जेठ ४, जुटपानी । नेपाली काँग्रेस कालिका नगरपालीकाले नगरपालीकाको वडा नम्वर एकमा रहेको कालिका मन्दीरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने भएको छ । सो मन्दीको एतिहासिक महत्व लाई झल्काउदै प्रचार प्रसार गर्ने र पयटकीय क्षेत्रका रुपमा विकास गर्न सम्वन्धित निकायलाई झकझकाउने वताएको छ । नगरसमितिको आज समफ्याङ्मा वसेको घुम्ति बैठकले यस्तो निर्णय गरेको हो । नेपाली काग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको सो बैठकले चेपाङ् समुदायको वसोवास रहेको कालिका नगरपालीका वडा नम्वर १ को राजवन, लटौली, सुवाङ् र कोलारमा विद्युत, खानेपानी र सडक विस्तारका लागि पहल गर्ने निर्णय गरेको छ । सो बैठकले नगरपालीकाका सवै क्षेत्र र तहमा प्रशिक्षणको व्यावस्था गर्ने समेत निर्णय गरेको छ । चेपाङ् समुदायको वस्ति रहेको सो छेत्र सरकारको ध्यान पुग्न नसकेका कारण बिकास हुन नसकेको निस्कर्ष निकाल्दै सो क्षेत्रको विकासका लागि पहल गर्ने निर्णय गरीएको हो । नेपाली काँग्रेस कालिका नगरपालीका का सभापति राजु श्रेष्ठको अध्यक्षतामा वसेको वैठकमा नगरपालीकाबाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्यहरु, क्षेत्रीय सभापति, महाधिवेसन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।
Home »
Local News
» कालिका मन्दिरलाई पर्यटकिय क्षेत्र बनाइने
कालिका मन्दिरलाई पर्यटकिय क्षेत्र बनाइने
Written By Unknown on Tuesday, May 17, 2016 | 6:33 AM
Labels:
Local News
Post a Comment