Home » » शक्तिखोरको पशु हाटबजार नमुना बन्दै

शक्तिखोरको पशु हाटबजार नमुना बन्दै

Written By Unknown on Friday, March 11, 2016 | 4:28 AM

फाल्गुन २८, शक्तिखोर । पुर्वी चितवनको शक्तीखोरमा महिलाले सञ्चालन गरेको पशु हाटवजार नमुना बन्दै गएको छ । गाउँ भरीका खसी, बोका, वाख्रा र अन्य पशु संकलन गरेर विक्री गरिने पशु हाटबजारमा पछिल्लो समयमा चहल पहल बढ्दै गएको छ । स्थानिय महिलाहरु अबद्ध भएकोे सहकारी मार्फत सञ्चालनमा आएको पशु हाटबजारमा जिल्ला बाहिरका व्यपारीहरुको समेत आकर्षण बढ्दै गएको छ । लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्था शक्तीखोरले सञ्चलन गरेको पशु संकलन केन्द्रमा हरेक हप्ताको मंगलवार पशु हाट बजार लाग्ने गरेको छ । १५ वटा महिला समुहमा आवद्ध भएका ३ सय ७३ जना महिलाको शेयरमा पशु हाटबजार सञ्चलन गरिएको अध्यक्ष छमी रानामगरले बताउनुभयो । नेपालका विभिन्न क्षेत्रका १९८ वटा भ्रमण टोलीले अवलोकन समेत गरी सकेकाछन् । विदेशीहरुले समेत ६ पटक सम्म आएर अवलोकन गरिसकेको उहाँले बताउनुभयो । बिगतमा खसी बोका खरिद विक्री गर्ने क्रममा विचौलीयाका कारण उचित मूल्य नपाएका कारण सामुहिक रुपमा संकलन केन्द्र खोलिएको बताउँदै अध्यक्ष मगरले भन्नुभयो–‘पहिले व्यपारीको मूल्यमा विक्री गर्नुपर्ने बाध्यता थियो अहिले आफनो मूल्यमा विक्री गर्न पाएका छौ ।’ मकवानपुर, पोखरा, काठमाण्डौवाट पशु खरिदका लागि संकलन केन्द्रमा आउने गरेको उहाँको भनाई छ । जिल्ला भित्रका उपभोक्ताको सहजताकालागि हरेक मंगलवार पशु हाटवजार चलाउदै आएईएको छ ।
नारायण ढुङगानाबाट
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC