Home » » वर्षाले युएस ओपनको महिला एकलतर्फका सेमीफाइनल खेल स्थगित

वर्षाले युएस ओपनको महिला एकलतर्फका सेमीफाइनल खेल स्थगित

Written By Unknown on Thursday, September 10, 2015 | 8:29 PM


वर्षको अन्तिम ‘ग्रान्ड स्लाम’ युएस ओपन टेनिसअन्तर्गत महिला एकलतर्फका सेमीफाइनल खेल वर्षाले अबरुद्ध भएका छन् । न्यूयोर्कको फल्सीङ मिडोजमा जारी प्रतियोगितामा महिला एकलका सेमीफाइनल खेलहरु हिजो हुने तालिका थियो तर भारी वर्षा हुने प्रक्षेपण गरिएपछि खेल आजका लागि सारिएको हो । आज साँझ हुने खेलमा अमेरिकाकी सेरेना विलियम्स र ईटालीकी रोबर्टा भिन्ची तथा रोमानियाकी सिमोना हालेप र ईटालीकी पेनेटा भिड्नेछन् । अमेरिकाकी विलियम्स यो वर्षका सबै चार ग्रान्ड स्लाम जित्ने अभियानमा छिन् । यसैगरी युएस ओपन टेनिसको पुरुष एकलतर्फका सेमिफाइनल खेलहरु पनि आजै हुनेछन् । पुरुष एकलतर्फ स्विट्जरल्याण्डका रोजर फेडेरर र स्टानिस्लास वावरीङ्का तथा सर्वियाका नोभाक जोकोभिच र क्रोएशियाका मारीन सिलिच भिड्नेछन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC