Latest Updates!
Showing posts with label Local News. Show all posts
Showing posts with label Local News. Show all posts

Breaking: गड्यौलीमा ट्रकले ट्रयाक्टरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु

Written By Unknown on Tuesday, May 31, 2016 | 7:54 PM

जेठ १९, गड्यौली । पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी चितवनको राप्ती नगरपालिका गड्यौलीमा केहि बेर अघि सवारी दुर्घटना हुदाँ एकजनाको ज्यान गएको छ । पुर्व बाट पश्चितर्फ आउदै गरेको ना ३ त ३५५७ नं. को ट्रयाक्टरलाई सोहि दिशाबाट आउदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिदाँ ट्रयाक्टरमा सवार एक मजदुरको घटनास्थलमै ज्यान गएको हो । उनको नाम ठेगाना खुल्न बाँकि छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरीको अनुसन्धान जारी छ । थप बिबरण आउन बाँकी छ । दुर्घटना बिहान ८ बजेर २० मिनेट जाँदा भएको हो । 

हाजिपुर र सयपत्री टोल बालश्रममुक्त

जेठ १८, रत्ननगर । रत्ननगर नगरपालिकाका थप दुई वटा टोललाई वालश्रम मुक्त घोषणा गरिएको छ । रत्ननगर वडा नम्वर ३ मा रहेका हाजिपुर र सयपत्री टोललाई मंगलवार वालश्रम मुक्त टोल घोषणा गरिएको हो । यो संगै रत्ननगरमा वालश्रम मुक्त हुने टोलको संख्या ४ पुगेको छ । हाजीपुर र सयपत्री टोल विकास संस्थाले मंगलवार आयोजना गरेको एक कार्यक्रमकाबीच स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेलले दुई वटा टोल विकास संस्थाका अध्यक्षहरुलाई वालश्रम मुक्त घोषणा गरेको प्रमाण पत्र प्रदान गरेर श्रम मुक्त रहेको घोषणा गरियो । हाजिपुरमा ३५ र सयपत्री टोलमा ४९ जना वालवालिका रहेका छन् भने उनीहरु कुनै पनि काममा सलग्न छैनन् । सो अवसरमा स्थानिय विकास अधिकारी पोखरेलले वालवालिका रहरले श्रमिक नवन्ने भन्दै वालमैत्री स्थानिय शासनको प्रर्वद्धन गर्न सवै लाग्नु पर्ने वताए । उनले सार्वजनिक निर्णयमा वालवालिकाको सहभागीता अनिवार्य हुनु पर्ने औल्याए । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले घोषणा गर्नु ठुलो कुरा होईन भन्दै टिकाई राख्नु महत्वपुर्ण हुने वताए । युनिसेफ नेपालका वालसंरक्षण अधिकृत अन्जु आचार्यले घोषणा वालश्रममा होमिएका भए नभएको अनुगमन गर्नु पर्ने वताईन् । हाजिपुर टोल विकास संस्थाका अध्यक्ष शम्भुभक्त थपलियाको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विसुराल ,नेपाली काग्रेशका सोहेन्द्र राज खरेल,वाल क्लवकी अध्यक्ष शितल पराजुली,वालमैत्री स्थानिय शासन कार्यक्रमका सदस्य निरज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । यसअघि रत्ननगर ८ को शान्ति टोल र ९ नम्वर वडाको शान्तिकुञ्ज टोल वालश्रम मुक्त घोषणा गरिसकेको छ भने विहीवार र शुक्रवार थप दुई वटा टोल घोषणाको तयारीमा छन् । 

रत्ननगरका फार्मेसीहरु अनुगमन

जेठ १८, रत्ननगर । पुर्वी चितवनको रत्ननगर क्षेत्रमा रहेको फार्मेसीहरुको आज अनुगमन गरिएको छ। ईलाका प्रहरी कार्यालय रत्ननगरले पत्रकारहरुको रोहवरमा रत्ननगर क्षेत्रको एक दर्जन भन्दा बढी फार्मेसीको अनुगमन गरेको हो ।अनुगमनको क्रममा केही फार्मेसीहरुले औषधि व्यवस्था बिभागको अनुमतिपत्र नवीकरण नगरेको ,सम्बन्धि इजाजत प्राप्त व्यक्ति बाहेक अन्यले औषधि बिक्रीवितरण गरेको पाइएको प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए।अनुगमन टोलिले रत्ननगरको नुतन फार्मेसी ,टाडी पन्चकन्या पोलिक्लिनिक,संगीता फार्मेसी लगायतको फार्मेसीहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा अनुमतिपत्र नवीकरण नगरेको २ जना र ल्याब संचालनको अनुमति नलिएको १ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई सम्बन्धित व्यक्तिले मात्रै औषधि बिक्री गर्न निर्देशन दिइएको ईलाका प्रहरी कार्यालय रत्ननगरको प्रमुख प्रहरी नायव उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।नियन्त्रणमा लिइएकालाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

खोलेसिमलका तीन बिद्यार्थी एक महिनादेखि बेपत्ता

जेठ १८, खोलेसिमल । कालिका नगरपालिका – ७ खोलेसिमल बजारस्थित सिद्धि विनायक आ.मा.वि. मा अध्ययनरत ३ जना विद्यार्थी एक महिनादेखि बेखबर छन् । गत बैसाख १७ गते शुक्रबार आ–आफ्नो घरबाट स्कुल हिडेका उनीहरुको एक महिना बितिसक्दा समेत कुनै अत्तोपत्तो छैन । विद्यालय जान भनी हिडे पनि उक्त दिन उनीहरु विद्यालय गएका थिएनन् । कालिका नगरपालिका – ६, खोलेसिमलका १३ वर्षीय अश्विन धमला, सोही वडा नयाँ टोलका १२ वर्षीय थोमस लामिछाने र वडा नं. ८ लंकालाईनका १४ वर्षीय राज गुरुङ्ग एकै कक्षाका दौतरी हुन् । उनीहरु सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । बिहान खाना खाई साईकल लिएर विद्यालय हिडेका राज गुरुङ्गको साईकल विद्यालयको गेट बाहिर छाडेको अवस्थामा पाइएको राजका बुबा लेख बहादुर गुरुङ्गले बताए । दुई छोरा मध्येका जेठा छोरा राज बेपत्ता भएपछि सोही कक्षामा पढ्ने भाइ रजत पनि मानसिक पिरलोमा परेका छन् । अहिले उनको परिवारमा रुवाबासी छ ।  

बादु चेपाङलाई बृद्धाश्रममा आश्रय

Written By Unknown on Thursday, May 26, 2016 | 6:56 AM

जेठ १३, रत्ननगर । लामो समय देखि ओढारमा कष्टकर जीवन विताई रहेका मकवानपुर जिल्लाको पहाडी गाविस खैराङ ८ राजाराङका बादु चेपाङलाई वृद्धा आश्रममा आश्रय दिईएको छ । रत्ननगरको असहाय वृद्ध कल्याण समाजले ८० बर्षीय बादुलाई आश्रय दिएको हो । पाँच महिला अधि गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले ओढारबाट मुक्त गरी बादुलाई रत्ननगर ल्याएका थिए । केही महिना चितवन मावन सेवा आश्रममा बसेका बादुलाई विहीवार असहाय वृद्ध कल्याण समाजमा ल्याईएको हो । समाजका अध्यक्ष तिलक शर्मा पौडेलले बादुलाई बाचुन्जेल संरक्षण दिने बताउनुभयो । कार्यक्रममा गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले महाभारत पर्वत सृङखलाको जंगली ओढारमा कष्टकर जीवन विताईरहेका वृद्धवृद्धा चेपाङहरुलाई आश्रममा ल्याउने योजना रहेको बताउनुभयो । समाजका अध्यक्ष तिलकराज शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजकी संरक्षण निरकला शर्मा,सचिव प्रकाशवावु खनाल,स्काइराइडर आवासीय उच्च माविका अध्यक्ष दुर्गा पुरी,नारी जागरण केन्द्रकी अध्यक्ष विमला दुवाडी लगायतले वोलेका थिए । 

नेतृत्व बिकास तालिम सकियो

जेठ १३, रत्ननगर । रत्ननगर ४ देवौलीमा आयोजना गरिएको तीन दिने महिला सशक्तिकरण र नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्वन्धी तालिम विहीवार सकिएको छ । रत्ननगर नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्र्तगत उपभोक्ता समितिले आयोजना गरेको सो तालिममा टोल विकास संस्था,वडा नागरिक मञ्चका ४९ जना महिलाहरु सहभागिता रहेको थियो । तालिममा श्रम नेपालकी कार्यकारी निर्देशक सुर्यवदना हमाल र वडा नागरिक मञ्चकी संयोजक ज्वाल बनले सहजीकरण गरेका थिए । तालिमको पहिलो दिन नेतृत्व विकास,दोश्रो दिन प्रस्तावन लेखन र तेश्रो दिन प्रस्तुतिकरण र प्रतिवेदन लेखनको वारेमा सिकाईएको मञ्चकी संयोजक वनले जानकारी दिईन । समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

अन्तर बिद्यालय शिक्षक हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

जेठ १३, रत्ननगर । रिलेशन एफ एम ८८ मेगाहर्जको प्रथम बार्षिकोत्सवअन्तर्गत भइरहेको साताब्यापी कार्यक्रममा आज अन्तर बिद्यालय स्तरिय शिक्षक  हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल उच्च माविको हलमा सम्पन्न प्रतियोगितामा रत्ननगर क्षेत्रका विभिन्न ८ बिद्यालयको सहभागिता रहेको थियो । निकै रोमाञ्चक र उदाहारणीय बनेको प्रतियोगितामा पञ्चकन्या बिद्या मन्दिर र.न.पा. २ टाँडिले प्रथम स्थान हासिल गर्न सफल भएका छन । त्यस्तै पीस भिजन ई. बोर्डिङ स्कुल र.न.पा. ११ जिरौना र अन्नपुर्ण शिशु निकेतन र.न.पा. २ टाँडि क्रमश द्धितिय र तृतिय हुन सफल भएका छन । बिजेता बिद्यालय हरुलाई जेठ १५ गते भन्य समारोहकाबीच पुरस्कार बितरण गरिने एफएमले जनाएको छ । प्रतियोगितामा सहभागि सम्पुर्ण टीमले हालसम्मकै फरक कार्यक्रम गरेकोमा रिलेशन एफएमलाई धन्यवाद दिएका थिए । सधै पाठ्यक्रममा आधारित रहेर अध्ययन गरिने हुदाँ बाहिरी ज्ञान खासै नहुने भए तापनि प्रतियोगितामा अत्यन्तै रमाइलो अनुभव गरेको सहभागि बिद्यालय बुद्धज्योति ई बोर्डिङ स्कुलका शिक्षक सुशिल मुखियाले बताउनुभयो । कार्यक्रममा सहभागि सबै बिद्यालयका शिक्षकहरुले एफएमको यस्तो कार्यक्रमले आफुहरु अत्यन्तै उत्साहित भएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरे । 
एफएमका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा सम्पन्न भएको प्रतियोगिता क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिशचन्द्र शर्माले सञ्चालन गर्नुभएको हो । प्रमुख अतिथि समेत रहनुभएका शर्माले यस्ता कार्यक्रमले सधै पाठ्यवस्तुमा केन्द्रित हुने शिक्षकहरुलाई बाहिरी ज्ञान लिन समेत प्रोत्साहन दिने बताउनुभयो । उहाँले रिलेशन एफएमले प्रथम बर्ष पार गरि दोस्रो बर्ष प्रवेश गरेकोमा शुभकामना समेत ब्यक्त गर्नुभयो ।  प्रतियोगितामा एफएमका अध्यक्ष अधिकारीले केहि भिन्न थालनी गर्नकै लागि शिक्षक शिक्षक बीच प्रतियोगिता राखिएको बताउनुभयो । त्यस्तै एफएमका प्रबन्ध निर्देशक रमेश लोहनीले शिक्षकहरुको उत्साहजनक उपस्थितीले आफुहरुलाई उर्जा मिलेको र अगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गरिरहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा एफएमका कार्यक्रम प्रस्तोता राजन दिल गूरुङले सहजीकरण गर्नुभएको थियो । 
साताब्यापी कार्यक्रमअन्तर्गत भोली खुल्ला गजल प्रतियोगिता र र अन्तर कर्मचारी म्युजिकल चियर प्रतियोगिता हुदैछ । भोलि बिहान एफएम परिसरमा सञ्चालन हुने गजल प्रतियोगितामा प्रतियोगिहरुको उल्लेख्य सहभागि रहने कार्यक्रमको संयोजक राज प्रणयले बताउनुभयो । एफएमले यहि जेठ १५ गते बृहत सांस्कृतिक कार्यक्रमका साथ आफ्नो पहिलो बार्षिकोत्सव मनाउदैछ । एफएम गत बर्ष जेठ १५ गतेबा प्रसारणमा आएको हो ।  

फुटबल स्ट्राइकर बिमल घर्तीको बहिनी मृत फेला

Written By Unknown on Wednesday, May 25, 2016 | 9:06 PM

बैशाख १३, नवलप्रासी । फुटवल स्ट्राईकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगर मृत अवस्थामा फेला परेकी छन् । बिहान नवलपरासी बर्दघाट भुताहामा रहेको घरमा घर्तीको शव फेला परेको हो । बर्दघाट ८ भुताहा चोक बाट डेढ किलोमिटर दक्षीण तर्फ गएराती भएको घटना बिहान मात्र थाहा भएको हो । बिहान परिवारका सदस्यले ढोका खोल्दा मनिषा मृत देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा भर्खर प्रहरी पुगेको छ । १५ बर्षीय घर्तीको हत्या हो अथवा आत्महत्या भन्ने बारेमा अनुसन्धान गरीने ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख श्याम सुन्दर केसी ले जानकारी दिनुभयो । अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोली खटिएको छ । थप जानकारी आउन बाँकी नै छ ।

पर्खालमा पहिलोपटक पुग्यो रिलेशन, १६० बढिको स्वास्थ्य परिक्षण

जेठ १२, पर्खाल । रिलेशन एफ ८८ मेगाहर्जको प्रथम बार्षिकोत्सवको साताब्यापी कार्यक्रमअन्तर्गत चितवनको अति नै बिकट स्थान लोथर १ पर्खालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा लोथर गाविस वडा नं. १ पर्खालसँगै वडा नं. २, ७, ८ र मकवानपुर जिल्लाको काँकडा गाविसका विभिन्न वडाका जनता लाभान्वित भएको कार्यक्रम संयोजक ज्ञानेन्द्र तामाङले जानकारी दिनुभयो । मंगलबार र बुधवार भएको शिविरमा १६० भन्दा बढि स्थानीयको स्वास्थ्य परिक्षण गरिएको उहाँले बताउनुभयो । शिविरमा अधिकांश कुपोषण र सरसफाईको कमीका कारण संक्रमित बिरामीहरु भेटिएको स्वास्थ्य परिक्षणमा संलग्न चिकित्सक डा. भोजराज खनालले बताउनुभयो । उहाँले यस्तो बिकट गाँऊमा पुगेर डाक्टर र अस्पतालको पहुँचबाहिर रहेका बिरामीहरुलाई सेवा गर्न पाउदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।

शिविरमा स्वास्थ्य परिक्षण सुरु हुनुअघि मंगलबार एक औपचारिक कार्यक्रम गरिएको थियो । एफएमका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बोल्ने बक्ताहरुले अस्पतालको पहँुच नपुगेका र अस्पतालसम्म आइपुग्न घण्टौ लाग्ने बिकट ठाँऊमा एफएमले पुर्याएको निशुल्क सेवाको प्रशंसा गरेका थिए । त्यस्तै एफएमका अध्यक्ष अधिकारीले हालसम्म कुनै पनि संघ संस्थाले पर्खालमा यस्तो सेवा नदिएको बताउदै आफुहरुले केहि नयाँ गर्न सफल भएकोमा गर्व लागेको बताउनुभयो । त्यस्तै एफएमका प्रवन्ध निर्देशक रमेश लोहनीले निकै कठिन र जोखिमपुर्ण यात्रा गर्दै पर्खाल पुग्न सफल भएको र यो एफएमकै एैतिहासिक सफलता भएको बताउनुभयो ।
एफ एमले बार्षिकोत्सवअन्तर्गत बुधवार रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम गरिएको थियो । सो कार्यक्रम बिहिबार पनि जारी रहने एफएमका अध्यक्ष अधिकारीले बताउनुभयो । त्यस्तै बिहिबार नै अन्तर बिद्यालय शिक्षक स्तरिय कार्यक्रम आयोजना गरिने बताइएको छ । एफएम यहि जेठ १५ गतेबाट दोस्रो बर्षमा प्रवेश गर्दैछ ।

रिलेशन एफएमद्धारा ट्राफिक जनचेतना कार्यक्रम

Written By RaAz Shah on Monday, May 23, 2016 | 8:36 AM

जेठ १०, रत्ननगर । पुर्वी चितवनको सौराहाचोकमा रहेको रिलेशन एफएम ८८ मेगाहर्जको गौरवमय प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित  सप्ताहब्यापी कार्यक्रमअन्तर्गत सोमबार दोस्रो दिन सौराहचोकमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।  साँझ ५ बजेबाट सुरु भएको सो कार्यक्रम झन्डै   डेढघण्टा चलेको थियो । कार्यक्रमको उदघाटन जिल्ला ट्राफिक कार्यलय चितवनका प्रमुख राजन भेटवाल र   इलाका प्रहरी कार्यलय टाँडिका प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले सडकमा चलिरहेको सवारी साधनमा चेतनामुलक स्टीकर टाँसेर गर्नुभएको थियो । सो क्रममा ट्राफिक प्रमुख भेट्वालले सार्वजनिक सवारी साधनमा ट्राफिक चेतनाको कमी भइरहेको बेला एफएमले गरेका काम सरहानीय रहेको बताउनुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय टाँडिका प्रमुख सापकोटाले मिडियाले गरेको कामलाई जनताले बिश्वास गर्ने बताउदै अगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरताको कामना गर्नुभयो । उहाँहरुले रिलेशन एफएमले सफलतापुर्वक पहिलो बर्ष पार गरि दोस्रो बर्ष प्रवेश गर्न लागेकोमा शुभकामनासमेत ब्यक्त गर्नुभयो । कार्यक्रममा एफएमका अध्यक्ष अनिल अधिकारी, प्रबन्ध निर्देशक रमेश लोहनी लगायत सम्पुर्ण कर्मचारी तथा स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको थियो । उहाँहरुले केहि हदसम्म भएपनि ट्राफिक चेतना जगाउनका लागि एफएमले सो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

बार्षिकोत्सव कार्यक्रमअन्तर्गत मंगलबार चितवनको बिकट पहाडि गाबिस लोथर १ पर्खालमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । साताब्यापी कार्यक्रम जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।  

बार्षिकोत्सव कार्यक्रम समुदघाटन, ५५ जनाद्धरा रक्तदान

Written By Unknown on Sunday, May 22, 2016 | 7:11 AM

जेठ ९, रत्ननगर । पुर्वी चितवनको सौराहाचोकमा अवस्थित रिलेशन एफ एम ८८ मेगाहर्जको प्रथम बार्षिकोत्सव कार्यक्रमको समुदघाटन गरिएको छ । आइतबार एफएम परिसरमा एक बिशेष समारोहका बीच विभिन्न साताब्यापी कार्यक्रमहरुको समुदघाटन गरिएको हो । कार्यक्रममा एफएमका अध्यक्ष अनिल अधिकारी, प्रबन्ध निर्देशक रमेश लोहनी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपाने र रत्ननगर उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञान बहादुर बिसुरालले संयुक्त रुपमा ब्यानर प्रदर्शन गरि बार्षिकोत्सव उदघाटन गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले एफएमले सफलतापुर्वक पहिलो बर्ष पार गरि दोस्रो बर्ष प्रवेश गरेकोमा शुभकामना ब्यक्त गरेका थिए । प्रमुख अतिथिसमेत रहनुभएका नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेले एफएमले बार्षिकोत्सवमा आयोजना गर्न लागेको सबै कार्यक्रम महत्वपुर्ण रहेकाले सफलताको कामना गर्नुभयो । आइतबार नै आयोजित रक्तदान कार्यक्रमतर्फ लक्षित गर्दै उहाँले अहिलेको समयमा रगतको चरम अभाव रहेको र एफएमले गरेको रक्तदान कार्यक्रमको उच्च प्रशंसा गर्नभयो । त्यस्तै बिशिष्ट अतिथि ज्ञानबहादुर बिसुरालले एफएमले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै अझै उच्च सफलता हासिल गर्न शुभकामना ब्यक्त गर्नुभयो । 
यसैबीच बार्षिकोत्सवअन्तर्गत साताब्यापी कार्यक्रमको पहिलो कार्यक्रम बृहत खुल्ला रक्तदानमा  ५५ जनाले रक्तदान गरेका छन ।  बिहान ८ बजेबाट सुरु गरिएको रक्तदानमा एफएमका अध्यक्ष अनिल अधिकारी र प्रबन्ध निर्देशक रमेश लोहनीले रक्तदान गरि सुरुवात गर्नुभएको थियो । कार्यक्रममा विभिन्न स्रोता, बिज्ञापनदाता एवं कर्मचारीहरुले उत्साहपुर्वक रक्तदान गरेको रक्तदानका कार्यक्रमका संयोजक सरोज अधिकारीले जानकारी दिनुभयो । अहिलेको समयमा चौतर्फि रगत अभाव देखिने गरेको र रगत संकलन निकै कम हुने गरेकोले बार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको उहाँको भनाई छ ।

एफएमले बार्षिकोत्सव कार्यक्रम अन्तर्गत भोलि सोमबार सौराहाचोकमा ट्राफिक जनचेतना कार्यक्रम गर्दैछ । विविध कार्यक्रम गर्दै एक सातासम्म मनाइने बर्षिकोत्सवको अन्तिम दिन यहि जेठ १५ गते एफ एम प्रसारणको गौरवमय दुई बर्ष पुग्दैछ । एफ एम गत बर्ष जेठ १५ गतेबाट प्रसारणमा आएको थियो । 

बार्षिकोत्सव कार्यक्रमको सबै तयारी पुरा

Written By Unknown on Saturday, May 21, 2016 | 5:13 AM

जेठ ८, रत्ननगर । रिलेशन एफ एम ८८ मेगाहर्जको गौरवमय प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित विविध साताब्यापी कार्यक्रमहरुको सम्पुर्ण तयारी पुरा भएको छ । भोलि अर्थात जेठ ९ गतेबाट सुरु हने विविध साताब्यापी कार्यक्रमहरुलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि सम्पुर्ण तयारी पुरा भएको एफएमका अध्यक्ष अनिल अधिकारीले बताउनुभयो । उहाँले सम्पुर्ण कर्मचारी, शेयर सदस्य तथा सञ्चालकहरुको सक्रियतामा साताब्यापी कार्यक्रम उल्लासमय ढंगले सम्पन्न गरिने बताउनुभयो । उहाँले साताब्यापी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विभिन्न कार्यक्रमहरुको जिम्मेवारी समेत बाँडफाँड गरिएको जानकारी दिनुभयो । जसअनुसार पहिलो दिन खुल्ला रक्तदान कार्यक्रमको जिम्मेवारी सरोज अधिकारीलाई, स्वास्थ्य शिविर कार्यक्रमको जिम्मेवारी ज्ञानेन्द्र तामाङलाई, अन्तरबिद्यालय शिक्षकस्तरिय हाजिरिजवाफ प्रतियोगिताको जिम्मेवारी राजन दिल गूरुङलाई र खुल्ला गजल प्रतियोगिताको जिम्मेवारी राज प्रणय, अम्बिका बसौला र गोपाल बिश्वकर्मालाई दिइएको छ । यसबाहेक ट्राफिक जनचेतना कार्यक्रम, रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम र बृहत साँस्कृतिक उत्सव २०७३ को ब्यवस्थापन भने संस्थाका सबै कर्मचारीको सक्रियतामा गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले एफएमको जुझारु कर्मचारीलाई परिचालन गरि प्रथम बार्षिकोत्सव भव्य बनाउने उद्देश्यले कर्मचारीलाई जिम्मेवारी बाँडिएको बताउनुभयो । 
यसैबीच भोलि जेठ ९ गते एफ एमको गौरवमय प्रथम बार्षिकोत्सवको समुदघाटन हुदैछ । भोलि बिहान ७ बजे एक बिशेष समारोहको आयोजना गरि भव्य रुपमा साताब्यापी बार्षिकोत्सव कार्यक्रमको समुदघाटन गरिने एफएमका प्रबन्ध निर्देशक रमेश लोहनीले जानकारी दिनुभयो । जसका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको उहाँले बताउनुभयो । त्यस्तै भोलि नै साताब्यापी कार्यक्रमको पहिलो कार्यक्रम बृहत खुल्ला रक्तदान कार्यक्रम पनि हुदैछ । रक्तदानको लागि पनि आवश्यक सबै तयारी पुरा भएको संयोजक सरोज अधिकारीले जानकारी दिनुभयो । बिहानैबाट सुरु हुने रक्तदान कार्यक्रममा एक सय भन्दा बढि रक्तदाताले रक्तदान गर्ने  उहाँले बताउनुभयो । 

यसबाहेक साताब्यापी कार्यक्रमअन्तर्गत १० गते ट्राफिक जनचेतना कार्यक्रम, ११ गते लोथर १ पर्खाल चितवनमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम, १२ गते रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम, १३ गते अन्तर बिद्यालय शिक्षकस्तरिय हाजिरिजवाफ प्रतियोगिता, १४ गते खुल्ला गजल प्रतियोगिता र अन्तर कर्मचारी म्युजिकल चियर प्रतियोगिता र १५ गते बार्षिकोत्सव समापन तथा बृहत साँस्कृतिक उत्सव २०७३ कार्यक्रम तय गरिएको छ । एफ एमले गत बर्ष जेठ १५ गतेबाट प्रसारण शुभारम्भ गरेको थियो । 

अभिनेता सरोज खनाल सम्मानित

Written By Unknown on Friday, May 20, 2016 | 6:01 AM

जेठ ७, भरतपुर । चलचित्रका चर्चित नायक सरोज खनाललाई चलचित्र पत्रकार संघ चितवन शाखाले सम्मान गरेको छ । शुक्रबार परेको चलचित्र पत्रकारिता दिवसको अवसरमा संघले खनाल सहित रंग पत्रकार विमल खतिवडालाई समेत सम्मान गरेको हो । जन्म थलो चितवन भई २०४४ सालदेखि कलाकारिता क्षेत्रमा टेवा पु¥याएको भन्दै खनाललाई संघले सम्मान गरेको हो । खनाललाई कदरपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व खनालले कार्यक्रममा पत्रकारहरुको कलमले मात्र समाजमा परिवर्तन ल्याउने बताए । आफू कलाकारिता क्षेत्रमा प्रवेश गर्दा सञ्चारमाध्यमले कलाकारलाई खासै मह¤व नदिए पनि अहिले रंगपत्रकारहरुको संगठन खुलेकोमा खुसी व्यक्त गरे । रंगमञ्चमा भएका राम्रा कुरालाई पत्रकारले बाहिर ल्याउँदा कलाकारहरुको मनोबल उच्च हुने हुने हुनाले पनि रंगपत्रकार र कलाकार एकअर्काका परिपूरक भएको खनालले बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले पत्रकारिताको नयाँ विटको रुपमा स्थापना भएको रंगमञ्चले कलाकारहरुलाई यस क्षेत्रमा स्थापित हुन टेवा पुग्ने बताए । पत्रकारहरुको कलम हरेक क्षेत्रमा चल्नुपर्ने भन्दै राम्रो कुरालाई पत्रकारले सधैँ खुलेर लेख्नुपर्ने सिंहको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दीपेन्द्र बडुवाल, चलत्रि पत्रकार संघ चितवनका सल्लाहकार यज्ञविलास पौडेल, संरक्षक मनोज पन्त, गायक भुवन प्यासीलगायतले मन्तव्य राखेका थिए । चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशव लोहनीले स्वागत मन्तव्य राखेका थिए । 

गणतन्त्र दिवसमा तीन दिन दिपावली

जेठ ७, भरतपुर । चितवनमा यसबर्षको गणतन्त्र दिवस भव्य रुपमा मनाउन यहि जेष्ठ १४, १५ र १६ गते ३ दिन हरेक साँझ दिपावली गर्ने निर्णय गरिएको छ । आज जिविस चितवनको सभाहलमा आज राष्ट्र सेवक कर्मचारी राजनैतिक दल, संचारकर्मी नेपाल प्रहरी , नेपाली सेना सहित बसेको  बैठकले यस्तो निर्णय गरेको हो । यस्तै दिवसकै अवसरमा १४ गते राष्ट्र सेवक कर्मचारीको फुटवल खेल मध्यक्षत्रिय प्रहरी तालिम केन्द्रमा गर्ने र सोही दिन रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको छ ।  त्यस्तै १५ र १६ गते कवडहलमा टेवल टेनिस र १५ गते माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने र संचार माध्यम बाट गणतन्त्र सम्वन्धि संवाद छलफल प्रकाशन र प्रसारण गर्ने र जेष्ठ १५ गते चौविस कोठीमा विहान ७.३० मा राजनैतिक दल र भात्रृसंगठन नेपाल प्रहरी नेपाली सेनाको वाजा गाजा सहित प्रभात फेरी सहित जिविस चितवनको सभाहलमा बिशेष कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ । बैठकमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश शिंह प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला विकाश समिति चितवनका स्थानिय विकाश अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा राष्ट्र सेवक कर्मचारी, राजनैतिक दल, संचारकर्मी, नेपाल प्रहरी , नेपाली सेना लगायतको सहभागिता रहेको थियो । 

बिद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्रि बितरण

जेठ ७, जमुनापुर । प्राज्ञिक बिद्यार्थी परिषद नेपाल रत्ननगर शाखाले आज कालिका नगरपालिका ७ जमुनापुर मा रहेको जमुनापुर माविमा झोला, कापी तथा कलम बितरण गरेको छ । माविको कक्षा १ देखि ५ सम्मको ८० जना बिद्यार्थीहरुलाई सो शैक्षिक सामाग्रि बितरण गरिएको प्राज्ञिक बिद्यार्थी परिषद नेपालका केन्द्रिय सदस्य अभिषेक शर्माले जानकारी दिनुभयो । सेवा इन्टरनेशनलको सहयोगमा शुक्रबार बिद्यालयमा एक समारोहको आयोजना गरि सो सामाग्रि बितरण गरिएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण पुडासैनी र शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मी नारायण चौलागाईद्धरा बिद्यार्थीलाई ब्याग तथा शैक्षिक सामग्रि हस्तान्तरण गरेको थियो । कार्यक्रम प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सचिव राजु सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा परिषदको केन्द्रिय सदस्य अभिषेक शर्मा, बैदिक प्रज्ञा प्रतिष्ठान नेपालका गुरुकुल सञ्चालन समितिका अध्यक्ष भेषराज दवाडि, बिद्यालयका प्रधानाध्यापक गीता चौलागाई लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो । 


Breaking: टाँडिचोकमा सवारी दुर्घटना, एक महिलाको घटनास्थलमै मृत्यु

जेठ ७, टाँडि । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर २ टाँडि चोकमा केहि बेर अघि सवारी दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ । अर्को एकजना घाइते भएका छन । पुर्वबाट पश्चिमतर्फ आउदै गरेको पल्सर मोटरसाइकललाई सोहि दिशाबाट आउदै गरेको यात्रुबाहक बसले ठक्कर दिदाँ मोटरसाइकलमा सवार अन्दाजी ५० बर्षीय महिलाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक भने घाइते भएका छन र उनलाई उपचारका लागि भरतपुर पठाइएको छ । मृतक महिला जिरौना निवासी रहेको र उनको थप सनाखत हुन बाँकि रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस फरार रहेको छ । घटनास्थलमा प्रहरीले मुचुल्का उठाउन काम भइरहेको  छ । 

पाँच बर्षमा ३१४ जना हराए

Written By Unknown on Thursday, May 19, 2016 | 6:30 AM

जेठ ६, भरतपुर । चितवन जिल्लामा विगत पाँच वर्षमा एक हजार ३१४ जना हराएका छन् । जसमा सबैभन्दा बढी महिला रहेका छन् । महिला ७५४ जना छन् भने ४४५ जना बालबालिका र पुरुष ११५ जना रहेका छन् । जसमध्ये हालसम्म ४१५ जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका कक्षमा रहेको पञ्चवर्षे तालिकालाई हेर्दा आर्थिक वर्ष २०६८/०६९ देखि हालसम्म चितवनमा हराएपछि भेटिएकामध्ये महिला २२३, बालबालिका १६१ र पुरुष ३१ जना रहेका छन् । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार बालबालिका र महिलालाई मानव ओसारपसार र घरेलु कामदारका रुपमा बढी प्रयोग गर्ने भएकाले उनीहरु धेरै हराएका हुन् । विशेषतः समाजमा व्याप्त रहेको छोराछोरीको विभेद र भेटिएको जानकारी नआउनुले मुख्य समस्या बनेको उहाँले बताउनुभयो । महिला र बालबालिकामा चेनताको वृद्धि हुन नसकेका कारण यसलाई न्यूनीकरण गर्न नसकिएको कुँवरले बताउनुभयो । कार्यालयका अनुसार चितवनमा चालु आवको १० महिनामा २१० जना हराएका छन् । जसमध्ये ७० जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हराएकामध्ये सबैभन्दा बढी महिला १३४ जना रहेका छन् । यस वर्ष भने हराउनेमा महिला पछि पुरुष र बालिका रहेका छन् । पुरुष ३३, बालिका २३, र बालक २० जना हराएको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै आव ०६८/६९ मा २११ जना, आव ०६९/७० मा ३१३ जना, आव ०७०/७१ मा ३४८ जना र आव ०७१/७२ मा २२२ जना हराएका छन् । 

जिविसबाट डेढ लाख सहयोग

जेठ ६, रत्ननगर । रत्ननगर १० मा संचालित श्रीराम वैदिक संस्कृत गुरुकुलमलाई जिल्ला विकास समिति चितवनले १ लाख ५० हजार सहयोग गर्ने घोषणा गरेको छ । गुरुकुलमको संरक्षण र विकासका बारे आज विहीवार भएको छलफल कार्यक्रममा स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेलले सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् । खर्च नहुँदा संचालनमा समस्या आएपछि वैदिक प्रज्ञा प्रतिष्ठानले सरोकारवालाहरुलाई वोलाई छलफल गरेको हो । सो अवसरमा स्थानिय विकास अधिकारी पोखरेलले संस्कृत भाषा लोप हुदै गएको अवस्थामा गुरुकुलमले भाषाको संरक्षण गरेको वताए । उनले वटुकहरु उत्पादन गरी उनीहरुबाट हिन्दु धर्मलाई संरक्षण गरी लोक कल्याण गर्नु पर्नेमा जोड दिए । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले धर्म सस्कृतिमा सवैतिरबाट आक्रमण भईरहेका वेला संचालित गुरुकुलमलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रतिष्ठानका अध्यक्ष भेषराज दवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत सिताराम पोखरेल,नेपाली काग्रेशका नगर सभापति रुपनराज घिमिरे,एमालेका प्रेमनाथ दुवाडी,जयमंगला वहुमुख क्याम्पसका अध्यक्ष विश्वनाथ खनाल,नाराी जागरण केन्द्रकी अध्यक्ष विमला दुवाडी,गुरुकुलमका संस्थापक अध्यक्ष पण्डित कृष्ण प्रसाद दवाडी ,गुरुकुलम व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद लामिाछाने लगायतले वोल्दै पैसाको लोभमा फस्दा हिन्दुत्व हराउने डर रहेकोले संस्कति संरक्षणमा सवै जुट्नु पर्ने वताए ।  

संवाद मञ्चको संयोजकमा बालकृष्ण

Written By Unknown on Wednesday, May 18, 2016 | 4:00 AM

भरतपुर, ५ जेठ । संवाद मञ्च चितवनको संयोजकमा अधिकारवादी बालकृष्ण पौडेलचयन भएका छन् । बुधबार भरतपुरमा सम्पन्न मञ्चको वैठकले पौडेललाई संयोजकमा चयन गरेको हो । एक वर्षअघि स्थानीय विवादका क्षेत्रहरु र सम्बन्धित क्षेत्रका विवादको अध्ययन, संवाद र समाधानमा पहल गर्ने उद्देश्यले प्रा।डा। ईश्वरीराज लौडारीको संयोजकत्वमा मञ्चको गठन गरिएको थियो । मञ्चमा संयोजकको पदावधि ६ महिना रहने व्यवस्था छ । लौडारीपछि मञ्चको संयोजकमा रमाकान्त सापकोटा थिए । सापकोटाले बुधबार नयाँ संयोजक पौडेललाई पद हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे । यसैगरी मञ्चको सहसंयोजकमा प्रेमप्रसाद गैरेलाई जिम्मेवारी दिइएको छ । 
चितवन जिल्लाका राजनीतिक दलहरुले सिफारिस गरेका सम्बन्धित विषयगत विधाका विज्ञ एवम् सामाजिक अध्येताहरुको सहभागितामा मञ्चको गठन गरिएको हो । जसमा स्थानीय शान्ति समिति चितवनका संयोजक, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष र नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्षलाई समेत पदेन सदस्य राखिएको छ ।   
पद हस्तान्तरण कार्यक्रममा संवाद मञ्च चितवनले अध्ययन, संवाद र समाधानमा पहल गर्ने उद्देश्यले विज्ञ तथा सहजकर्ता समूह निर्माण गर्ने निर्देशिका तयार पारेको छ । कार्यक्रमको समेत अध्यक्षता गरेका संयोजक रमाकान्त सापकोटाले प्रस्तुत गरेको निर्देशिकामाथि सहभागि सदस्यहरुले राय सुझाव पेश गरेका थिए । आएका सुझावका आधारमा निर्देशिकालाई अन्तिम रुप दिने सापकोटाले जानकारी दिए । निर्देशिका परिमार्जनसहित पारित गरिएको छ । 
कार्यक्रममा स्थानीय शान्ति समिति चितवनका संयोजक बद्रि तिमल्सिनाले विगतमा सम्वाद मञ्चले तय गरेका कार्यक्रमले पूर्व सूचनाका आधारमा चितवनका केही विवादलाई समाधान गर्न मद्दत गरेको बताए । शान्ति समिति र संवाद मञ्चको उद्देश्य समान भएकाले औपचारिक÷अनौपचारिक तवरबाट संयुक्त रुपले कार्यक्रम निर्धारण गर्न सकिने बताए । 
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवम् मञ्चका सचिव हरिप्रसाद पोखरेलले हालसम्मका गतिविधिले मञ्चलाई सबैका सामु परिचित गराउने काम गरेकाले अबका दिनमा सामाजिक सद्भाव प्रवद्र्धन गर्न तथा शान्तिपूर्ण, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि यसको भूमिका झनै अपरिहार्य रहेको बिचार व्यक्त गरे ।
युएनडीपी÷सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमका मध्यमाञ्चल संयोजक कृष्ण योगीले सबैको भावना समेट्ने खालको चिनारीका लागि सम्वाद मञ्चलाई नागरिक समाजको सशक्त संगठन बनाउनुपर्ने बताए । 
कार्यक्रममा चितवन जिल्ला अदालत बार एशोसियसन चितवनका अध्यक्ष चुडामणि सापकोटा, मञ्चका पूर्व संयोजक प्रा।डा। ईश्वरीराज लौडारीलगायतका सदस्यहरुले विवादसँग सम्बन्धित पक्षहरुका चित्त बुझ्ने शर्तमा मञ्चले समाधान खोज्नुपर्ने बताए । 
कार्यक्रममा नवनियुक्त संयोजक बालकृष्ण पौडेलले प्रकटित विवाद सुल्झाउन द्वन्द्व व्यवस्थापनका प्रचलित अध्यासहरु र समन्वयको बाटो अवलम्बन गर्न संवाद मञ्चले भूमिका प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

पुर्वी चितवनमा चट्याङ लागेर दुईको मृत्यु

Written By Unknown on Tuesday, May 17, 2016 | 8:13 PM

जेठ ५, रत्ननगर । पुर्वी चितवनमा चट्याङ लागेर मंगलबार दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
हावा हुरी र पानीसँगै परेको चट्याङ लागेर राप्ती नगरपालिका १२ का २१ वर्षीय कमल पुन र मकवानपुर फापरबारीका ३५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो ।
तामाङलाई राप्ती नगरपालिका ८ गैडाढापमा खेत खनिरहेका बेला चट्याङ लागेको थियो । तामाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा र पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
साथै गैडाढापमा नै काम गरिरहेका राप्ती-८ डडुवाका १९ वर्षीय प्रकाश परियार र १८ वर्षीय सुरेश परियार घाइते भएका छन् । उनीहरु दुबैलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
Puja Saving & Credit Co-operative Ltd.
 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC