भदौ १०

सार्बजनिक यातायतका सवारीसाधनमा बिद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियतको माग गदै एमाले निकट बिद्यार्थी संगठन अनेरास्वियू चितवनले स्थानीय प्रशासनको धयानकर्षण गराएको छ ।सार्बजनिक बिदा र शनिबारको दिनमा समेत बिद्यार्थीहरुलाई परिचयपत्रका आधारमा ४५ प्रतिशत छुट दिने सहमती भएपनी जिल्लामा पुर्ण रुपमा कार्यन्वयन नभएको भन्दै अखिल चितवनले प्रशासनको ध्यानकर्षण गराएको अखिल चितवनका सचिव प्रकाश आचार्यले जानाकारी दिनुभयो ।आज एक कार्यक्रमका बिच अखिल चितवनका जिल्ला अध्यक्ष देब प्रसाद पाठकले प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहलाई ज्ञापनपत्र बुझाउनु भएको हो । जिल्लामा यातायात ब्यबसायी,बिद्यार्थी संगठन,ट्राफिक कार्यलयका प्रतिनिधी,सहितको बैठकले सार्बजनीक बिदा र शनिबारको दिनमा समेत बिद्यार्थीहरुलाई परिचयपत्रका आधारमा ४५ प्रतिशत छुट दिने सहमती भएपनी जिल्लामा पुर्ण रुपमा कार्यन्वयन नभएको र त्यसलाई कार्यन्वयन गराउन दबाब दिने उदेश्यले स्थानीय प्रशासनको ध्यानकर्षण गराएको आचार्यले बताउनुभयो ।साथै चाडपर्ब नजिकिएसंगै यातायत ब्यबसायीहरुले आफुखुशी भाडा निर्धारण गर्दै चर्को भाडा असुली गर्ने गरेकोले त्यसलाई नियन्त्रणका लागी नियमित अनुगमन गर्न अखिल चितवनले माग गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ सिंहले बिद्यार्थीहरुलाई परिचयपत्रका आधारमा ४५ प्रतिशत छुट दिने सहमती जिल्लामा पुर्ण रुपमा कार्यन्वयन गराउने प्रतिबद्धता जनाउनु भयो ।अबको केहीदिनमै यातायात ब्यबसायीहरुसंग छलफल गरि समाधान तर्फ लैजाने उहांले वताउनु भयो ।कार्यक्रममा अनेरास्वियू केन्द्रिय सचिवालय सदस्य निसा अधिकारी,केन्द्रिय सदस्य सुदिप रेग्मी,पुर्ब केन्द्रिय सदस्य निरज भट्ट लगाएतको उपस्थिती रहेका थियो ।
Post a Comment