बैशाख २६, रत्ननगर । रत्ननगरका दुई किशोरीले आफनो जन्मदिन अनाथ बालिकाहरुसंग मनाएका छन् । रत्ननगर–६ भेडी निवासी सरस्वती लामा र रत्ननगर–५ बाघमारा निवासी निस्ता घिमिरेले रत्ननगरमा रहेको सानो घरमा आश्रित अनाथ वालिकाहरुसंग जन्मदिन मनाएका हुन । उनीहरुले जन्मदिनमा गर्ने खर्च कटौती गरी बालिकाहरुलाई स्टेशनरी सहयोग गरेका छन । शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी किशोरीहरुले वालिकाहरुलाई स्टेशनरी हस्तान्तरण गरेका थिए ।
बालिकाहरुको मनोरञ्जनको लागि आश्रममै पुगेर लामा र घिमिरेले वालिकासंगै केक काटेर रमाईलो गरेका थिए । लामा तमाङ सञ्चार समुहकी जिल्ला उपाध्यक्ष एवम् प्रेस चौतारी चितवनकी कार्यसमिति सदस्य हुन् । जन्मदिनको अबसरमा अनाथ बालिकाहरुलाई सहयोग गर्न पाउदा आत्म सन्तुष्टी भएको लामाले बताईन । कार्यक्रम सानो घरकी सञ्चालिका विमला श्रेष्ठको अध्यक्षतामा भएको थियो । आश्रममा १० जना अनाथ बालिका आश्रित छन ।
Post a Comment