
गुगलले ती फोन बुथहरुमा आवश्यक परिवर्तन
गर्नेछ । त्यसबाट उसले केवल निशुल्क वाइफाइ मात्र होइन मानिसहरुलाई आफ्नो
मोबाइल फोन चार्ज गर्ने सेवा पनि उपलब्ध गराउने बताइएको छ । त्यसका साथै ती
बुथहरुबाट मानिसहरुले नि:शुल्क डोमेस्टिक फोन कल समेत गर्न पाउनेछन् ।गुगलको योजना यत्तिमा मात्र सिमित कहाँ छ र
? उसले ती फोन बुथहरुमा टचस्क्रिन हाल्नेछ । जसको माध्यमबाट मानिसहरु
सहरका महत्वपूर्ण ठाउँ तथा यातायात सेवाहरुको बारेमा पनि जानकारी प्राप्त
गर्न सक्नेछन् ।
ब्लुमबर्ग न्यूजका अनुसार आगामी जाडो याम
अगाडि नै न्युयोर्कमा नि:शुल्क वाइफाइ लगायतका सेवा उपलब्ध गराउने ती
फोनहरु संचालनमा आउनेछन् । उक्त ट्रायल सफल भएसँगै गुगलले यो परियोजनालाई
विश्वका अन्य सहरमा पनि विस्तार गर्ने योजना बनाएको छ ।
Post a Comment