Home » » सुदूर तथा मध्यपश्चिमका जिल्लामा मनाइने यस वर्षको गौरा पर्व आजदेखि सुरु

सुदूर तथा मध्यपश्चिमका जिल्लामा मनाइने यस वर्षको गौरा पर्व आजदेखि सुरु

Written By Unknown on Wednesday, September 2, 2015 | 8:39 PM

सुदूर तथा मध्यपश्चिमका जिल्लामा मनाइने यस वर्षको गौरा पर्व आजदेखि सुरु भएको छ । गौरा पर्व अन्तर्गत आज भाद्र कृष्ण पञ्चमीका दिन गौरालाई गौराघरमा बाजागाजा सहित विरुणा पञ्चमीका रुपमा भित्र्याइँदैछ । गौरा पर्व मान्ने महिलाहरुले आज विरुणा पञ्चमीका दिन पञ्च नाज गौ, गहत, मास, गुरुस र कलउलाई भिजाउने गरेको ज्योतिष पण्डित देवीदत्त पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार आज भिजाएको विरुणालाई भोलि षष्ठीको दिन धुने चलन रहेको छ । सप्तमीको दिन गौरा देवीको मूर्ति तयार गरेर आज भिजाइएका विरुणाले गौरा देवीको मूर्ति पुज्ने चलन रहेको छ । तिथिको हिसाबले यो वर्षको गौरा पर्व कृष्णपक्षमा परेकाले यसलाई अँधेरी गौरा भन्ने गरिएको छ । शुक्लपक्षमा परेको गौरालाई उज्याली गौराको रूपमा पुजिने गरिन्छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC