Home » » प्रधानमन्त्रीसँग प्रचण्ड र भट्टराईको भेट

प्रधानमन्त्रीसँग प्रचण्ड र भट्टराईको भेट

Written By Unknown on Wednesday, September 2, 2015 | 11:13 PM

भदौ १७ 
प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समसामयीक राजनीतिक विषयमा छलफल भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा असन्तुष्ट पक्षले उठाएका माग कसरी सम्बोधन गर्ने भन्नेबारे कुराकानी भएको होे । प्रधानमन्त्री कोइरालाले संविधान सभाका चार ठूला राजनीतिक दलका शीर्ष नेताबीच भएको सहमति अनुसार नै वार्ताको लागि आह्वान, पत्राचार र संवादको प्रक्रिया निरन्तर भैरहेको जानकारी गराउँदै शान्तिपूर्ण वार्ताको माध्यमबाटै समाधान निस्कनेमा आफू विश्वस्त रहेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । उहाँले संवादकै माध्यमबाट लडाकू समायोजन र हतियार व्यवस्थापन जस्ता जटील समस्या समाधान भएको भन्दै वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापको विकल्प नरहेको बताउनु भयो । एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईले आन्दोलनरत समूहसँग वार्ताको वातावरण बनाउन सुझाव दिनुभएको थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC