Home » » सीमांकनको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण

सीमांकनको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण

Written By Unknown on Friday, August 14, 2015 | 2:45 AM

श्रावण २९ 
प्रदेशहरुको सीमांकनको विषयलाई लिएर भइरहेको आन्दोलनले जातीय, क्षेत्रीय र धार्मिक सद्भाव भड्काउन सक्ने भन्दै त्यसप्रति गम्भीर हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकको विशेष समयमा सांसदहरुले प्रदेशको विषयलाई लिएर भइरहेको आन्दोलनकोक्रममा व्यक्त सद्भाव भड्काउने खालका उत्तेजनापूर्ण अभिव्यक्तिप्रति सरकार र दलका नेताहरु गम्भीर हुनुपर्ने बताए । उनीहरुले संयम अपनाउन सबै पक्षलाई अपील पनि गरेका छन् । बैठकमा नेकपा एमालेका सांसद भीम रावलले कतिपय नेताहरु सुनियोजित रुपमा जातीय र सामुदायिक सद्भाव भड्काउन लागिपरेको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताए । नेपाली कांग्रेसका सांसद तप्तबहादुर विष्टले आन्दोलनका क्रममा घाइतेहरुको उचित उपचार र मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे । यस्तै, एकीकृत माओवादीका सांसद गणेशमान पुनले कर्णालीका जनताको मागको सम्बोधन र दलितहरुको प्रतिनिधित्वको सुनिश्चित गर्नुुपर्ने बताए । सांसद वृजेशकुमार गुप्ताले भने सरकार नै सद्भाव भड्काउने काममा लागेको आरोप लगाए । सांसद योगेन्द्र चौधरी र रीता शाहीले प्रदेशको सीमांकनमा देखिएको जनताको असन्तुष्टिलाई नेतृत्वले समयमै बुझ्नुपर्ने बताए । सांसद लिलादेवी श्रेष्ठले अधिकारको माग गर्नेलाई दमन गर्ने सरकारको नीति गलत भएको बताइन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा पनि विनियोजन विधेयक २०७२ को आधा दर्जन मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल भएको छ । सहरी विकास, सिँचाइ, ऊर्जा, सूचना तथा सन्चार, शिक्षा र वन तथा भू–संरक्षण मन्त्रालयका विभिन्न शीर्षकहरु माथि छलफल भएको हो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC