
इटालीकी फ्लाभिया पेनेटाले युएस ओपन टेनिसको महिला एकलको उपाधि जितेकी छन् । हिजो राति भएको फाइनलमा २६ औं बरियताकी पेनेटाले आफ्नै देशकी रोबेर्टा भिन्चीलाई हराएर उपाधि उचालेकी हुन् । पेनेटाले भिन्चीलाई ७–६ र ६–२ को सेटमा हराउँदै पहिलो पटक ग्राण्ड स्लाम उपाधि जितेकी हुन् । ३३ वर्षकी पेनेटाले उपाधिसँगै तीन् करोड ३० लाख अमेरिकी डलर पुरस्कार पाएकी छन् । सेमिफाइनलमा विश्व नम्बर एक सेरेना विलिम्यसलाई हराएर फाइनलमा आएकी ४३ औं बरियताकी भिन्चीको उपाधि जित्ने सपना भने पुरा भएन । ३२ वर्षकी भिन्चीले सेमिफाइनलमा विलियम्सलाई २–६, ६–४ र ६–४ ले हराएकी थिइन् ।
Post a Comment