जेठ १९, गड्यौली । पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी चितवनको राप्ती नगरपालिका गड्यौलीमा केहि बेर अघि सवारी दुर्घटना हुदाँ एकजनाको ज्यान गएको छ । पुर्व बाट पश्चितर्फ आउदै गरेको ना ३ त ३५५७ नं. को ट्रयाक्टरलाई सोहि दिशाबाट आउदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिदाँ ट्रयाक्टरमा सवार एक मजदुरको घटनास्थलमै ज्यान गएको हो । उनको नाम ठेगाना खुल्न बाँकि छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरीको अनुसन्धान जारी छ । थप बिबरण आउन बाँकी छ । दुर्घटना बिहान ८ बजेर २० मिनेट जाँदा भएको हो ।
Latest Updates!
Showing posts with label National News. Show all posts
Showing posts with label National News. Show all posts
Breaking: गड्यौलीमा ट्रकले ट्रयाक्टरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु
Written By Unknown on Tuesday, May 31, 2016 | 7:54 PM
Labels:
Local News,
National News
खोलेसिमलका तीन बिद्यार्थी एक महिनादेखि बेपत्ता
जेठ १८, खोलेसिमल । कालिका नगरपालिका – ७ खोलेसिमल बजारस्थित सिद्धि विनायक आ.मा.वि. मा अध्ययनरत ३ जना विद्यार्थी एक महिनादेखि बेखबर छन् । गत बैसाख १७ गते शुक्रबार आ–आफ्नो घरबाट स्कुल हिडेका उनीहरुको एक महिना बितिसक्दा समेत कुनै अत्तोपत्तो छैन । विद्यालय जान भनी हिडे पनि उक्त दिन उनीहरु विद्यालय गएका थिएनन् । कालिका नगरपालिका – ६, खोलेसिमलका १३ वर्षीय अश्विन धमला, सोही वडा नयाँ टोलका १२ वर्षीय थोमस लामिछाने र वडा नं. ८ लंकालाईनका १४ वर्षीय राज गुरुङ्ग एकै कक्षाका दौतरी हुन् । उनीहरु सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । बिहान खाना खाई साईकल लिएर विद्यालय हिडेका राज गुरुङ्गको साईकल विद्यालयको गेट बाहिर छाडेको अवस्थामा पाइएको राजका बुबा लेख बहादुर गुरुङ्गले बताए । दुई छोरा मध्येका जेठा छोरा राज बेपत्ता भएपछि सोही कक्षामा पढ्ने भाइ रजत पनि मानसिक पिरलोमा परेका छन् । अहिले उनको परिवारमा रुवाबासी छ ।
Labels:
Local News,
National News
फुटबल स्ट्राइकर बिमल घर्तीको बहिनी मृत फेला
Written By Unknown on Wednesday, May 25, 2016 | 9:06 PM
बैशाख १३, नवलप्रासी । फुटवल स्ट्राईकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगर मृत अवस्थामा फेला परेकी छन् । बिहान नवलपरासी बर्दघाट भुताहामा रहेको घरमा घर्तीको शव फेला परेको हो । बर्दघाट ८ भुताहा चोक बाट डेढ किलोमिटर दक्षीण तर्फ गएराती भएको घटना बिहान मात्र थाहा भएको हो । बिहान परिवारका सदस्यले ढोका खोल्दा मनिषा मृत देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा भर्खर प्रहरी पुगेको छ । १५ बर्षीय घर्तीको हत्या हो अथवा आत्महत्या भन्ने बारेमा अनुसन्धान गरीने ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख श्याम सुन्दर केसी ले जानकारी दिनुभयो । अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोली खटिएको छ । थप जानकारी आउन बाँकी नै छ ।
Labels:
Local News,
National News
पर्खालमा पहिलोपटक पुग्यो रिलेशन, १६० बढिको स्वास्थ्य परिक्षण
जेठ १२, पर्खाल । रिलेशन एफ ८८ मेगाहर्जको प्रथम बार्षिकोत्सवको साताब्यापी कार्यक्रमअन्तर्गत चितवनको अति नै बिकट स्थान लोथर १ पर्खालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा लोथर गाविस वडा नं. १ पर्खालसँगै वडा नं. २, ७, ८ र मकवानपुर जिल्लाको काँकडा गाविसका विभिन्न वडाका जनता लाभान्वित भएको कार्यक्रम संयोजक ज्ञानेन्द्र तामाङले जानकारी दिनुभयो । मंगलबार र बुधवार भएको शिविरमा १६० भन्दा बढि स्थानीयको स्वास्थ्य परिक्षण गरिएको उहाँले बताउनुभयो । शिविरमा अधिकांश कुपोषण र सरसफाईको कमीका कारण संक्रमित बिरामीहरु भेटिएको स्वास्थ्य परिक्षणमा संलग्न चिकित्सक डा. भोजराज खनालले बताउनुभयो । उहाँले यस्तो बिकट गाँऊमा पुगेर डाक्टर र अस्पतालको पहुँचबाहिर रहेका बिरामीहरुलाई सेवा गर्न पाउदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।
शिविरमा स्वास्थ्य परिक्षण सुरु हुनुअघि मंगलबार एक औपचारिक कार्यक्रम गरिएको थियो । एफएमका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बोल्ने बक्ताहरुले अस्पतालको पहँुच नपुगेका र अस्पतालसम्म आइपुग्न घण्टौ लाग्ने बिकट ठाँऊमा एफएमले पुर्याएको निशुल्क सेवाको प्रशंसा गरेका थिए । त्यस्तै एफएमका अध्यक्ष अधिकारीले हालसम्म कुनै पनि संघ संस्थाले पर्खालमा यस्तो सेवा नदिएको बताउदै आफुहरुले केहि नयाँ गर्न सफल भएकोमा गर्व लागेको बताउनुभयो । त्यस्तै एफएमका प्रवन्ध निर्देशक रमेश लोहनीले निकै कठिन र जोखिमपुर्ण यात्रा गर्दै पर्खाल पुग्न सफल भएको र यो एफएमकै एैतिहासिक सफलता भएको बताउनुभयो ।
एफ एमले बार्षिकोत्सवअन्तर्गत बुधवार रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम गरिएको थियो । सो कार्यक्रम बिहिबार पनि जारी रहने एफएमका अध्यक्ष अधिकारीले बताउनुभयो । त्यस्तै बिहिबार नै अन्तर बिद्यालय शिक्षक स्तरिय कार्यक्रम आयोजना गरिने बताइएको छ । एफएम यहि जेठ १५ गतेबाट दोस्रो बर्षमा प्रवेश गर्दैछ ।
Labels:
Local News,
National News
रिलेशन एफएमद्धारा ट्राफिक जनचेतना कार्यक्रम
Written By RaAz Shah on Monday, May 23, 2016 | 8:36 AM
जेठ १०, रत्ननगर । पुर्वी चितवनको सौराहाचोकमा रहेको रिलेशन एफएम ८८ मेगाहर्जको गौरवमय प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमअन्तर्गत सोमबार दोस्रो दिन सौराहचोकमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ । साँझ ५ बजेबाट सुरु भएको सो कार्यक्रम झन्डै डेढघण्टा चलेको थियो । कार्यक्रमको उदघाटन जिल्ला ट्राफिक कार्यलय चितवनका प्रमुख राजन भेटवाल र इलाका प्रहरी कार्यलय टाँडिका प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले सडकमा चलिरहेको सवारी साधनमा चेतनामुलक स्टीकर टाँसेर गर्नुभएको थियो । सो क्रममा ट्राफिक प्रमुख भेट्वालले सार्वजनिक सवारी साधनमा ट्राफिक चेतनाको कमी भइरहेको बेला एफएमले गरेका काम सरहानीय रहेको बताउनुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय टाँडिका प्रमुख सापकोटाले मिडियाले गरेको कामलाई जनताले बिश्वास गर्ने बताउदै अगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरताको कामना गर्नुभयो । उहाँहरुले रिलेशन एफएमले सफलतापुर्वक पहिलो बर्ष पार गरि दोस्रो बर्ष प्रवेश गर्न लागेकोमा शुभकामनासमेत ब्यक्त गर्नुभयो । कार्यक्रममा एफएमका अध्यक्ष अनिल अधिकारी, प्रबन्ध निर्देशक रमेश लोहनी लगायत सम्पुर्ण कर्मचारी तथा स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको थियो । उहाँहरुले केहि हदसम्म भएपनि ट्राफिक चेतना जगाउनका लागि एफएमले सो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
बार्षिकोत्सव कार्यक्रमअन्तर्गत मंगलबार चितवनको बिकट पहाडि गाबिस लोथर १ पर्खालमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । साताब्यापी कार्यक्रम जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।
Labels:
Local News,
National News
भुटानमा नेपाली खेलाडी भए उत्कृष्ट
भुटानःदोश्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप तथा प्रथम अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालकी पार्वती गुरुङ उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपालबाट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका नोर्बु लामाले जनाए अनुसार पार्वतीले सिनियर महिलाको ५३ केजीमुनि स्वर्ण तथा सिनियर पेयर पुम्सेमा रजत जितिन् । पेयर पुम्सेमा पार्वतीले शिशिर श्रेष्ठसंग मिलेर रजत जितेकी हुन् । त्यस्तै सिनियर महिलाको ४६ केजीमुनि एन्जिला योञ्जन पनि स्वर्ण जित्न सफल भइन् । सिनियरमै महिला ४९ केजीमुनि सुस्मिता थापाले कांस्य तथा पुरुष ५६ केजीमुनि शिशिर श्रेष्ठले रजत र ७२ केजीमुनि अर्जुन क्षेत्रीले कांस्य हात पारे । जुनियर महिलाको ३१ केजीमुनि सुप्रिया तिमिल्सनाले रजत र ३४ केजीमुनि सितुसिंह मास्केले कांस्य हात पारे । जुनियर येल्लो बेल्ट पुम्सेमा सीतुले रजत तथा सुप्रियाले कांस्य जिते । प्रतियोगिता भुटानको थिम्पुमा मे २० देखि २२ तारिखसम्म सञ्चालन भएको थियो ।
Labels:
International,
National News,
Papers,
Sports News
बार्षिकोत्सव कार्यक्रम समुदघाटन, ५५ जनाद्धरा रक्तदान
Written By Unknown on Sunday, May 22, 2016 | 7:11 AM
जेठ ९, रत्ननगर । पुर्वी चितवनको सौराहाचोकमा अवस्थित रिलेशन एफ एम ८८ मेगाहर्जको प्रथम बार्षिकोत्सव कार्यक्रमको समुदघाटन गरिएको छ । आइतबार एफएम परिसरमा एक बिशेष समारोहका बीच विभिन्न साताब्यापी कार्यक्रमहरुको समुदघाटन गरिएको हो । कार्यक्रममा एफएमका अध्यक्ष अनिल अधिकारी, प्रबन्ध निर्देशक रमेश लोहनी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपाने र रत्ननगर उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञान बहादुर बिसुरालले संयुक्त रुपमा ब्यानर प्रदर्शन गरि बार्षिकोत्सव उदघाटन गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले एफएमले सफलतापुर्वक पहिलो बर्ष पार गरि दोस्रो बर्ष प्रवेश गरेकोमा शुभकामना ब्यक्त गरेका थिए । प्रमुख अतिथिसमेत रहनुभएका नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेले एफएमले बार्षिकोत्सवमा आयोजना गर्न लागेको सबै कार्यक्रम महत्वपुर्ण रहेकाले सफलताको कामना गर्नुभयो । आइतबार नै आयोजित रक्तदान कार्यक्रमतर्फ लक्षित गर्दै उहाँले अहिलेको समयमा रगतको चरम अभाव रहेको र एफएमले गरेको रक्तदान कार्यक्रमको उच्च प्रशंसा गर्नभयो । त्यस्तै बिशिष्ट अतिथि ज्ञानबहादुर बिसुरालले एफएमले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै अझै उच्च सफलता हासिल गर्न शुभकामना ब्यक्त गर्नुभयो ।
यसैबीच बार्षिकोत्सवअन्तर्गत साताब्यापी कार्यक्रमको पहिलो कार्यक्रम बृहत खुल्ला रक्तदानमा ५५ जनाले रक्तदान गरेका छन । बिहान ८ बजेबाट सुरु गरिएको रक्तदानमा एफएमका अध्यक्ष अनिल अधिकारी र प्रबन्ध निर्देशक रमेश लोहनीले रक्तदान गरि सुरुवात गर्नुभएको थियो । कार्यक्रममा विभिन्न स्रोता, बिज्ञापनदाता एवं कर्मचारीहरुले उत्साहपुर्वक रक्तदान गरेको रक्तदानका कार्यक्रमका संयोजक सरोज अधिकारीले जानकारी दिनुभयो । अहिलेको समयमा चौतर्फि रगत अभाव देखिने गरेको र रगत संकलन निकै कम हुने गरेकोले बार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको उहाँको भनाई छ ।
एफएमले बार्षिकोत्सव कार्यक्रम अन्तर्गत भोलि सोमबार सौराहाचोकमा ट्राफिक जनचेतना कार्यक्रम गर्दैछ । विविध कार्यक्रम गर्दै एक सातासम्म मनाइने बर्षिकोत्सवको अन्तिम दिन यहि जेठ १५ गते एफ एम प्रसारणको गौरवमय दुई बर्ष पुग्दैछ । एफ एम गत बर्ष जेठ १५ गतेबाट प्रसारणमा आएको थियो ।
Labels:
Local News,
National News
बार्षिकोत्सव कार्यक्रमको सबै तयारी पुरा
Written By Unknown on Saturday, May 21, 2016 | 5:13 AM
जेठ ८, रत्ननगर । रिलेशन एफ एम ८८ मेगाहर्जको गौरवमय प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित विविध साताब्यापी कार्यक्रमहरुको सम्पुर्ण तयारी पुरा भएको छ । भोलि अर्थात जेठ ९ गतेबाट सुरु हने विविध साताब्यापी कार्यक्रमहरुलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि सम्पुर्ण तयारी पुरा भएको एफएमका अध्यक्ष अनिल अधिकारीले बताउनुभयो । उहाँले सम्पुर्ण कर्मचारी, शेयर सदस्य तथा सञ्चालकहरुको सक्रियतामा साताब्यापी कार्यक्रम उल्लासमय ढंगले सम्पन्न गरिने बताउनुभयो । उहाँले साताब्यापी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विभिन्न कार्यक्रमहरुको जिम्मेवारी समेत बाँडफाँड गरिएको जानकारी दिनुभयो । जसअनुसार पहिलो दिन खुल्ला रक्तदान कार्यक्रमको जिम्मेवारी सरोज अधिकारीलाई, स्वास्थ्य शिविर कार्यक्रमको जिम्मेवारी ज्ञानेन्द्र तामाङलाई, अन्तरबिद्यालय शिक्षकस्तरिय हाजिरिजवाफ प्रतियोगिताको जिम्मेवारी राजन दिल गूरुङलाई र खुल्ला गजल प्रतियोगिताको जिम्मेवारी राज प्रणय, अम्बिका बसौला र गोपाल बिश्वकर्मालाई दिइएको छ । यसबाहेक ट्राफिक जनचेतना कार्यक्रम, रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम र बृहत साँस्कृतिक उत्सव २०७३ को ब्यवस्थापन भने संस्थाका सबै कर्मचारीको सक्रियतामा गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले एफएमको जुझारु कर्मचारीलाई परिचालन गरि प्रथम बार्षिकोत्सव भव्य बनाउने उद्देश्यले कर्मचारीलाई जिम्मेवारी बाँडिएको बताउनुभयो ।
यसैबीच भोलि जेठ ९ गते एफ एमको गौरवमय प्रथम बार्षिकोत्सवको समुदघाटन हुदैछ । भोलि बिहान ७ बजे एक बिशेष समारोहको आयोजना गरि भव्य रुपमा साताब्यापी बार्षिकोत्सव कार्यक्रमको समुदघाटन गरिने एफएमका प्रबन्ध निर्देशक रमेश लोहनीले जानकारी दिनुभयो । जसका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको उहाँले बताउनुभयो । त्यस्तै भोलि नै साताब्यापी कार्यक्रमको पहिलो कार्यक्रम बृहत खुल्ला रक्तदान कार्यक्रम पनि हुदैछ । रक्तदानको लागि पनि आवश्यक सबै तयारी पुरा भएको संयोजक सरोज अधिकारीले जानकारी दिनुभयो । बिहानैबाट सुरु हुने रक्तदान कार्यक्रममा एक सय भन्दा बढि रक्तदाताले रक्तदान गर्ने उहाँले बताउनुभयो ।
यसबाहेक साताब्यापी कार्यक्रमअन्तर्गत १० गते ट्राफिक जनचेतना कार्यक्रम, ११ गते लोथर १ पर्खाल चितवनमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम, १२ गते रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम, १३ गते अन्तर बिद्यालय शिक्षकस्तरिय हाजिरिजवाफ प्रतियोगिता, १४ गते खुल्ला गजल प्रतियोगिता र अन्तर कर्मचारी म्युजिकल चियर प्रतियोगिता र १५ गते बार्षिकोत्सव समापन तथा बृहत साँस्कृतिक उत्सव २०७३ कार्यक्रम तय गरिएको छ । एफ एमले गत बर्ष जेठ १५ गतेबाट प्रसारण शुभारम्भ गरेको थियो ।
Labels:
Local News,
National News
आज बुद्ध जयन्ती, लुम्बिनीमा विशेष समारोह
Written By Unknown on Friday, May 20, 2016 | 6:59 PM
८ वेशाख, काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६०औँ बुद्ध जयन्ती बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । सो अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न २८ देशका बुद्ध विद्धान्,भिक्षुहरुको सहभागिता रहने छ ।
नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा निस्किएका थिए ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा विश्व प्रसिद्धि भए । ३६ वर्षको उमेरमा सारनाथमा बुद्धले पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन गरेको बौद्ध दर्शनको खोज अनुसन्धानमा लागेका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताए ।
“सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुखैदुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुन सक्छ र दुःखको अन्त्यको उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो”– उनले भने ।
यसका साथै बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।
यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।
हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।
काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलस्थित चारुमति विहारलगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्याली निकालिन्छ ।
यसअवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तूपको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व समेटिएको बौद्ध महाचैत्य (द ग्रेट बौद्ध स्तूप) पुस्तक सार्वजनिक गरिने भएको छ । बौद्ध धर्मका ञिङमा, शाक्य, गेलुक र काग्यु चारवटै सम्प्रदायका धर्मगुरुलाई बोलाएर ‘मानव जीवनमा बुद्ध वचनको महत्व’ विषयमा प्रवचन गरिने समितिका अध्यक्ष लामाले जानकारी दिए ।
बौद्धमा बिहान ७ बजे बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् दिउँसो ३ बजे शोभा यात्रा निकालिनेछ । प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामी’, ‘धम्मम् शरणम् गच्छामी’ र ‘सङ्घम् शरणम् गच्छामी’ को नारा लगाइन्छ । बेलुकी बौद्ध स्तूप परिसर एवम् बौद्ध क्षेत्रका घरघरमा दीप प्रज्वलन गरिने कार्यक्रम रहेकाे छ ।
Labels:
National News,
Papers
अभिनेता सरोज खनाल सम्मानित
जेठ ७, भरतपुर । चलचित्रका चर्चित नायक सरोज खनाललाई चलचित्र पत्रकार संघ चितवन शाखाले सम्मान गरेको छ । शुक्रबार परेको चलचित्र पत्रकारिता दिवसको अवसरमा संघले खनाल सहित रंग पत्रकार विमल खतिवडालाई समेत सम्मान गरेको हो । जन्म थलो चितवन भई २०४४ सालदेखि कलाकारिता क्षेत्रमा टेवा पु¥याएको भन्दै खनाललाई संघले सम्मान गरेको हो । खनाललाई कदरपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व खनालले कार्यक्रममा पत्रकारहरुको कलमले मात्र समाजमा परिवर्तन ल्याउने बताए । आफू कलाकारिता क्षेत्रमा प्रवेश गर्दा सञ्चारमाध्यमले कलाकारलाई खासै मह¤व नदिए पनि अहिले रंगपत्रकारहरुको संगठन खुलेकोमा खुसी व्यक्त गरे । रंगमञ्चमा भएका राम्रा कुरालाई पत्रकारले बाहिर ल्याउँदा कलाकारहरुको मनोबल उच्च हुने हुने हुनाले पनि रंगपत्रकार र कलाकार एकअर्काका परिपूरक भएको खनालले बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले पत्रकारिताको नयाँ विटको रुपमा स्थापना भएको रंगमञ्चले कलाकारहरुलाई यस क्षेत्रमा स्थापित हुन टेवा पुग्ने बताए । पत्रकारहरुको कलम हरेक क्षेत्रमा चल्नुपर्ने भन्दै राम्रो कुरालाई पत्रकारले सधैँ खुलेर लेख्नुपर्ने सिंहको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दीपेन्द्र बडुवाल, चलत्रि पत्रकार संघ चितवनका सल्लाहकार यज्ञविलास पौडेल, संरक्षक मनोज पन्त, गायक भुवन प्यासीलगायतले मन्तव्य राखेका थिए । चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशव लोहनीले स्वागत मन्तव्य राखेका थिए ।
Labels:
Entertainment,
Local News,
National News
गणतन्त्र दिवसमा तीन दिन दिपावली
जेठ ७, भरतपुर । चितवनमा यसबर्षको गणतन्त्र दिवस भव्य रुपमा मनाउन यहि जेष्ठ १४, १५ र १६ गते ३ दिन हरेक साँझ दिपावली गर्ने निर्णय गरिएको छ । आज जिविस चितवनको सभाहलमा आज राष्ट्र सेवक कर्मचारी राजनैतिक दल, संचारकर्मी नेपाल प्रहरी , नेपाली सेना सहित बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै दिवसकै अवसरमा १४ गते राष्ट्र सेवक कर्मचारीको फुटवल खेल मध्यक्षत्रिय प्रहरी तालिम केन्द्रमा गर्ने र सोही दिन रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको छ । त्यस्तै १५ र १६ गते कवडहलमा टेवल टेनिस र १५ गते माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने र संचार माध्यम बाट गणतन्त्र सम्वन्धि संवाद छलफल प्रकाशन र प्रसारण गर्ने र जेष्ठ १५ गते चौविस कोठीमा विहान ७.३० मा राजनैतिक दल र भात्रृसंगठन नेपाल प्रहरी नेपाली सेनाको वाजा गाजा सहित प्रभात फेरी सहित जिविस चितवनको सभाहलमा बिशेष कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ । बैठकमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश शिंह प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला विकाश समिति चितवनका स्थानिय विकाश अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा राष्ट्र सेवक कर्मचारी, राजनैतिक दल, संचारकर्मी, नेपाल प्रहरी , नेपाली सेना लगायतको सहभागिता रहेको थियो ।
Labels:
Local News,
National News
Breaking: टाँडिचोकमा सवारी दुर्घटना, एक महिलाको घटनास्थलमै मृत्यु
जेठ ७, टाँडि । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर २ टाँडि चोकमा केहि बेर अघि सवारी दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ । अर्को एकजना घाइते भएका छन । पुर्वबाट पश्चिमतर्फ आउदै गरेको पल्सर मोटरसाइकललाई सोहि दिशाबाट आउदै गरेको यात्रुबाहक बसले ठक्कर दिदाँ मोटरसाइकलमा सवार अन्दाजी ५० बर्षीय महिलाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक भने घाइते भएका छन र उनलाई उपचारका लागि भरतपुर पठाइएको छ । मृतक महिला जिरौना निवासी रहेको र उनको थप सनाखत हुन बाँकि रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस फरार रहेको छ । घटनास्थलमा प्रहरीले मुचुल्का उठाउन काम भइरहेको छ ।
Labels:
Local News,
National News
आजबाट लोडसेडिङ घट्यो
Written By Unknown on Thursday, May 19, 2016 | 6:58 PM
काठमाडौं, जेठ ७ – नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लोडसेडिङको समय घटाएको छ । यसअघि हप्तामा ७७ घण्टा लोडसेडिङ हुने गरेकामा अब ७० घण्टा मात्र विद्युत कटौती हुने भएको हो ।
प्राधिकरणका अनुसार अब दुई दिन ९ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे १० घण्टा र एक दिन ११ घण्टा बिजुली आउने छैन ।
बेलुकाको समयमा विद्युत खपत बढी हुने उपकरण कम प्रयोग गर्न प्राधिकरणले सबैलाई आग्रह गरेको छ । नदीमा पानीको सहत बढ्ने क्रममा रहेकाले लोडसेडिङको समय घटाइएको प्राधिकरणले जनाएको छ ।
Labels:
National News
पाँच बर्षमा ३१४ जना हराए
जेठ ६, भरतपुर । चितवन जिल्लामा विगत पाँच वर्षमा एक हजार ३१४ जना हराएका छन् । जसमा सबैभन्दा बढी महिला रहेका छन् । महिला ७५४ जना छन् भने ४४५ जना बालबालिका र पुरुष ११५ जना रहेका छन् । जसमध्ये हालसम्म ४१५ जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका कक्षमा रहेको पञ्चवर्षे तालिकालाई हेर्दा आर्थिक वर्ष २०६८/०६९ देखि हालसम्म चितवनमा हराएपछि भेटिएकामध्ये महिला २२३, बालबालिका १६१ र पुरुष ३१ जना रहेका छन् । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार बालबालिका र महिलालाई मानव ओसारपसार र घरेलु कामदारका रुपमा बढी प्रयोग गर्ने भएकाले उनीहरु धेरै हराएका हुन् । विशेषतः समाजमा व्याप्त रहेको छोराछोरीको विभेद र भेटिएको जानकारी नआउनुले मुख्य समस्या बनेको उहाँले बताउनुभयो । महिला र बालबालिकामा चेनताको वृद्धि हुन नसकेका कारण यसलाई न्यूनीकरण गर्न नसकिएको कुँवरले बताउनुभयो । कार्यालयका अनुसार चितवनमा चालु आवको १० महिनामा २१० जना हराएका छन् । जसमध्ये ७० जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हराएकामध्ये सबैभन्दा बढी महिला १३४ जना रहेका छन् । यस वर्ष भने हराउनेमा महिला पछि पुरुष र बालिका रहेका छन् । पुरुष ३३, बालिका २३, र बालक २० जना हराएको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै आव ०६८/६९ मा २११ जना, आव ०६९/७० मा ३१३ जना, आव ०७०/७१ मा ३४८ जना र आव ०७१/७२ मा २२२ जना हराएका छन् ।
Labels:
Local News,
National News
पुर्वी चितवनमा चट्याङ लागेर दुईको मृत्यु
Written By Unknown on Tuesday, May 17, 2016 | 8:13 PM
जेठ ५, रत्ननगर । पुर्वी चितवनमा चट्याङ लागेर मंगलबार दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
हावा हुरी र पानीसँगै परेको चट्याङ लागेर राप्ती नगरपालिका १२ का २१ वर्षीय कमल पुन र मकवानपुर फापरबारीका ३५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो ।
तामाङलाई राप्ती नगरपालिका ८ गैडाढापमा खेत खनिरहेका बेला चट्याङ लागेको थियो । तामाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा र पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
साथै गैडाढापमा नै काम गरिरहेका राप्ती-८ डडुवाका १९ वर्षीय प्रकाश परियार र १८ वर्षीय सुरेश परियार घाइते भएका छन् । उनीहरु दुबैलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
Labels:
Local News,
National News
चितवनका तेक्वान्दो खेलाडीले भूटानमा खेल्ने
जेठ ४, रत्ननगर । चितवन जिल्लाका तीनद जना तेक्वान्दो खेलाडीले अन्र्तराष्टि स्तरमा प्रतिस्पर्धा गर्ने अबसर पाएका छन । भुटानको राजधानी थिम्पु शहरमा यही मे २१,२२ र २३ गते हुने “प्रथम भुटान अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१६“ मा चितवन जिल्लाका खेलाडीहरू सुष्मीता थापा मगर, पार्वती गुरूङ र शिशिर श्रेष्ठले प्रतिस्पर्धा गर्न लागेका हुन । थापाले महिला ४८ केजी तर्फ गुरुङले ५२ केजी तर्फ र श्रेष्ठले पुरूष ५४ केजी तर्फ प्रतिपर्धा गर्ने तेक्वान्दोका अन्र्तराष्टिय प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिए । जेठ ६ गते भुटान जाने खेलाडीहरुलाई मंगलवार चितवन जिल्ला तेक्वान्दो संघले विदाई गरेको छ । संघका कार्यबहाक अध्यक्ष रोशन खान,सचिव शैलेश श्रेष्ठ, सह सचिव धन बहादुर दराई,सदस्य किरण श्रेष्ठ र रुपेश चौधरीले तेक्वान्दो टिर्सट र खादा लगाएर विदाई गरेका थिए । टप माउण्टेन तेक्वान्दो संघ, हंककङका अध्यक्ष मास्टर गणेश बहादुर गुरूङ र अन्तराष्ट्रिय प्रशिक्षक तथा डोजाङ प्रमुख किरण श्रेष्ठले खेलाडी हरू लाई तेक्वान्दो सामान सहयोग गरेका छन ।
Labels:
Local News,
National News
बसको ठक्करबाट किशोरी घाइते
जेठ ४, रत्ननगर । पुर्वपश्चिम राजमार्गको रत्नगनगर ३ बेल्सीमा यात्रुबाहक बसले ठक्कर दिदाँ एक किशोरी घाइते भएकी छिन । बिहान ११ बजेतिर ना ३ ख ५३२२ नम्बरको बसले पैदलयात्री १७ बर्षीय सुनिता बिष्टलाई ठक्कर दिएको थियो । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस इलाका प्रहरी कार्यलय टाँडिको नियन्त्रणमा रहेको छ ।
Labels:
Local News,
National News
भ्यानको ठक्करबाट ५ घाइते
Written By Unknown on Monday, May 16, 2016 | 7:12 AM
जेठ ३, भरतपुर । चितवनको भरतपुर ओरालोमा भ्यानले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिदा ५ जना घाइते भएका छन् । आज साझ चौबिसकोठी बाट नारायणगढ जादै गरेको ना १ ज ५७०६ नम्बरको टाटा भ्यानले विपरीत दिशाबाट आउदै गरेको ना १७ प ५७२१ नं को स्कुटर र ग ४ प ३९८८ न को मोटरसायकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । भ्यानको स्टेरिङ फेल हुदा ठक्कर दिन पुगेको प्रहरीको भनाई छ ।
घाइते ५ मध्ये २ को अवस्था गम्भिर रहेकोे प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Labels:
Local News,
National News
मकाउमा प्रवासी नेपाली मञ्च गठन
चितवन, ३ जेठ । मकाउमा रहेका प्रवासी नेपालीहरुको वृहत भेलाले हालै प्रवासी नेपाली मञ्च मकाउ राष्ट्रिय कमिटी गठन गरेको छ । नेकपा एमालेका सचिव एवम् पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रवासी नेपाली मञ्च हङ्गकङ्ग राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ्ग, एनआरएनए मकाउका अध्यक्ष मुकेश बरुवाल लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । मकाउ राष्ट्रिय कमिटीको सो अधिवेशनबाट हर्क गुरुङ्ग (स्याङ्जा) अध्यक्षमा चयन हुनुभएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा कृष्ण अधिकारी (चितवन), उपाध्यक्ष शिव थापा (लमजुङ्ग), महासचिव उत्तम गुरुङ्ग (ओखलढुङ्गा), कोषाध्यक्ष प्रेम तामाङ्ग (काभ्रे) चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राजु कार्की (कास्की), भुवन पुन (नवलपरासी), फुल बहादुर तामाङ्ग (लमजुङ्ग), रुद्र घले (लमजुङ्ग), विश्वराज भण्डारी (लमजुङ्ग), अमृत रावत (प्युठान), नारायण के.सी. (लमजुङ्ग), रेशम रानाभाट (काठमाडौं), रामकाजी गुरुङ्ग (कास्की), प्रमोद बुढाथोकी (धादिङ्ग), खम्बराज के.सी. (धादिङ्ग) र विक्रम घताने (सुर्खेत) चयन भएका छन् । मकाउमा रहेका नेपालीहरुलाई संगठित गर्दै गठन भएको यस्तो भेलाले नेपाल र नेपाली प्रतिको माया र स्नेह थप प्रगाढ हुने नवगठित कमिटीका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।
Labels:
National News
नारायणी अनलाइन डटकम तेस्रो बर्षमा
Written By Unknown on Thursday, May 12, 2016 | 6:32 AM
बैशाख ३०, चितवन । चितवनबाट संचालित लोकप्रिय अनलाईन (डिजिटल) पत्रिका नारायणी अनलाईन डटकम आज (बिहीबार)बाट तेस्रो वर्षमा प्रवेश गरेको छ ।नारायणी मिडिया हाउस प्रा.लि.द्धारा वि.सं.२०७१ वैशाख ३० गते आजकै दिनबाट नारायणी अनलाईन डटकम पाठक, दर्शक र श्रोतामाझ आएको थियो । स्थापनाको छोटो समयमै पाठक, दर्शक र श्रोताको मन जित्दै लोकप्रिय बन्न सफल यस अनलाईनले अझै जनतालाई सुसूचित पार्दै अघि बढ्ने जनाएको छ ।प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले चितवनबाट संचालित लोकप्रिय डिजिटल पत्रिका नारायणी अनलाईन डटकमले सत्य, तथ्य र निश्पक्ष समाचार पस्कन सफल भएको बताउनुभएको छ । कार्यक्रमको समापन गर्दै नारायणी मिडिया हाउस प्रा.लि.का अध्यक्ष भानुभक्त खरेलले छोटो समयमै नारायणी अनलाईनले जनतालाई सुसूचित गराउन सफल भएको भन्दै आगामि दिनमा अझै यसलाई व्यवस्थित गर्दै अघि बढाउने बताउनभुयो । उहाँले अब नारायणी अनलाई छिट्टै मोवाईल एप्लीकेशन मार्फत पनि सबैको हातहातमा पुग्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रम अध्यक्ष खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।यस्तै नारायणी मिडिया हाउस प्रा.लि.द्धारा संचालित लोकप्रिय अनलाईन पत्रिका नारायणी अनलाईन डटकमले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा दुई जना संवाददातालाई सम्मान गरेको छ ।वार्षिकोत्सव समारोहमा चितवनमा रहेका संवाददाताहरु मध्ये उत्कृष्ट संवाददाता विकास पौडेल र जिल्ला संवाददाताहरु मध्यकै उत्कृष्ट संवाददाता ज्ञानु पंगेनीलाई सम्मान गरिएको हो ।
Labels:
Local News,
National News