Home » » तेस्रो लिंगीलाई पहिचान खुलाएरै राहदानी

तेस्रो लिंगीलाई पहिचान खुलाएरै राहदानी

Written By Unknown on Friday, August 7, 2015 | 12:14 AM

श्रावण २२ 
सरकारले लैगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई पनि राहदानी वितरण सुरु गरेको छ । राहदानी विभागले तेस्रो लिंगीको पहिचान खुलाएर राहदानी दिन थालेको हो । लैंगिक अल्पसंख्यकले अबदेखि पुरुष वा महिलाको साटो अन्य समुह लेखिएको राहदानी पाउने छन् । सर्वोच्च अदालतले दिएको आदेशअनुसार राहदानी सम्बन्धी कानुनमा आवश्यक संसोधन गरेर सरकारले तेस्रो लिंगी समुदायलाई पनि राहदानी वितरण सुरु गरेको हो । सर्वोच्चले २०७० साल जेठमा तेस्रो लिंगीको पहिचान खुलाएर राहदानी दिने व्यवस्था गर्न सरकार र परराष्ट्र मन्त्रालयको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । तेस्रो लिंगीहरूले परिचय खुलाएर नागरिकता पाइसकेपछि राहदानी पनि सोहीअनुसारको पाउनुपर्ने भन्दै सर्वोच्चले उक्त आदेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार सरकारले आवश्यक कानुन संशोधन गरेपछि राहदानी विभागले तेस्रो लिंगीलाई राहदानी वितरण थालेको हो ।


Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC