
आफ्नो
प्रेमिकाले धोका दिएपछि एक प्रेमीले यस्तो कृत्य गरे की सुन्दा पनि अनौठो
लाग्छ । गर्लफ्रेण्डले धोका दिएर गएपछि ती व्यक्तिले आफ्नी धोकेबाज
प्रेमिकालाई सबै चिज आधा मात्र फिर्ता गर्ने निधो गरे जो उनीहरुले पहिले
मिलेर किनेका थिए ।

ती जर्मन युवकले आफ्नी भुपु प्रेमिकासँग मिलेर किनेका सबै सामानहरु
आफुले नै राख्न चाहेनन्, न त सबै उनलाई फिर्ता गर्न चाहे । उनले भुपु
प्रेमिकालाई सँगोलमा किनेका सामानहरुको आधा हिस्सा मात्र दिने फैसला गरे । त्यसपछि उनले सँगोलमा किनेका सामानहरु आधा-आधा गर्न सुरु गरे । यसका
लागि उनले आफ्नो घरमा रहेका टिभी, आइफोन, ल्यापटप मात्र होइन कार समेत
आराले काटेर आधा आधा बनाए । त्यसपछि सबै सामानको आधा भाग हुलाकमार्फत भुपु
प्रेमिकाको घरमा पठाइदिए ।
आधा
सामान धोकेबाज प्रेमिकालाई पठाएपछि आफ्नो घरमा बँचेका सबै आधा-आधा
सामानलाई उनले अनलाइन खरीदबिक्री साइट इबेमा राखिदिए । त्यसका साथै उनले
आफ्नी भुपु प्रेमिकाप्रति समर्पित गर्दै एउटा भिडियो यु ट्युबमा अपलोड पनि
गरे जसमा उनले आफ्ना सरसामानहरु आधा आधा बनाउन काटिरहेका थिए । भिडियोमा
क्याप्सन दिइएको छ ‘सुन्दर १२ वर्षका लागि तिमीलाई धन्यवाद, लाउरा । तिमीले
साँच्चीकै आधा कमाएकी हौ ।’
इ बे मा बिक्रिमा राखिएका उनका सामानमध्ये अधिकांसको मूल्य १ डलर
राखिएको छ । तर एप्पल म्याकबुकको आधा भागको मूल्य भने ९.५ युरो तोकिएको छ ।
Post a Comment