Home » » १२ दिनपछि निषेधाज्ञा हट्यो

१२ दिनपछि निषेधाज्ञा हट्यो

Written By Rijan KC on Saturday, August 22, 2015 | 2:29 AM

सुर्खेत–स्थानीय प्रशासनले १२ दिनपछि सरकारी कार्यालय क्षेत्रमा लगाएको निषेधाज्ञा शनिबारदेखि हटाएको छ । अखण्ड मध्यपश्चिम र संघीय राज्यको राजधानी सुर्खेतमा माग्दै भएको प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले सरकारी कार्यालय तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय, सुर्खेतले साउन २६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो। सरकारी कार्यालय प्रवेश गर्ने मुख्य चोकहरुमा 'प्रवेश निषेध' लेखिएका व्यानर राखेर प्रहरी तैनाथ गरिएपछि सर्वसाधारण सरकारी कार्यालयमा जानै छोडेका थिए । शुक्रबार प्रमुख तीन दलले मध्यपश्चिमका कर्णालीका पाँच जिल्ला, भेरीका सुर्खेतसहित दैलेख र जाजरकोट तथा राप्तीका सल्यान र रुकुमका केही भागलाई समेटेर सातौं प्रदेश घोषणा गरेपछि १२ दिनदेखि जारी आन्दोलन सकिएको छ । 'आन्दोलन सकिएसमँगै हामीले निषेधाज्ञा पनि हटाएका छौं,'जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले भने, 'अव आइतबारदेखि सरकारी कार्यालयमा सहजरुपमा काम सुरु हुन्छ ।'

From: Nagarik News
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC