भदौ १४
इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती सम्पन्न खेलहरुमा स्वान्सी सिटी र साउथह्याम्पटन विजयी भएका छन् ।स्वान्सी सिटीले उपाधि दावेदारमध्येको एक म्यान्चेस्टर युनाईटेडलाई २,१ ले हराएको हो । खेलमा स्वान्सीलाई विजयी गराउन आन्द्रे आयु र बाफेटिम्बी गोमेसले एक एक गोल गरे । म्यान्चेस्टर युनाईटेडका लागि भने हुँवा माटाले एक गोल गरेका थिए प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको अर्को खेलमा साउथह्याम्पटनले नर्वीच सिटीलाई ३,० ले हराएको छ । खेलमा साउथह्याम्पटनलाई विजयी गराउन डुसान टाडिचले दुई गोल गरेभने ग्रेजियानो पेलेले एक गोल थपे ।
Post a Comment