Home » » ब्राजिलका नेइमारपछि अब चिलीका जाराले कोपा अमेरिका खेल्न नपाउने

ब्राजिलका नेइमारपछि अब चिलीका जाराले कोपा अमेरिका खेल्न नपाउने

Written By Rijan KC on Sunday, June 28, 2015 | 7:07 PM

असार १४ – चिलीका ग्वन्जालो जाराले कोपा अमेरिका फुटबल प्रतियोगिताका बाँकी खेल खेल्न नपाउने भएका छन् । दक्षिण अमेरिकी फुटबल संघ (कोनमेबोल)ले जारालाई उरुग्वेका एडिसन काभानिलाई खेलको क्रममा जिस्क्याएको आरोपमा तीन खेलको प्रतिबन्ध लागाएको हो ।
जाराले खेलको अनुसाशन भन्दा बाहिरको व्यवहार देखाएकाले उनीमाथि तीन खेलको प्रतिबन्ध लगाइएको कोनमेबोलले जनाएको छ । जाराले सात हजार पाँच सय अमेरिकी डलर जरिवाना पनि तिर्नुपर्ने छ । गएको बिहीबार भएको क्वाटरफाइनलको क्रममा जारा र काभानीबीच मैदानमै झगडा भएको थियो । जाराले जिस्क्याएपछि काभानीले उनलाई हिर्काएका थिए । त्यसपछि काभानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । जारालाई हिर्काउने काभानीलाई भने कुनै किसिमको कारबाही गरिएको छैन । तीन खेलको प्रतिबन्धपछि अब जाराले सोमबार हुने पेरु विरुद्धको सेमिफाइनल खेल खेल्न पाउने छैनन् ।
यसअघि ब्राजिलका स्टार स्टाइकर नेइमारमाथि पनि चार खेलको प्रतिबन्ध लागेपछि उनले कोपा अमेरिकाका खेल गुमाएका थिए । नेइमार बिना मैदान उत्रिएको ब्राजिल क्वाटरफाइनलमा पाराग्वेसँग पराजित भएको थियो ।

– एजेन्सीको सहयोगमा

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC