भुटानःदोश्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप तथा प्रथम अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालकी पार्वती गुरुङ उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपालबाट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका नोर्बु लामाले जनाए अनुसार पार्वतीले सिनियर महिलाको ५३ केजीमुनि स्वर्ण तथा सिनियर पेयर पुम्सेमा रजत जितिन् । पेयर पुम्सेमा पार्वतीले शिशिर श्रेष्ठसंग मिलेर रजत जितेकी हुन् । त्यस्तै सिनियर महिलाको ४६ केजीमुनि एन्जिला योञ्जन पनि स्वर्ण जित्न सफल भइन् । सिनियरमै महिला ४९ केजीमुनि सुस्मिता थापाले कांस्य तथा पुरुष ५६ केजीमुनि शिशिर श्रेष्ठले रजत र ७२ केजीमुनि अर्जुन क्षेत्रीले कांस्य हात पारे । जुनियर महिलाको ३१ केजीमुनि सुप्रिया तिमिल्सनाले रजत र ३४ केजीमुनि सितुसिंह मास्केले कांस्य हात पारे । जुनियर येल्लो बेल्ट पुम्सेमा सीतुले रजत तथा सुप्रियाले कांस्य जिते । प्रतियोगिता भुटानको थिम्पुमा मे २० देखि २२ तारिखसम्म सञ्चालन भएको थियो ।
Latest Updates!
Showing posts with label Sports News. Show all posts
Showing posts with label Sports News. Show all posts
भुटानमा नेपाली खेलाडी भए उत्कृष्ट
Written By RaAz Shah on Monday, May 23, 2016 | 8:00 AM
Labels:
International,
National News,
Papers,
Sports News
चितवनका किरण श्रेष्ठलाई अन्र्तराष्ट्रिय पदक
Written By RaAz Shah on Sunday, March 6, 2016 | 6:10 AM
lrtjgsf t]SjfGbf]
v]nf8L ls/0f >]i7n] t]SjfGbf]df cGt{/fli6«o kbs lht]sf 5g . 6k dfp06]g
t]SjfGbf] dxf;+3 xªsªn] cfof]hgf u/]sf] ;ftf}+ cGt{/fli6«o k'D;] t]SjfGbf]
k|ltof]lutfdf lrgsf v]nf8L lrªr'ªnfO{ kl5 kfb}}}{ >]i7n] :j0f{ kbs lhNg ;kmn
ePsf x'g . t]>f] r/0f ;Dd nuftf/ hLt xft kf/]sf >]i7n] kmfO{gn v]ndf klg
lrªr'ªnfO{ ;lhn} kl5 kf/]sf lyP . k|ltof]lutfdf $ :j0f{,! /ht kbs ;lxt g]kfn
l6d k|yd ePsf] g]kfnjf6 l6dsf]
g]t[Tj u/]/ xªsª uPsf dgf]h v8\sLn] hfgsf/L lbg'eof] . k|ltof]lutfdf lrtjgsf >]i7 ;lxt sf7df8f}+sL d]ln;f v8\sL,sf7df8f}+s} aAn' l;jfsf]6L,l;/fxfsf /fhg e08f/L / ;Nofgsf uf]kfn e08f/Ln] /ht kbs lht]sf] 6k dfp06]g t]SjfGbf] dxf;+3 xªsªsf ;+:yfks cWoIf df:6/ u0f]z axfb'/ u'?ªn] hfgsf/L lbg'eof] . To;}u/L dxf;+3sf ;+:yfks cWoIf u'?ªn] lrq;f/L t]SjfGbf] 8f]hfª / 6k dfp06]g t]SjfGbf] 8f]hfªsf k|d'v ;d]t /x]sf cGt{/fli6«o k|lzIfs ls/0f >]i7nfO{ &% xhf/ a/fj/sf] v]ns'b ;fdfu|L ;d]t ;xof]u ug'{ePsf] lyof] .
g]t[Tj u/]/ xªsª uPsf dgf]h v8\sLn] hfgsf/L lbg'eof] . k|ltof]lutfdf lrtjgsf >]i7 ;lxt sf7df8f}+sL d]ln;f v8\sL,sf7df8f}+s} aAn' l;jfsf]6L,l;/fxfsf /fhg e08f/L / ;Nofgsf uf]kfn e08f/Ln] /ht kbs lht]sf] 6k dfp06]g t]SjfGbf] dxf;+3 xªsªsf ;+:yfks cWoIf df:6/ u0f]z axfb'/ u'?ªn] hfgsf/L lbg'eof] . To;}u/L dxf;+3sf ;+:yfks cWoIf u'?ªn] lrq;f/L t]SjfGbf] 8f]hfª / 6k dfp06]g t]SjfGbf] 8f]hfªsf k|d'v ;d]t /x]sf cGt{/fli6«o k|lzIfs ls/0f >]i7nfO{ &% xhf/ a/fj/sf] v]ns'b ;fdfu|L ;d]t ;xof]u ug'{ePsf] lyof] .
Labels:
Sports News
२३ वर्षपछि नेपालले अन्तराष्ट्रिय फुटबलको उपाधि जित्यो
Written By Rijan KC on Friday, January 22, 2016 | 5:06 AM

Labels:
Sports News
एएफसी–१६ फुटबलमा नेपालले आज कीर्गिस्तानसँग खेल्ने
Written By Unknown on Thursday, September 17, 2015 | 8:06 PM

Labels:
Sports News
मनाङ मर्स्याङ्दी र थ्रिस्टार क्लव आज भिड्ने
रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज हुने खेलमा मनाङ मर्स्याङ्दी क्लव र थ्रिस्टार क्लव भिड्नेछन् । नेपाली फुटबलका दुई सदाबाहार प्रतिद्वन्द्वी थ्रि स्टार र मनाङ मर्स्याङ्दीबीचको यो भिडन्तलाई जारी प्रतियोगिताकै बहुप्रतिक्षित भिडन्तको रुपमा हेरीएको छ । लिगको अंक तालिकामा थ्रि स्टार क्लव दोस्रो तथा मनाङ मस्र्याग्दी चौथो स्थानमा छ । ९ खेलबाट १७ अंकका साथ झापा ११ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । उता, नेपाल पुलिस क्लब माथी ३–० को सहज जित निकाल्दै त्रिभुबन आर्मी क्लब रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छ । सातदोवाटोस्थित एन्फा कम्लेक्सको मैदानमा बिहीबार सम्पन्न खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेपछि आर्मी क्लव ३–० ले विजयी भयो ।
Labels:
Sports News
चेल्सी विजयी , बार्सिलोना र रोमा बराबरीमा सीमित
Written By Unknown on Wednesday, September 16, 2015 | 10:11 PM
युरोपियन क्लब फुटबलको बहुचर्चित प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा इङ्गलिश क्लब चेल्सी विजयी हुँदा आर्सनल पराजित भएको छ । समुह जी को पहिलो खेलमा चेल्सीले इजरायलको मकाबी तेल अभिभलाई ४–० ले पराजित र्गयो । यही समुहको अर्को खेलमा युक्रेनको डाईनामो किभ र पोर्चुगलको एफसी पोर्टोले २–२ गोलको बराबरी खेलेका छन् । उता समुह एफ को खेलमा इङ्गलिश क्लब आर्सनललाई क्रोएशियाको डाईनामो जाग्रेबले २–१ ले पराजित गरेको छ । यही समुहको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले ग्रीसको ओलम्पियाकोसलाई ३–० ले हरायो । समुह इ अन्तर्गतको खेलमा उपाधि दाबेदार बार्सिलोनालाई इटालीको एएस रोमाले १÷१ गोलको बराबरीमा रोकेको छ । यही समुहको अर्को खेलमा जर्मनीको बायर लिभरकुजेनले बेलारुसको बाते बोरीसोभलाई ४÷१ ले हरायो । समुह एच को खेलमा रुसको जेनिथले स्पेनको भ्यालेन्सियालाई ३÷२ ले हराउँदा बेल्जियमको गेन्ट र फ्रान्सको लियोंले १÷१ गोलको बराबरी खेलेका छन् ।
Labels:
Sports News
आज आर्मी र पुलिस भिड्ने
रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा बिहीबार दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्दैछन् । खेल ललितपुरको सातदोवाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ । जारी लिगमा आफ्नो स्वाभाविक लय भेटाउन नसकेका यी दुई शीर्ष क्लबबीचको भिडन्त निकै रोचक हुने धेरैको अनुमान छ । उता, सुदूरपश्चिमाञ्चल फुटबल क्लव कैलालीले जारी लिगमा दोस्रो जित हासिल गरेको छ । हिजो भएको खेलमा सुदूरपश्चिमाञ्चलले रुपन्देहीको जगदम्बा लुम्बिनीलाई ३–१ ले हराउँदै दोस्रो जितसहित अंक तालिकामा सुधार गरेको हो । जितसँगै सुदूरपश्चिमाञ्चल ९ खेलबाट १० अंकसहित छैटौं स्थानमा उक्लिएको छ । लुम्बिनी भने ९ खेलबाट ४ अंकका साथ तालिकाको पुछारमा छ । हिजो भएको अर्को खेलमा मोरङ फुटबल टिमले शीर्ष स्थानको झापा ११ सँग गोलरहित बराबरी खेलेको छ । यो बराबरीसँगै झापा ९ खेलबाट १७ अंकका साथ शीर्ष स्थानमा कायमै रहँदा मोरङ ८ खेलबाट ४ अंकका साथ आठौं स्थानमा रहेको छ ।
Labels:
Sports News
जोकोभिचलाई युएस ओपन
Written By Unknown on Sunday, September 13, 2015 | 8:25 PM
वर्षको अन्तिम ग्रान्ड स्लाम ‘युएस ओपन’ टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको उपाधि विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले हासिल गरेका छन् । सर्बियाका जोकोभिचले विश्व नम्बर २ फेडेररलाई ३–१ सेटमा पराजित गरेका हुन् । स्विटजरल्याण्ड फेडेररलाई पराजित गर्ने क्रममा जोकोभिचले ६–४, ५–७, ६–४ र ६–४ को नतिजा निकालेका थिए । जोकोभिचको यो दशौं ग्राण्ड स्लाम हो भने युएस ओपन उपाधि दोस्रो पटक हासिल गरेका हुन् । जोकोभिचले यसै वर्षको विम्बल्डन फाइनलमा पनि फेडेररलाई पराजित गरेका थिए ।
Labels:
Sports News
युएस ओपनको महिला एकलको उपाधि पेनेटालाई
Written By Unknown on Saturday, September 12, 2015 | 7:54 PM

Labels:
Sports News
म्यान्चेस्टर युनाइटेडसँग लिभरपुल स्तब्ध
इंग्लीश प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई ३÷१ ले राजित गरेको छ । म्यान्चेस्टर युनाईटेडका लागि नयाँ खेलाडी एन्टोनी मार्सलले डेब्यु खेलमै गोल गर्दा डेली ब्लाईण्ड र एण्डर हरेराले पनि एक–एक गोल गरे । लिभरपुलका बेन्टेकेले एक गोल फर्काएका थिए । लिगमा उत्कृष्ट सुरुवात गरेको म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गर्दा आर्सनलले स्टोक सिटीलाई २–० ले पन्छायो । गएरातिका अन्य खेलहरुमा नर्वीच सिटीले बर्नमाउथलाई ३–१ ले हराँउदा वाट्फोर्डले स्वान्सी सिटीलाई १–० ले पराजित र्गयो । वेष्ट ब्रोम र साउथह्याम्पटनले भने गोलरहित बराबरीमा चित्त बुझाए । गएरातिका खेलहरुपछि इंग्लीश प्रियिमर लिग फुटबलको अंक तालिकामा ५ खेलबाट १५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १०÷१० अंक जोडेका म्यान्चेष्टर युनाईटेड र आर्सनल क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानको क्रिष्टल प्यालेसको ९ अंक छ भने ८ अंक जोडेको एभर्टन पाँचौ स्थानमा छ ।
Labels:
Sports News
वर्षाले युएस ओपनको महिला एकलतर्फका सेमीफाइनल खेल स्थगित
Written By Unknown on Thursday, September 10, 2015 | 8:29 PM
वर्षको अन्तिम ‘ग्रान्ड स्लाम’ युएस ओपन टेनिसअन्तर्गत महिला एकलतर्फका सेमीफाइनल खेल वर्षाले अबरुद्ध भएका छन् । न्यूयोर्कको फल्सीङ मिडोजमा जारी प्रतियोगितामा महिला एकलका सेमीफाइनल खेलहरु हिजो हुने तालिका थियो तर भारी वर्षा हुने प्रक्षेपण गरिएपछि खेल आजका लागि सारिएको हो । आज साँझ हुने खेलमा अमेरिकाकी सेरेना विलियम्स र ईटालीकी रोबर्टा भिन्ची तथा रोमानियाकी सिमोना हालेप र ईटालीकी पेनेटा भिड्नेछन् । अमेरिकाकी विलियम्स यो वर्षका सबै चार ग्रान्ड स्लाम जित्ने अभियानमा छिन् । यसैगरी युएस ओपन टेनिसको पुरुष एकलतर्फका सेमिफाइनल खेलहरु पनि आजै हुनेछन् । पुरुष एकलतर्फ स्विट्जरल्याण्डका रोजर फेडेरर र स्टानिस्लास वावरीङ्का तथा सर्वियाका नोभाक जोकोभिच र क्रोएशियाका मारीन सिलिच भिड्नेछन् ।
Labels:
Sports News
अष्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड ९३ रनले
Written By Unknown on Tuesday, September 8, 2015 | 8:01 PM
तेस्रो एक दिवसीय क्रिकेट खेलमा अष्ट्रेलियालाई हराउँदै घरेलु टोली इङ्ल्यान्ड ५ खेलको शृङ्खलामा फर्किएको छ । ओल्ड ट्राफोर्डमा हिजो भएको खेलमा इङ्ल्यान्ड ९३ रनले विजयी भयो । खेलमा पहिले व्याटिङ गरेको इङ्ल्यान्डले निर्र्धा्रिरत ५० ओभरमा ८ विकेट गुमाएर ३ सय रन बनायो । इङ्ल्यान्डका लागि जेम्स टेलरले करियरकै पहिलो शतक बनाए भने जेसन रो
यले ६३ तथा ईओन मोर्गानले ६२ रनको योगदान दिए । जवाफमा ३ सय १ रनको लक्ष्य पछ्याएको पाहुना टोली अष्ट्रेलिया ४४ ओभरमा २ सय ७ रनमै समेटियो । अष्ट्रेलियाका आरोन फिन्चले ५३ रन तथा म्याथ्यु वाडले ४२ रन जोडे । बलिङतर्फ इङ्ल्यान्डका लियाम प्लङ्कीट र मोईन अलीले ३(३ विकेट लिए । यो जितसँगै इङ्ल्यान्डले ५ खेलको एक दिवसीय क्रिकेट शृङ्खलामा २–१ को पुनरागमन गरेको छ । सुरुवाती दुई खेल गुमाएको इङ्ल्यान्डका लागि शृङ्खलामा जिवित रहन यो खेल जित्नैपर्ने बाध्यता थियो ।
Labels:
Sports News
अष्ट्रिया युरोकप फुटबलका लागि छनोट, ५० गोल गरेर वायन रुनी चम्किए
स्विडेनलाई हराउँदै अष्ट्रिया युरोकप फुटबलका लागि छनोट भएको छ । स्विडेनमा मंगलबार हिजो राती भएको खेलमा अष्ट्रिया ४–१ ले विजयी भयो । जितसँगै अष्ट्रिया युरोकप फुटबलका छनोट हुने चौथो टोली बनेको छ । अर्को वर्ष फ्रान्समा हुने प्रतियोगिताका लागि इङ्ल्यान्ड, आईसल्याण्ड र चेक गणतन्त्र यसअघि नै छनोट भइसकेका छन् । यता, इङ्लिस फुटबल खेलाडी वायन रुनीले देशका लागि सर्र्वािधक गोल गर्ने कीर्तिमान आफ्नो नाममा राखेका छन् । युरोकप फुटबल छनोटअन्तर्गत हिजो राती भएको स्विट्जरल्याण्ड विरुद्धको खेलमा गोल गर्दै रुनी इङ्ल्याण्डका लागि ५० गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । स्विट्जरल्याण्ड विरुद्धको खेल इङ्ल्याण्डले २–० ले जित्दा रुनीले ८६ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा गोल गरेका थिए । यसअघि इङ्लिस टोलीका लागि सर्र्वािधक गोल गर्ने कीर्तिमान सर बबी चार्लटनको नाममा थियो । युरोपक छनोटअन्तर्गत मंगलबार भएका अन्य खेलहरुमा बेलारुसले लक्जेम्वर्गलाई २–० ले हराउँदा स्पेनले मेसेडोनियालाई १–० ले पराजित र्गयो । यसैगरी रुसले लिचेस्टेनलाई ७–० ले तथा स्लोभेनियाले ईस्टोनियालाई १–० ले पराजित गरेका छन् ।
Labels:
Sports News
युरोकप फुटबलको छनोट खेलमा जर्मनी र पोर्चुगल विजयी
Written By Unknown on Monday, September 7, 2015 | 10:05 PM
युरोकप फुटबलको छनोट खेलमा जर्मनी र पोर्चुगल विजयीयुरोकप फुटबल छनोट अन्तर्गत हिजो राती भएका खेलमा जर्मनी र पोर्चुगल विजयी भएका छन् । समुह डी अन्तर्गतको खेलमा जर्मनीले स्कटल्याण्डलाई ३–२ ले हरायो । यो जितसँगै जर्मनीको अर्को वर्ष हुने युरोकप फुटबलमा सोझै छनोट हुने सम्भावना बढेको छ । उता स्कटल्याण्डको यात्रा भने कठिन बनेको छ । समुहका अन्य खेलहरुमा पोल्याण्डले जिब्रल्टारलाई ८–१ ले हरायो भने गणतन्त्र आयरल्याण्डले जर्जियालाई १–० ले पराजित र्गयो । उता समुह आई अन्तर्गतको खेलमा पोर्चुगलले अल्बानियालाई १–० ले हरायो । यही समुहको अर्को खेलमा डेनमार्कले अर्मेनीयासँग गोलरहित बराबरी खेल्यो । यो समुहमा दुई खेल खेल्न बाँकी रहेको पोर्चुगल १५ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल मात्रै खेल्न बाँकी रहेको डेनमार्क १२ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको अल्बानियाको ११ अंक छ । युरोकप फुटबल छनोट अन्तर्गत समुह एफ को खेलमा उत्तरी आयरल्याण्डले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको छ । फिनल्याण्डले फारो आईल्याण्डलाई १–० ले हराँउदा ग्रिसले रोमानियासँग गोलरहित बराबरी खेलेको छ । युरोकप फुटबलको लागि युरोपका ५३ राष्ट्रले ९ समुहमा विभाजित भएर छनोट प्रतियोगिता खेलिरहेका छन् । प्रत्येक समुहका शीर्ष दुई टोली सिधै प्रतियोगिताको लागि छनौट हुनेछन् भने तेस्रो हुने टोलीले प्ले अफ खेल्न पाउनेछन् । अर्को वर्ष फ्रान्समा आयोजना हुने युरोकप फुटबलमा पहिलो पटक २४ टोली सहभागी हुँदैछन् ।
Labels:
Sports News
चेस खेलमा नेपाल उत्कृष्ट स्थानमा
Written By Unknown on Sunday, September 6, 2015 | 8:54 PM

Labels:
Sports News
इंगल्याण्ड बिरुद्धको क्रिकेटमा अष्ट्रेलिया बिजयी
भदौ २०

Labels:
Sports News
इंग्ल्याण्ड ६–० ले विजयी
Written By Unknown on Saturday, September 5, 2015 | 7:34 PM

Labels:
Sports News
रुनीको कीर्तिमान

Labels:
Sports News
मेस्सीको अन्तिम खेल बार्सिलोना मै
Written By Unknown on Friday, September 4, 2015 | 8:49 PM
अर्जेन्टिनाका स्टाइकर लियोनल मेस्सी आजीवन बार्सिलोनामा रहने क्लबका प्राविधिक निर्देशकले बताएका छन् । स्पेनिस क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका मेस्सीले आफ्नो सम्पूर्ण खेल जीवन बार्सिलोनामै बिताउने क्लबका प्राविधिक निर्देशक रोबर्ट फर्नान्डेजले बताएका हुन् । २८ वर्षका मेस्सी बार्सिलोनामा सबै भन्दा उत्कृष्ट खेलाडीको रुपमा स्थापित भएका छन् । गएको सिजन बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगा तथा कोपा डेल रेको उपाधि दिलाउन मेस्सीले महत्वपूर्ण भूमिका खेलेका थिए । मेस्सी बिनाको बार्सिलोना कल्पना नै नगरेको र मेस्सीले आफ्नो अन्तिम खेल बार्सिलोनाबाटै खेल्ने प्राविधिक निर्देशक फर्नान्डेजको भनाई छ ।
Labels:
Sports News
ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित
Written By Unknown on Thursday, September 3, 2015 | 3:44 AM
भदौ १७
नेपाल ओलम्पिक कमिटी ९एनओसीको ०को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । विहीबार भएको एनओसीको चुनावमा १७ मत ल्याएर श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी उमेशलाल श्रेष्ठले ९ मत प्राप्त गरे । यस्तै, छिमिउर्केन गुरुङलाई पराजित गर्दै लामा टेण्डी शेर्पा एनओसीको महासचिवमा निर्वाचित भए । सहमहासचिवमा राजीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ र उनका प्रतिष्प्रर्धी चतुरानन्द वैद्यले समान १३–१३ भोट नै ल्याएपछि गरिएको गोलाप्रथामा श्रेष्ठले बाजी मारेका हुन् ।एनओसीमा चार उपाध्यक्ष र कोषाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा धीरेन्द्र प्रधान, ज्योति राणा, पुरेन्द्रविक्रम लाखे र राजेन्द्र वान्तवा तथा कोषाध्यक्षमा रतन टण्डन निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, एनओसीको सदस्यहरुमा सन्जीब तुलाधर, रमेश श्रेष्ठ, निलेन्द्र श्रेष्ठ, तेज गुरुङ, दीपकहर्ष बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सलिम मिया अन्सारी र आङ टेण्डी शेर्पा विजयी भएका छन् । चार वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएपछि श्रेष्ठले ओलम्पिक गतिविधिलाई व्यापक बनाउँदै सबै सरोकारवाला पक्षहरुलाई समेटेर अघि बढ्ने प्रतिक्रिया दिए । यसअघि, गत साउन २१ गतेको लागि तय भएको निर्वाचन विधि नपुगेको भन्दै केही प्रतिनिधिहरुले विरोध गरेपछि स्थगित गरिएको थियो ।
Labels:
Sports News