Home » » राहत र उद्धारमा साढे १५ अर्ब खर्च

राहत र उद्धारमा साढे १५ अर्ब खर्च

Written By Unknown on Monday, September 14, 2015 | 8:52 PM


वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पले घरबारबिहीन सर्वसाधारणको पुनःस्थापना र भत्केका संरचना पुननिर्माण सुरु नहुँदै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषबाट करिब साढे १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सूचना अधिकारी देवीप्रसाद थपलियाका अनुसार विभिन्न दातृ राष्ट्र तथा निकाय, संघसंस्था र व्यक्तिले कोषमा वैशाख १२ देखि भदौ २० सम्म करिब सात अर्ब रुपैयाँ जम्मा गरेको नागरिकमा खबर छ । कोषका लागि अर्थ मन्त्रालयले साढे ९ अर्ब रुपैयाँ निकासा गरेका थियो । वैशाख १२ अघि कोषमा ५१ करोड १६ लाख १५ हजार रुपैयाँ रहेको थियो । सबै गरी कोषमा १६ अर्ब ७८ करोड ५३ लाख ४२ हजार चार सय २१ जम्मा भएकोमा हाल एक अर्ब ३८ करोड ३७ लाख ४१ हजार चार सय २१ रुपैयाँ मात्र छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC