छ । बुधबार दिउँसो १ बजेर ५९ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ३ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो पछिल्लो चार दिनमा मापन भएको पहिलो पराकम्पन हो । यसअघि, शनिबार बिहान ७ बजेर २२ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन आएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले वैशाख १२ को शक्तिशाली भूकम्पयता हालसम्म ४ म्याग्निच्यूडमाथिका ३६७ ओटा पराकम्पन मापन गरिसकेको छ ।
Post a Comment