बसन्त पराजुली
भरतपुर । ‘म पढेर ठूलो मान्छे हुन्छु भन्ने थियो । तर मेरो आँखा गुमेपछि
त्यो चकनाचुर भयो भन्ने लाग्यो । अब केही आशा पलाएको छ’, ७ वर्षको उमेरमा
आँखा गुमेको प्रेमबहादुर मगरले गम्भीर भएर भने, ‘आँखा गुमेपछि पाँच
वर्षसम्म पढ्न पाइनँ । अब पढ्न पाइने आशा पलायो ।’
भरतपुर अस्पतालकी सहायक व्यवस्थापक छायाँ श्रेष्ठको समन्वयमा मगरलाई
नारायणी उच्च माध्यमिक विद्यालयले आश्रय दिएर पढाउन लागेको छ । नवलपरासी
आरुणखोलाका मगर अहिले १२ वर्षका छन् । पाँच वर्षअघि उनको आँखा गुमेको हो ।
‘उनी (प्रेमबहादुर) अस्पताल आइपुग्दा जलबिन्दुका कारण आँखा उपचार नहुने
अवस्था भइसकेको थियो । दृष्टिविहीनहरुलाई राखेर पढाइ रहेको नारायणी उच्च
माध्यमिक विद्यालयलाई अनुरोध गरिएपछि पढाउने सहमति भयो’, श्रेष्ठले भनिन्,
‘नारायणी उच्च माध्यमिक विद्यालयमा यसअघि २९ दृष्टिविहीन आवासीय रुपमा
पढिरहेका थिए । नयाँ एक थपिएपछि अब ३० जना भए ।’
मगर कक्षा दुईसम्म अध्ययन गरिरहेका बेला उनीमाथि अप्रिय घटना हुन पुग्यो ।
कक्षा १ देखि द्वितीय भएर दुई कक्षामा गएका उनी पढाइमा पनि तेज थिए । उनको
अचानक आँखा पाक्यो । त्यसको तत्काल उपचार हुन नसकेपछि आँखामा जलबिन्दु भयो ।
तत्काल उपचार भएन । आँखा गुम्यो ।
‘जलबिन्दु रोगको तत्काल उपचार भए सम्भव छ । तर लामो समयपछि अस्पताल आएपनि
त्यसको उपचार सम्भव छैन’, श्रेष्ठले भनिन्, ‘अशिक्षा र गरिबीका कारण यो
अवस्था भएको हो । आँखा दुखेमा वा समस्या परेमा अस्पताल जानुपर्छ भन्ने
ज्ञान दिन सकियो भने धेरै मानिस दृष्टिविहीन हुनबाट बच्नेछन् ।’
प्रेमका दाजु फट्टबहादुर मगर घरको आर्थिक अवस्थाका कारण भाइको उपचारमा
लापरवाही भएको स्वीकार्छन् । चार दाजु भाइका साइँलो प्रेमलाई भरतपुर आँखा
अस्पतालले नवलपरासीमा आयोजित आँखा शिविरमा फेला पारेको हो ।
आँखा पाकेका बेला प्रेसरको असर प¥यो भने जलबिन्दु हुनेगर्छ । आँखाको पर्दा
दृष्टि नै यसले गुमाएपछि फर्काउन निकै गाह्रो पर्छ । त्यस्तै मारमा परे
प्रेम पनि । जसको परिणामले जीवनभर उनी दृष्टिविहीन भएर बाँच्नुपर्ने भयो ।
नारायणी उच्च माध्यमिक विद्यालयले ब्रेनलिपिको माध्यमबाट दृष्टिविहीनहरुलाई
पढाइरहेको छ । प्रेम पनि अब पढेर ठूलो मानिस हुने बताउँछन् । ‘अब पढ्ने हो
। ठूलो मान्छे भएपछि शिक्षक बन्छु’, उनले भने ।
फोटो: भरतपुर आँखा अस्पतालकी सहायक व्यवस्थापक छायाँ श्रेष्ठसंग दृस्टिविहिन प्रेमबहादुर मगर
फोटो: भरतपुर आँखा अस्पतालकी सहायक व्यवस्थापक छायाँ श्रेष्ठसंग दृस्टिविहिन प्रेमबहादुर मगर
Post a Comment