Latest Updates!
Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

अभिनेता सरोज खनाल सम्मानित

Written By Unknown on Friday, May 20, 2016 | 6:01 AM

जेठ ७, भरतपुर । चलचित्रका चर्चित नायक सरोज खनाललाई चलचित्र पत्रकार संघ चितवन शाखाले सम्मान गरेको छ । शुक्रबार परेको चलचित्र पत्रकारिता दिवसको अवसरमा संघले खनाल सहित रंग पत्रकार विमल खतिवडालाई समेत सम्मान गरेको हो । जन्म थलो चितवन भई २०४४ सालदेखि कलाकारिता क्षेत्रमा टेवा पु¥याएको भन्दै खनाललाई संघले सम्मान गरेको हो । खनाललाई कदरपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व खनालले कार्यक्रममा पत्रकारहरुको कलमले मात्र समाजमा परिवर्तन ल्याउने बताए । आफू कलाकारिता क्षेत्रमा प्रवेश गर्दा सञ्चारमाध्यमले कलाकारलाई खासै मह¤व नदिए पनि अहिले रंगपत्रकारहरुको संगठन खुलेकोमा खुसी व्यक्त गरे । रंगमञ्चमा भएका राम्रा कुरालाई पत्रकारले बाहिर ल्याउँदा कलाकारहरुको मनोबल उच्च हुने हुने हुनाले पनि रंगपत्रकार र कलाकार एकअर्काका परिपूरक भएको खनालले बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले पत्रकारिताको नयाँ विटको रुपमा स्थापना भएको रंगमञ्चले कलाकारहरुलाई यस क्षेत्रमा स्थापित हुन टेवा पुग्ने बताए । पत्रकारहरुको कलम हरेक क्षेत्रमा चल्नुपर्ने भन्दै राम्रो कुरालाई पत्रकारले सधैँ खुलेर लेख्नुपर्ने सिंहको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दीपेन्द्र बडुवाल, चलत्रि पत्रकार संघ चितवनका सल्लाहकार यज्ञविलास पौडेल, संरक्षक मनोज पन्त, गायक भुवन प्यासीलगायतले मन्तव्य राखेका थिए । चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशव लोहनीले स्वागत मन्तव्य राखेका थिए । 

'क्लासिक'ले रिलिज गर्यो फिल्मको पहिलो भिडियो गीत

Written By RaAz Shah on Tuesday, December 29, 2015 | 5:15 PM

माघ २९ गते रिलिज
'क्लासिक' फिल्मले आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक गरेको छ। 'क्लासिकले' 'सुनौलो हरदिन लाग्यो' बोलको गीतको अनप्लग्ड भर्सनको भिडियो सार्वजनिक गरेको हो। सांगीतिक प्रेमकथा भनेर निर्माण पक्षले दाबी गरेको फिल्मको यस गीतलाई कोशिस क्षेत्री र मेलिना राईले गाएका हुन्।  ताराप्रकाश लिम्बुको संगीत भरेको गीतलाई यसै फिल्मका निर्देशक दिनेश राउतले लेखेका हुन्।
माघ २९ गते रिलिज हुने फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठको मूख्य भूमिका रहेको छ। यसै मितीमा सुदर्शन थापा निर्देशित 'प्रेमगीत' पनि रिलिज हुँदैछ।

‘रिभरसाइड’ गएपछि यसरी खुलिन् पुजा शर्मा (भिडियो सहित)

Written By RaAz Shah on Sunday, December 27, 2015 | 7:41 AM

प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रेम गीत’की नायिका पुजा शर्मा यस अघि सादा किसिमले प्रस्तुत भएकी थिईन् । त्यस किसिमले अभिनय गरेका चलचित्र ‘मधुमास’ र ‘चखें शंखे पखें’ लाई दर्शकले रुचाएनन् । यद्दपी अहिले उनी खुलेकी छिन् ।
माघ २९ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘प्रेम गीत’को सार्बजनिक ‘जब पुग्छु रिभरसाईड’ बोलको गीतमा उनी मज्जैले खुलेकी छिन् । सार्बजनिक गीतमा शुभानी मोक्तानको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत छ । गीतमा सुरु देखी अन्तय सम्म नै पुजा शर्माको बोल्ड सिन देख्न सकिन्छ । सुदर्शन थापा निर्देशित तथा संतोस सेन निर्मित चलचित्रमा पुजा र प्रदिप खड्का मुख्य भुमिकामा छन् । प्रेमको कथा बोकेको यस चलचित्र प्रणय दिवसकै अबसरमा प्रदर्शन गर्न लागिएको हो । यस चलचित्र बाट नायिका पुजा शर्मा र नायक प्रदिप खड्काको कलाकारिताको लागी बिशेष हुने देखिएको छ । भने,निर्माताका लागि पनि चलचित्र निर्माणमा बिशेष हुने देखिन्छ ।

मर्काइदेउ कम्मर

Written By RaAz Shah on Saturday, December 26, 2015 | 7:30 AM

विन्द्यबासिनी अवार्ड वितरण कार्यक्रममा नृत्य गर्दै मोडेल कविता बानियाँ । 

सन्नी लियोनकाे नयाँ भिडियो सार्बजनिक (भिडियो सहित)

Written By RaAz Shah on Thursday, December 3, 2015 | 7:26 AM


बलिउड नायिका सन्नी लियोनद्वारा अभिनित एक नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ। सुपर गर्ल फ्रम चाइना बोलको यस गितमा मिका सिंह र कनिका कपुरको पनि भूमिका छ। हेर्नुस भिडियो





‘कबड्डी कबड्डी’ले दियो सौगातलाई राहत

Written By RaAz Shah on Tuesday, December 1, 2015 | 7:28 AM

मुस्ताङको कथामा बनेको ‘कागबेनी’बाट नेपाली फिल्मको यात्रा थालेका सौगात मल्ललाई अहिले त्यही मुस्ताङकै कथामा बनेको फिल्म ‘कबड्डी कबड्डी’ले राहत दिएको छ । निश्चल बस्नेतको फिल्म ‘लुट’मा हाकु काले बनेपछि सौगात नयाँ नेपाली फिल्मको पोस्टर ब्वाईका रुपमा उदाएका थिए । तर, त्यसपछि उनका थुप्रै फिल्मले लहरै असफलता बेहोरे । यो शुक्रबार आएको फिल्म ‘कबड्डी कबड्डी’ले सुरुकै केही दिनमा राम्रो व्यापार गरेर सौगातको डुब्दो करिअरलाई सहारा दिएको छ । सौगातको सफलतामा मुस्ताङजस्तै निश्चल बस्नेत र दयाहाङ राई पनि जोडिएका छन् । ‘लुट’ का निर्देशक निश्चल ‘कबड्डी कबड्डी’मा निर्माता र कलाकारका रुपमा संलग्न छन् भने ‘लुट’का सह कलाकार दयाहाङ राई यसमा पनि मुख्य भूमिकामा छन् । दयाहाङ भने पछिल्लो समय लगातार सफल भइरहेका छन् । यी दुवैले अभिनय गरेको सुवर्ण थापाको फिल्म ‘फन्को’ पनि प्रदर्शनको क्रममा छ ।

सन्नीले ट्वीटरमा लेखिन ‘नेपाललाई धन्यवाद’

Written By RaAz Shah on Monday, November 30, 2015 | 7:07 AM

शनिबार काठमाडौं आएकी बलीउड अभिनेत्री सन्नी लियोनले नेपालबारे ट्वीट गर्दै धन्यवाद दिएकी छिन् ।
उनले ट्वीटरमा लेखेकी छिन्, ‘नेपाललाई धन्यवाद । मुटुदेखि नै न्यानो
आतिथ्यता दिएकोमा । मैले यो शहरमा आएर केहि नयाँ कुरा सिक्न सक्षम भएजस्तो
महसुस गरेको छु ।’ आइतबार भक्तपुरका विभिन्न मन्दिरहरुको अवलोकन गरेको
तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै सन्नीले ट्विटरमा यस्तो लेखेकी
हुन् ।
खबरका अनुसार उनी आइतबार नै स्वदेश फर्किसकेकी छिन् । उनले शनिबार राति राजधानीको मजोङ क्यासिनोमा आयोजिक बिशेष समारोहमा नृत्य समेत गरेकी थिइन । पतिस्रँगै कार्यक्रममा सहभागी भएकी उनले नेपालीहरुसँग केहिबेर रमाइलो पनि गरेकी थिइन ।

फेरि नेपालभित्र हिन्दी च्यानल र फिल्म रोक

Written By RaAz Shah on Thursday, November 26, 2015 | 6:56 AM

दुई महिनाअघि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपालभित्र हिन्दी च्यानल, फिल्म र मालबहाक गाडी चल्नमा रोक लगाउने निर्णयलाई निरन्तरता दिने भएको छ। बिहीबारदेखि नेपालभरि हिन्दी फिल्म, च्यानल तथा विज्ञापन रोक्ने र भारतीय नम्बरप्लेटका गाडी चल्न रोक लगाउने सो पार्टीले जनाएको छ।
'बिहीबारबाट नेपालमा भारतीय च्यानल, फिल्म तथा विज्ञापन बन्द गराउन सम्बन्धित संस्थाहरुलाई पत्रचार गरिरहेका छौं । त्यस्तै भारतीय नम्बरप्लेटका गाडीहरु नेपालभित्र चल्न समेत रोक लगाउने भएका छौं,' प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने,'नाकाबन्दीका कारण जनजीवन प्रभावित भइरहँदा दुई महिनाअघि गरेको हिन्दी च्यानल, फिल्म र मालबहाक गाडी चल्नमा रोक लगाउने निर्णयलाई निरन्तरता दिएका हौं । त्यसको विकल्पमा नेपाली फिल्म तथा संगीतलाई प्राथमिकतामा राखिएको छ।'
नेपाल हिन्दी फिल्म र च्यानलको ठूलो बजार क्षेत्र हो। संविधान सभाको अत्याधिक बहुमतले संविधान निर्माण गरेपछि आक्रोसित बनेको भारतले नेपालमाथि नाकाबन्दी लगाएको छ। भारतीय हस्तक्षेपका कारण आक्रोसित नेपालीहरुले हिन्दी सिनेमा बहिस्कार गरेर एवं च्यानल बन्द गरेर साथ दिने माओवादी नेता विश्वकर्माले बताए। 

सार्वजनिक भयो 'पशुपति प्रसाद' को ट्रेलर (भिडियोसहित) - Relation FM 88 MHz

Written By RaAz Shah on Wednesday, November 25, 2015 | 8:56 AM

दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म 'पशुपति  प्रसाद'को ट्रेलर सार्वजनिक भएको छ। 

 टुकी अार्ट्स र दीपेन्द्र के खनाल प्राेडक्सनमा बनेकाे यस फिल्म आगामी माघ १५ देखि प्रदर्शनमा आउने छ ।  फिल्मकाे कथा 'टलकजंग भर्सेज टुल्के' का लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।

 फिल्ममा खगेन्द्र लामिछाने, वर्षा सिवाकाेटी, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, सजन रार्इ, विभु विप्सन लगायतले मुख्य भूमिका रहेकाे छ। सोसल ड्रामा श्रेणीकाे यस फिल्मले एउटा पात्रको यात्राको कथा भन्छ।

चलचित्र ‘स्टुडेन्ट’को शुभमुहुर्त

Written By Rijan KC on Wednesday, October 28, 2015 | 7:30 PM

चितवन–
चितवनमा फिल्म तथा मोडलिङमा सक्रिय युवाहरुले फिल्म स्टुडेन्ट बनाउने भएको छ । बिशुद्ध समाजिक कथामा बन्ने फिल्मको बुधबार शिवघाटको मन्दिरमा एक कार्यक्रमका बीच शुभमुहुर्त गरियो । फिल्मका कलाकार तथा प्राविधिकहरुको उपस्थितिमा क्यामेर र स्कृप्ट पुजा गरेर फिल्मको मुहुर्त गरिएको हो ।


शुक्रबारबाट नियमित छयांकन थालिने फिल्मलाई प्रविन्द काफ्ले (नेहाल)ले निर्देशन गर्दैछन । उनले यसअघि ‘द रियल ग्याङस्टार’ निर्देशन गरेका थिए । उक्त फिल्मबाट दर्शकको राम्रो साथ पाएकाले उत्साहित हुँदै नयाँ फिल्म गर्न लागेको उनले बताए । ‘द रियल ग्याङस्टार’मा भएका गल्तीहरु यो फिल्ममा नदोहोरिने उनले बताए । स्टुडेन्टको कथा पनि उनी स्वयमले लेखेका हुन् ।

थुप्रै म्युजिक भिडियो तथा फिल्ममा अभिनय गरिसकेका रमेश बस्नेतसँगै रोहन भण्डारी, शंकर कोइराला, सजिना बस्याल, निरज काफ्ले, बिनय गौतम, बिशाल बस्नेत, सिजन क्षेत्री, सन्दीप क्षेत्री, पिताम्बर चापागाई लगायतको सशक्त अभिनय फिल्ममा रहनेछ । रंग पत्रकार ज्ञानेन्द्र तामाङ पनि फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन । भूमिका निकै सशक्त र महत्वपूर्ण भएकाले अभिनय गर्न लागेको तामाङ बताउछन ।

जानकी फिल्मस र न्यु ह्यान्ड प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको निर्माताहरु जानकी काफ्ले र बिजय राउत हुन । फिल्ममा किसान मगरको सँगीत रहनेछ भने निर्देशक काफ्ले स्व्यमले फिल्म खिच्नेछन । फिल्मको सहायक निर्देशन असिम श्रेष्ठले गर्नेछन । फिल्मले विद्यार्थीमा लागुऔषधले पार्ने प्रभाव र त्यसले समाजमा पुर्याउने असरको कथा देखाउनेछ । 

सापकोटाको तिज गीत अख्तियार र कर्मचारी युनियनले मागे । (भिडियो सहित)

Written By Rijan KC on Thursday, September 3, 2015 | 6:34 AM

कृष्ण आचार्य 
मौलिक सिर्जनाका धनि लोकदोहोरी सर्जक तथा गायक रेशम सापकोटाले यो पटक तिज कोशेली निजामती कर्मचारीहरु सँग सम्बन्धीत रहेको मत हाकिम्नी बजारमा ल्याएका छन । विगत लामो समय देखि तिज गीत प्रस्तुत गर्दै नेपाली लोक प्रेमी स्रोता तथा दर्शकको मन जित्न सफल सर्जक सापकोटाले यो पटक सरकारी कर्मचारीको परिवारमा भएको कुरालाई मार्मिक रुपमा प्रस्तुत गरेका छन । एउटा इमान्दार जनताको सेवक र अलि तडक भडक देखाउने उनकी श्रीमती र समाज विचको रमाईलो विषय बस्तु बनाएको सो गित आज सम्म एक लाख २७ हजार भन्दा धेरै दर्शकले हेरेका छन भने प्रतिक्रिया पनि राम्रो दिएका छन साथै नेपालका धेरै मिडियाहरुबाट पनि राम्रो स्थान पाएको छ गीतले । देश विकास गर्नको लागि असल र इमान्दा कर्मचारी आवश्यक पर्ने भएको हुँदा सबैलाई असल र इमान्दार बन्न प्रेणा मिलोस भन्ने हेतुले गीत बनाएको सर्जक सापकोटाले बताउनुभयो । साथै गीतको मर्म राम्रो भएकै कारणले अख्तियारी र कर्मचारी युनियनहरुले समेत गितको कपि मागेको सापकाटाले जानकारी दिनुभयो । सन्देशमुलक र इमान्दार कर्मचारीको विषयबस्तु समेटिएको हुनाले गीत सबैले रुचाएको उहाँको भनाइ छ । अख्तियार र कर्मचारी युनियनले पनि सबैमा राम्रो सन्देश दिनको लागि गीत मागेको हुन सक्ने उहाँको भनाइ छ । पारीवारीक विषय बस्तुमा तयार पारीएका यस अगाडिका गितबाट पनि सापकोटाले राम्रो प्रतिक्रिया पाँउदै आएका छन । तरेशली संगीत कुञ्जको प्रस्तुती रहेको सो गित रेशम सापकोटाले लय तथा शव्द सिर्जना गरेका हुन भने आवाज रेशमा सापकोटा, राधिका हमाल र जुना श्रीसले दिएका छन । उनको पछिल्लो गितको पनि हाम्रो तर्फबाट सफलताको शुभकामना । 

रेशम सापटकोटाले सिर्जना गरेको स्रोता तथा दर्शकले अत्यधिक मन पराएको गितको म्युजिक भिडियो । 

नेपाली गीतले सफलता पाएका भारतीय गायक

Written By Unknown on Wednesday, September 2, 2015 | 11:25 PM

भदौ १७ 
बलिउड चलचित्रमा पाश्र्व गायकको रुपमा डेब्यू गर्न लागेका जोहान दारुवाला अहिले नेपाली चलचित्र ‘भैरव’को गीतबाट सफलता पाइरहेका छन् । ‘दिलको मामला’ र ‘नाच भैरे नाच’ बोलको गीतबाट चर्चामा आएका दारुवाला मुम्बइमा बस्छन् । दोश्रो पटक नेपाल आएका उनले ‘दिलको मामला’ बोलको गीत गाउनका लागि खुबै मिहिनेत पनि गरेको बताए । नेपाली बोल्न खुबै गाह्रो भएकाले आफूलाई सुरुवातमा गीत गाउन गाह्रो भएको उनको भनाई छ । तर, संगीतकार सुरेश अधिकारीले एकएक शब्दको अर्थ बताएपछि आफूलाई केही सजिलो भएको उनको भनाई छ । सुरुमा ‘दिलको मामला’ बोलको गीत गाएपनि पछि यो गीत राम्रो भएपछि ‘नाच भैरे’ पनि गाएको उनको अनुभव छ । उनले आफूले गाएको गीत पर्दामा हेर्दा पनि खुबै मन परेको बताए । यो गीत हेरेपछि आफूलाई मुस्ताङ घुम्न जान मन लागेको अनुभव सुनाए । ५ बर्षको उमेरदेखि नै गाउन सुरु गरेका जोहानले अल इन्डिया म्यूजिक टुर पनि गरिसकेका छन् । उनले हालैमात्र योङ् एचिभमेन्ट अवार्ड पनि पाएको बताए । रिलायन्स कम्पनीसँग उनले आफ्नो संझौता पनि भैसकेको खुलाए । आफूले हिन्दी गीतको रेकर्ड पनि गराइसकेको बताउँदै चाडै नै बजारमा ल्याउने उनले बताए । नेपाली चलचित्रका निर्माताबाट आफूलाई अफर आएको बताउँदै उनले सधै नेपाली चलचित्रका गीत गाउने प्रतिबद्धता व्यक्त गरे । जोहानले आफू गायक सोनु निगमबाट प्रभावित भएको पनि खुलाएका छन् ।

शाहरुख र सलमानले अभिनय थाल्दा यी नायिका कोक्रामै थिए

भदौ १७ 
बलिउडमा शाहरुख खान, सलमान खानलाई अहिले पनि चर्चित र सफल नायकका रुपमा लिइन्छ । बक्स अफिसुमा यी दुबैले अभिनय गरेका चलचित्रले राम्रो व्यापार गरिरहेको पाइन्छ । उमेरले पाँच दशक लागेका यी नायकले बलिउडमा आफ्नो अभिनय यात्रा थाल्दा अहिलेका चर्चित कतिपय नायिका कोक्रामै खेल्दै गरेका थिए भने कतिपयको त जन्मसमेत भएको थिएन । जबकी तिनै नायिकासँग शाहरुख र सलमानले चलचित्रमा जोडीदार भूमिका निर्वाह गरेका छन् । शाहरुख खानले आफ्नो अभिनय यात्रा सन् १९९८ मा टेलिभिजन धारावाहिक ‘फौजी’ बाट गरेका थिए । त्यतिबेला उनको उमेर २२ वर्षको थियो । शाहरुखसँगै चलचित्र ‘जब तक हे जान’ मा अभिनय गरेकी नायिका कट्रिना क्याफ ५ वर्षकी हुँदा शाहरुखले अभिनय यात्रा सुरु गरेका थिए । त्यतिबेला दीपिका पादुकोण केवल दुई वर्षकी थिइन् भने अनुष्का शर्माको जन्म सोही वर्ष भएको हो । शाहरुखले दीपिकासँग अभिनय गरेको चेन्नई एक्सप्रेस तथा अनुष्कासँग अभिनय गरेको रब ने बनादी जोडी बलिउडमा सफल चलचित्र नै मानिन्छ । त्यस्तै शाहरुखले अभिनय थालेको पाँच वर्षपछि आलिया भट्टको जन्म भएको थियो । जबकी शाहरुख र आलिया पनि चाँडै एउटा चलचित्रमा जोडीका रुपमा देखा पर्दैछन् ।सलमान खानले सन् १९८८ मा अभिनय यात्रा थालेका हुन् । ‘बजरंगी भाइजान’मा सलमानसँगै अभिनय गरेकी करिना कपुर सन् १९८८मा सलमानले ‘बीबी हो तो ऐसी’ चलचित्रमार्फत अभिनय यात्रा थाल्दा केवल पाँच वर्षकी थिइन् भने ‘किक’ मा सलमानकै अपोजिट भूमिका निर्वाह गरेकी ज्याक्लिन तीन वर्षकी थिइन् ।



एल्बम सार्वजनिक नहुदै भिडियो लोकप्रिय भए पछि बराल दंग

लमजुङका उदयीमान गीतकार किरण वरालको पहिलो आधुनिक गीतहरुको संग्रह ‘सार्थक’ सार्वजनिक भइनसके पनि यस भित्र समेटीएको ‘तिमी संग नजिक भएर…’ बोलको गीतको म्युजिक भिडियो टेलिभिजन तथा यु ट्युबमा सार्वजनिक भए लगत्तै संगीतप्रेमी दर्शकहरुले निकै मन पराएका छन् । अहिलेका चर्चित र लोकप्रिय गायक स्वरुपराज आचार्यको जादु भरिएको स्वरले सजिएको बरालको उक्त गीतमा सयौं लोकप्रिय गीतमा आफ्नो समुधुर संगीत दिन सफल भएका बीबी अनुरागीले संगीत भर्नु भएको छ, । बरालको गीत कुनै प्रयोगबादी गीत नभएर नेपाली सुगम संगीतको मुलधारको नया“ स्वाद मात्र भएको बताउने गीतकार बराल आफ्नो एल्बमको भिडियो तयार भई सार्वजनिक हुनु अगावै श्रोता दर्शकले अत्यधिक मन पराइदिए पछि दंग पर्नु भएको छ । एउटै गीत इन्टरनेटमा हिट भए पछि एल्बमका सबै गीतलाई छायांकन गर्न हौसला मिलेको बरालले बताउनुभयो । मायाको गहिराईलाई ननापी सतही ढंगबाट रुप र यौवनलाई मात्रै माया हो भनेर भौतिक गुणमा आकर्षित हु“दा यथास्थितीमा चलिरहेको जीवन कति सम्म बर्बाद हुन्छ भन्ने कुरालाई भिडियोले कलात्मक ढंगबाट प्रस्तुत गरेको छ । माया भन्दा रुप र यौवन प्रधान हु“दै गइरहेको वर्तमान समयको सत्यतालाई यस भिडियो मार्फत देखाउन खोजीएको छ । यस गीतको भिडियोमा अहिलेका ब्यस्त मोडल निराजन प्रधान र बेनिसा हमालले अभिनय गरेका छन् । भिडियोमा हरि हुंमागाईको छाया“कन र निसान घिमिरेको सम्पादन छ । भिडियोमा गीतको भाव अनुसारको बिषयबस्तुलाई समेत निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको निर्देशक बिशाल भण्डारीले जानकारी दिनुभयो । एसिएन म्युजिकले बजारमा ल्याउन लागेको उक्त एल्बम छिट्टै सार्वजनिक हुने गीतकार वरालले जानकारी दिनु भएको छ । उक्त एल्बममा स्वरुपराज आचार्य लगायत अहिलेका चर्चित सांगितिक हस्तीहरु शिशिर योगी, अन्जु पन्त, दिनेश गौतम, बिमल पराजुलीको सुमधुर स्वर समेटीएको छ भने संगीत बि.बि अनुरागी, दिपक सर्मा, शिशिर योगी, पुस्तक प्रसाद र बिमल पराजुलीको छ । एल्बम सार्थक भित्र समेटीएका सबै गीतमा सर्जक किरण वरालले शब्द रचना गर्नु भएको हो ।
प्रेम र बिछोडको बिषयमात्र नभएर यस एल्बममा कर्णालीका जनताहरुको दुख पिडालाई सरकारले सम्बोधन गर्न नसकेको कुरालाई समेत बजोड ढंगले प्रस्तुत गरिएको ‘डोल्पाले चामल पा छैन’ बोलको गीत पनि समेटिएको छ जसमा शिशिर योगीको स्वर एबम संगीत रहेको छ । त्यस्तै यस एल्बममा पुस्तक प्रसादको संगीत र दिनेस गौतमको स्वरमा रहेको एउटा गजल समेत समाबेश गरिएको छ । सर्जक किरण वरालकी स्वर्गीय आमा राधा वरालको स्मृतीमा बजारमा आउन लागेको यस एल्बमका सम्पूर्ण गीतहरुको रेकर्डिङ लगायतका प्राबिधिक कामहरु पुरा भइसकेको र छिट्टै नै एल्बम सार्वजनिक गरिने बताइएको छ  ।


भिडियो हेर्नुहोस
तिमीसंग .....  


डोल्पाले चामल ....

२ दिनमै भैरवलाई एक करोड : बन्द नभए ईतिहास रच्ने थियो

Written By Rijan KC on Saturday, August 29, 2015 | 6:56 PM

भैरव फिल्म मार्फत निखिल उप्रेतीले आफ्नो स्टारडम फर्काउदै पुनः स्टार पावर देखाएका छन् । कडा बन्दको बाबजुत पनि भैरवले मोफसलका १३ वटा पर्दामा प्रसंसनीय कारोबार गरेको छ भने राजधानीका उच्चकोटीका थिएटर बाहेक सवै स्क्रिनमा एक्सिलेन्ट पफर्मेन्स देखाएको छ । रिपोर्ट अनुसार भैरवले रिलिजको पहिलो दिन राजधानी र मोफसल गरी कूल ३२ लाख ८ हजार ३ सय २१ रुपैयाँको कारोवार गर्यो भने शनिबार मात्रै ७२ लाख ३८ हजारको ग्रस कारोवार गर्दै दुई दिनमा १ करोड ४ लाख ४६ हजार ३ सय २१ रुपैयाँको ब्यापार गरेको छ । यो ब्यापार सोचे भन्दा धेरै माथि रहेको वितरकहरुले जनाएका छन् । वितरक एवं हल ब्यावसायीहरुले तराईमा बन्दका प्रभाव नभएको भए भैरवले हालसम्मका सवै रेकडलाई पछि पार्ने थियो । तराई बन्दका वावजुत शुक्रबार मोफसलका १० कम थिएटरमा भैरवले ७ लाख ५० हजारको राउन्ड फिगर कलेक्सन गरेको थियो भने राजधानीका करिब २४ थिएटरबाट २४ लाख ५८ हजार ३ सय २१ रुपैयाँ कलेक्सन गरेको थियो । 

यस्तै शनिबार मोफसलका १३ वटा थिएटरमा १६ लाख ५० हजारको ग्रस कलेक्सन छ भने राजधानीमा ५५ लाख ८८ हजारको कूल कारोवार भएको छ । राजधानी पश्चात मोफसलको नारायणघाट स्थित तीन वटा हलमा एकै दिन शतप्रतिशत ब्यापार गर्दै ईतिहास समेत रचेको छ भैरवले । हल सञ्चालकका अनुसार नारायणघाटमा एउटा नेपाली फिल्म तीन वटा थिएटरमा एकै पटक लाग्ने गरेको थिएन तर यस पटक ईतिहास रच्दै भैरवले डि.सि.एन. जल्मा , गणेश र इन्द्रदेव हलमा शतप्रतिशत अकुपेन्सी कायम गरेको छ । भैरव निखिल उप्रेतीको आफ्नै निर्माण एवं निर्देशनमा बनेको फिल्म हो जसको ट्रेलर सार्वजनिक हुना साथ यस फिल्मले आक्रमक कलेक्सन गर्ने अनुमान फिल्म बृत्तमा चलेको थियो । पछिल्लो हप्ता रिलिज भएको होस्टेल रिर्टन्स् ले एक हप्तामा २ करोडको कारोवार गर्दै फिल्म उद्योगमा ब्यापारको माहोलमा सुरु गरेको थियो भने यसै हप्ता भैरवका साथ रेशम फिलिलीले पनि आफ्नो पुनः प्रर्दशन आरम्भ गर्दै राम्रै ब्यापार गर्न सफल भएको छ ।

मैले अहिेलेसम्म ब्लु फिल्म हेरेकी छैन- गायिका ज्योती मगर

Written By Unknown on Thursday, August 13, 2015 | 3:50 AM

लोकगायिका तथा मोडल ज्योती मगरले आफूले आफूले अहिले सम्म ब्लु फिल्म नरहेको र कस्तो हुन्छ थाहा समेत नभएको दाबी गरेकी छिन्। फेसबुकमा लोकगायक तथा कार्यक्रम प्रस्तोता रामप्रसाद खनालले उनलाई ब्लु फिल्म खेल्न सल्लाह दिएपछि उनका बारेमा अनेका टिका टिप्पणी थिए भने अनलाइन सञ्चारमाध्यमहरुले यसलाइ प्राथमिकताका साथ प्रकाशति गरेका थिए। यही प्रसंगमा उनको यस्तो प्रतिक्रिया आएको हो। आफुलाइ सार्वजनिक रुपमा ब्लु फिल्म खेल्न सुझाव दिएका रामप्रसाद विरुद्ध कस्तो कदम चाल्ने सोच्नै पर्ने भएको ज्योतिले बताएकी छिन्। यसबारेमा केही दिनमै आफ्नो भनाइ राख्ने उनले बताइन। उनले भनिन्, ‘पहिला रामप्रसादले खेलेर देखाउन अनि म नि सोचौला’। उनको प्रतिप्रश्न थियो(बुबाको उमेरका रामप्रसादले ले छोरीलाई यस्तै भन्न मिल्छ रु फेसबुकमा ज्योतिमाथी हातपात भएको हल्ला चल्दै जाँदा आफुमाथी त्यस्तो केही घटना नभएको ज्योतिले बताएकी छिन।
पछिल्लो समय सार्वजनिक भएको गीत ढाडेबिरालो उनको प्रस्ततुी अश्लिल देखिएको भन्दै आलोचना गरिएको छ।

लभसब’का हिरो सलोन चितवनमा व्यस्त

Written By Unknown on Monday, August 10, 2015 | 5:15 AM

चितवन
आउँदो भाद्र २५ गते देशब्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लभ सब’ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । प्रचारप्रसारकै सिलसिलामा फिल्मको मुख्य हिरो सलोन बस्नेत यतिबेला चितवनमा छन । उनले यहाँको विभिन्न स्कूल कलेज तथा सञ्चारमाध्यममा पुगी फिल्मको बारेमा जानकारी दिइरहेका छन् । फिल्मको बारेमा जानकारी दिने उद्देश्यले नारायणगढमा पत्रकार सम्मेलन समेत गरिएको थियो । पत्रकार सम्मेलनमा सलोनले पत्रकारहरुको जिज्ञासा मेटाएका थिए । उनीसँगै रहेका निर्देशक शोभित बस्नेतले पनि फिल्मको बारेमा केहि बोले । पत्रकारहरुमाझ बोल्दै सलोनले लभसब त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको बताउदै हरेकको जीवनमा मेल खाने दृश्यहरु फिल्ममा रहेको बताए । फिल्ममा आफुले एउटा टोले डनको भुमिका निभाएको उनले बताए । उनले मायाले कसलाई कहाँसम्म प्रभाव पार्न सक्छ भन्ने देखाइएको बताए । फिल्ममा हास्यरस पनि भएकाले सबैले मनोरञ्जन पाउने उनले दाबी गरे । फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन । सुशिल पोखरेल र नरेन्द्र महर्जन निर्माता रहेको फिल्ममा सलोनसँगै संयम पुरी, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी, केके अधिकारी लगायतको अभिनय रहेको छ । फिल्मलाई कृष्ण श्रेष्ठले खिचेका हुन ।

जन्मदिनमा लोक गायक राजु परियारको खोजी (भिडियो सहित)

Written By Rijan KC on Friday, August 7, 2015 | 6:12 AM

नेपाली लोकसंगीतका सर्वाधिक सफल गायक हुन राजु परियार । आज उनको जन्मदिन तर धेरैलाई अत्तोपत्तो छैन उनि कहाँ छन् । केहि दिन अघि लमजुङमा भुकम्प पिडितलाई सघाउदै छन् भन्ने खवर बाहिर आएको थियो । तर नेपाली गीतसंगीतको इतिहासमा सवै भन्दा धेरै गीत गाएका परियार अहिले सांगीतिक क्षेत्रमा गुमनाम जस्तै छन् । राजु परियारले झण्डै दश हजार लोक तथा दोहोरी गीत गाएका छन् । उनले गाएका धेरै गीतले बाजी मारेका छन् । ‘गड गिफ्ट’ स्वरले परिचित राजु परियार पछिल्लो तीन चार बर्षदेखि सांगीतिक क्षेत्रमा त्यति सक्रिय छैनन् । लम्जुङ्ग स्थायी घर भएका परियारको अहिले बसोबास कहां छ रु के गर्दै छन् ? किन गाउने छाडे गीत ? भन्ने प्रश्न उनका शुभेच्छुक र स्वयं कलाकारले गर्न थालेका छन् । काठमाण्डूमा झण्डै आधा दर्जन रेकडिङ्ग स्टुडियोले लोकगीत धेरै रेकर्ड गर्छन् । तर ती स्टुडियोमा राजु परियार नपुगेको धेरै भयो । लोक दोहारीलाई व्यवसायीक बनाउनमा राजुको स्वरलाई पनि ‘जस’ दिने गरिएको छ । गीतको मर्म नबिग्रने गरि गीत गाउने सफल गायकको कोटीमा राजु पर्छन् । पछिल्लो समयमा घरायशी समस्याले बिछिप्त भएका राजु अहिले पोखरा बस्ने हल्ला छ । अहिलेका चर्चित रचनाकार र संगीतकार उनको आवाजमा गीत रेकर्ड गर्न इच्छुक छन तर राजु नै गायब जस्तै छन् । उनको फेरि आगमन होस,उनको आवाज फेरि सुन्न पाइयोस । राजु परियारलाई जन्मदिनको शुभकामना !!!

हेर्नुहोस राजुकै आवाजमा रहेको पछिल्लो हिट गीत ‘फुलमा मौरि डुल्ने बेलामा’ :

शाहरुख र सलमान एउटै चलचित्रमा देखिने

Written By Unknown on Wednesday, August 5, 2015 | 3:02 AM

बलिउडका चर्चित दुई खानलाई एउटै चलचित्रमा देख्ने दर्शकको चाहना पुरा हुने भएको छ । व्यक्तिगत सम्बन्धका कारण दुई खानलाई एउटै चलचित्रमा खेलाउन असजिलो भएको थियो । यो अप्ठ्यारो यस राज फिल्मसका आदित्य चोपडाले  तोडेका छन् । करन–अर्जुनमा सँगै काम गरेर दर्शकको मन जितेका शाहरुख र सलमानलाई एउटै चलचित्रमा अभिनय गर्न मनाउन  चोपडा सफल भएका हुन् । शाहरुख र सलमानलेसँगै अभिनय गर्ने चलचित्रको निर्देशन आदित्यले नै गर्ने तयारी छ । दुई खान अभिनित चलचित्र सन् २०१६ को अन्त्यसम्ममा तयार हुने जनाइएको छ । शाहरुखलाई पहिले नै चलचित्रमा लिने पक्का भएको र उनको साथमा रणविर सिंहलाई अभिनय गराउने तयारीएको थियो । तर शाहरुख र सलमानलाई एकसाथ अभिनय गराउँदा बक्स अफिसमा चलचित्रले राम्रो गर्ने अपेक्षा सहित आदित्यले सलमानलाई चलचित्रमा अभिनय गर्न मनाएका हुन् । चलचित्रको स्कृप्ट तयार भैसकेको छ । यसलाई दुवै खानले मन पराएका छन् । अभिनेत्री भने तय भैसकेको छैन । चलचित्रका बारेमा विस्तृत जानकारी अहिले दिएको छैन । शाहरुख र सलमान पछिल्लो पटक सन् २००२ मा चलचित्र हम तम्हारे है सनमामा देखिएका थिए ।

यस्तो बन्यो पूर्वी चितवनमा संचालित रिलेशन एफएमको स्टेशन आइडी

Written By Rijan KC on Tuesday, June 16, 2015 | 7:08 AM

एफ.एम.हरुको भिडमा एउटा नयाँ लक्ष्य र उत्साह बोकेर हालसालै  मात्रै पूर्वी चितवनको रत्ननगर-१ सौराहाचोकमा संचालनमा आएको रिलेशन एफ.एम. ८८ मेगाहर्जको स्टेशन आइडी सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगितमा अन्जु पन्त र सुगम पोखरेलद्वारा आवाजबद्ध आइडीमा “एक्लै हुँदा या भिडमा हुँदा सधैंको मेरो साथि, मेरो लागि रिलेशननै सबैभन्दा माथि” बोलको एफ.एम.को नामको चर्चा सहितको सोलोगन समावेश छ । 


 अडियो सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोस:


Puja Saving & Credit Co-operative Ltd.
 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC