Home » » लिम्बुवानको बन्दले पूर्वाञ्चलको जनजीवन प्रभावित

लिम्बुवानको बन्दले पूर्वाञ्चलको जनजीवन प्रभावित

Written By Unknown on Wednesday, September 9, 2015 | 8:44 PM


लिम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज विहानैदेखि पूर्वको जनजीवन प्रभावित बनेको छ । पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालसहित विभिन्न आठ राजनीतिक दल तथा संगठन आबद्ध लिम्बुवान संयुक्त संघर्ष समितिले आज र भोली पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको हो । सो समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू–भागलाई लिम्बुवान घोषणा गरिनुपर्ने माग समेत गरेको छ । बन्दको कारण पूर्वका पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, संखुवासभा, र्तेहथुम, धनकुटा, मोरङ र सुनसरीको जनजीवन प्रभावित बनेको छ । यस जिल्लामा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने, कलकारखाना, शिक्षणसंस्था समेत ठप्प छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC