
कैलालीमा एक महिनादेखि बन्द विद्यालय आजबाट संचालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिबार बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार विद्यालय खोलिएको हो । आन्दोलनकारी पक्षसमेत बिद्यालय खोल्न सहमत भएका छन् । स्थानीय प्रशासन, आन्दोलनरत पक्ष, बिद्यार्थी संगठन र दलहरुबीच विद्यालय खोल्ने पक्षमा वार्ता भएको थियो । थरुहट र अखण्ड सुदूरपश्चिम पक्षधर आन्दोलनमा उत्रिएपछि कैलालीमा ३३ दिनयता विद्यालय सञ्चालन हुन सकेका थिएनन । यसैबीच कैलालीको धनगढीमा स्थानीय प्रशासनले कर्फ्युको समय थप एक घण्टा घटाएको छ । त्यहाँ दिउँसो १२ बजेदेखि ३ बजेसम्म मात्र कफ्र्यू लाग्ने छ । त्यस्तै टीकापुरमा विहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु खुला गरिएको छ । स्थानीय प्रशासनले शनिबार टीकापुरमा २४ घण्टे कर्फ्यु लगाएको थियो ।
Post a Comment