Home »
Entertainment
» जन्मदिनमा लोक गायक राजु परियारको खोजी (भिडियो सहित)
जन्मदिनमा लोक गायक राजु परियारको खोजी (भिडियो सहित)
Written By Rijan KC on Friday, August 7, 2015 | 6:12 AM
नेपाली लोकसंगीतका सर्वाधिक सफल गायक हुन राजु परियार । आज उनको जन्मदिन तर धेरैलाई अत्तोपत्तो छैन उनि कहाँ छन् । केहि दिन अघि लमजुङमा भुकम्प पिडितलाई सघाउदै छन् भन्ने खवर बाहिर आएको थियो । तर नेपाली गीतसंगीतको इतिहासमा सवै भन्दा धेरै गीत गाएका परियार अहिले सांगीतिक क्षेत्रमा गुमनाम जस्तै छन् । राजु परियारले झण्डै दश हजार लोक तथा दोहोरी गीत गाएका छन् । उनले गाएका धेरै गीतले बाजी मारेका छन् । ‘गड गिफ्ट’ स्वरले परिचित राजु परियार पछिल्लो तीन चार बर्षदेखि सांगीतिक क्षेत्रमा त्यति सक्रिय छैनन् । लम्जुङ्ग स्थायी घर भएका परियारको अहिले बसोबास कहां छ रु के गर्दै छन् ? किन गाउने छाडे गीत ? भन्ने प्रश्न उनका शुभेच्छुक र स्वयं कलाकारले गर्न थालेका छन् । काठमाण्डूमा झण्डै आधा दर्जन रेकडिङ्ग स्टुडियोले लोकगीत धेरै रेकर्ड गर्छन् । तर ती स्टुडियोमा राजु परियार नपुगेको धेरै भयो । लोक दोहारीलाई व्यवसायीक बनाउनमा राजुको स्वरलाई पनि ‘जस’ दिने गरिएको छ । गीतको मर्म नबिग्रने गरि गीत गाउने सफल गायकको कोटीमा राजु पर्छन् । पछिल्लो समयमा घरायशी समस्याले बिछिप्त भएका राजु अहिले पोखरा बस्ने हल्ला छ । अहिलेका चर्चित रचनाकार र संगीतकार उनको आवाजमा गीत रेकर्ड गर्न इच्छुक छन तर राजु नै गायब जस्तै छन् । उनको फेरि आगमन होस,उनको आवाज फेरि सुन्न पाइयोस । राजु परियारलाई जन्मदिनको शुभकामना !!!
हेर्नुहोस राजुकै आवाजमा रहेको पछिल्लो हिट गीत ‘फुलमा मौरि डुल्ने बेलामा’ :
Post a Comment