मुस्ताङको कथामा बनेको ‘कागबेनी’बाट नेपाली
फिल्मको यात्रा थालेका सौगात मल्ललाई अहिले त्यही मुस्ताङकै कथामा बनेको
फिल्म ‘कबड्डी कबड्डी’ले राहत दिएको छ । निश्चल बस्नेतको फिल्म
‘लुट’मा हाकु काले बनेपछि सौगात नयाँ नेपाली फिल्मको पोस्टर ब्वाईका रुपमा
उदाएका थिए । तर, त्यसपछि उनका थुप्रै फिल्मले लहरै असफलता बेहोरे । यो
शुक्रबार आएको फिल्म ‘कबड्डी कबड्डी’ले सुरुकै केही दिनमा राम्रो व्यापार
गरेर सौगातको डुब्दो करिअरलाई सहारा दिएको छ । सौगातको सफलतामा
मुस्ताङजस्तै निश्चल बस्नेत र दयाहाङ राई पनि जोडिएका छन् । ‘लुट’ का
निर्देशक निश्चल ‘कबड्डी कबड्डी’मा निर्माता र कलाकारका रुपमा संलग्न छन्
भने ‘लुट’का सह कलाकार दयाहाङ राई यसमा पनि मुख्य भूमिकामा छन् । दयाहाङ
भने पछिल्लो समय लगातार सफल भइरहेका छन् । यी दुवैले अभिनय गरेको सुवर्ण
थापाको फिल्म ‘फन्को’ पनि प्रदर्शनको क्रममा छ ।
Home »
Entertainment
» ‘कबड्डी कबड्डी’ले दियो सौगातलाई राहत
‘कबड्डी कबड्डी’ले दियो सौगातलाई राहत
Written By RaAz Shah on Tuesday, December 1, 2015 | 7:28 AM
Labels:
Entertainment
Post a Comment