Home » » मलेसियाले बनायो बच्चा जन्माउँदा महिलाले लगाउने ट्राउजर

मलेसियाले बनायो बच्चा जन्माउँदा महिलाले लगाउने ट्राउजर

Written By Rijan KC on Sunday, June 28, 2015 | 7:28 PM

बच्चा जन्माउँदा समेत महिलाहरुले सुरुवाल लगाउने ! यो कत्तिको सम्भव होला, आफ्नो ठाउँमा छ । तर मलेसियाको एक कम्पनीले भने बच्चा जन्माउने व्यथा लागेपछि महिलाले लगाउने सुरुवाल तयार पारेको छ ।
मले मेल नामक वेबसाइटका अनुसार यो ट्राउजर विशेष गरी मुस्लिम महिलाहरुप्रति लक्षित छ, किनकी मुस्लिम महिलाहरुमा आफ्नो सरीरको नांगो भाग अरुलाई देखाउनु हुँदैन भन्ने मान्यता छ, चाहे त्यो सुत्केरी हुने बेलामै पनि किन नहोस् ।

सोही कारणले बच्चा जन्माउने बेलामा समेत सरीरका तल्लो भागहरु छोपियोस् र बच्चा जन्माउनमा समेत कुनै बाधा नहोस् भनेर कम्पनीले बच्चा जन्माउने बेलामा महिलाले लगाउने ट्राउजरको उत्पादन गरेको हो । यो सुरुवाल झ्वाट्ट हेर्दा ट्रयाकसुटको ट्राउजर जस्तै देखिएपनि यसमा एउटा प्वाल हुन्छ, जसबाट बच्चा जन्मिएपछि बाहिर निस्किन सकोस् । मामा प्राइड कम्पनीले उत्पादन गरेको यो पूरै लामो बाउला भएको सुरुवाले सुत्केरीको पूरै खुट्टा ढाक्दछ । यसको मूल्य ११९ रिंगिट तोकिएको छ ।
कम्पनीले आफ्नो फेसबुक पेजमा भनेको छ, ‘बच्चा जन्माउँदा महिलाको आत्मसम्मान तथा अस्मितालाई कुनै ख्याल गरिँदैन । महिलाका पिँडौला, तिघ्रा, घुँडा लगायतका भागहरु आवश्यक नपरेपनि नांगै पारेर देखाइन्छ ।’
पछिल्लो समयमा महिलाको पहिरनको विषय मलेसियामा निकै बहस तथा विवादको विषय बन्दै आएको छ । कतिपय महिलालाई उनीहरुले लगाएको स्कर्ट छोटो भएको भन्दै सार्वजनिक भवन तथा स्थानहरुमा त्यहाँका सुरक्षागार्डले प्रवेश नदिने तथा पूरै जिउ ढाक्ने लुगा लगाउन निर्देशन दिने गरेका घटना समेत सार्वजनिक भएका छन् ।
यो महिनाको सुरुमा मलेसियाली स्वर्णपदक विजेता जिम्न्यास्टिक खेलाडि फराह आन हादीले पनि प्रतियोगिताका दौरान लगाएको लुगाकै कारण अनलाइन तथा इस्लामिक समूहहरुबाट आलोचना भोग्नुपर्यो । सिंगापुर सी गेम्सका क्रममा उनले लगाएको पहिरन निकै छोटो भएको र सरीरका संवेदनशील अंगहरु समेत देखाएको आरोप उनीमाथि लाग्यो ।
तर सेलेंगरका सुल्तानले भने उनलाई समर्थन गरे र उनको सफलतामा सबैले खुसी मनाउनुपर्ने र पहिरनका विषयमा आलोचना गर्न नहुने बताएपछि उनी केही मात्रामा ढुक्क भइन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC