Home » » देउवा बने कांग्रेस सभापति, बधाइको ओइरो

देउवा बने कांग्रेस सभापति, बधाइको ओइरो

Written By Unknown on Monday, March 7, 2016 | 9:44 PM

फाल्गुन २६ । कांग्रेसको सभापतिमा निर्वाचित भएलगत्तै शेरबहादुर देउवाको निवासमा सोमबार रातिदेखि नै चहलपहल बढेको छ । उहाँलाई बधाई र शुभकामना दिनेको ओइरो लागेको हो ।
मतपरिणाम सार्वजनिक हुने बित्तिकै राष्ट्रिय सभागृहमा मध्यरातमै उहाँका समर्थक र शुभेच्छुकले खुसीयाली मनाएका थिए । त्यसपछि निवासमा पनि उस्तै खुसीयाली मनाउनेहरुको घुईंचो बढेको हो । मंगलबार बिहानैदेखि देउवा निवास बुढानिलकण्ठमा पार्टी नेता कार्यकर्ताको घुईंचो लागेको छ । देउवा मंगलबार दिनभर भेटघाट र शुभकामना आदानप्रदानमा व्यस्त हुने उहाँ निकट नेताले बताए । 
सभापतिमा पराजित रामचन्द्र पौडेल निवासमा पनि उहाँलाई सान्त्वना दिने नेता कार्यकर्ताको केही चहलपहल छ । देउवाको निवासमा जस्तो चहलपहल नभएपनि पौडेल निवासमा पनि मंगलबार बिहान केही नेता कार्यकर्ता पुगेका छन् । उनीहरुले पौडेललाई सान्त्वना दिइरहेका छन् । यस्तै चुनावी समीक्षा र आगामी रणनीतिबारे पनि पौडेल निकट नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC