चितवनदेखि कञ्चनपुरसम्म थरुहट, थारुवान प्रदेशको माग गर्दै आन्दोलनरत थारु संघर्ष समिति र मधेशी मुक्ती मोर्चाले बर्दियामा २ दिन बन्द खुकुलो पारेका छन् । हिन्दु महिलाहरुको महान पर्व हरीतालिका तिजकोे अवसर पारी २९ गते र ३० गते २ दिनका लागि बन्द खुकुलो पार्दै यातायात, बजारसहित सबै खुला गर्ने निर्णय गरेको थारु संघर्ष समिति बर्दियाका अध्यक्ष गोविन्दप्रसाद थारुले जानकारी दिनुभयो । दुई दिन हाम्रा कार्यकर्ताहरु सडकमा उत्रिने छैनन, गाउँ गाउँमा हाम्रो सभा सम्मलेन चाहिँ हुन्छ अध्यक्ष थारुले भन्नुभयो ‘छलफल चल्छ र ३१ गते फेरि आन्दोलन गर्न सडकमा उत्रिन्छौं ।यसअघि थरुहटले रक्षा बन्धनमा २ दिन र कृष्णाष्टमीमा पनि २ दिन बन्द खुकुलो पारेको थियो । भने जनजीवन कष्टकर भएको भन्दै थरुहटले भदौ २२ देखि २६ गतेसम्म ५ दिन बन्द फिर्ता लिएपछि बर्दियाको जनजीवन सहज बनेको थियो । कैलालीको टिकापुरमा सुरक्षाकर्मीको हत्या गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाई गर्नुपर्ने माग गर्दै भदौ २६ गते शनिवारदेखि पुन बन्द आह्वान गरेपनि यसपटक बन्दको प्रभाव खासै परेको थिएन । राजमार्गमा यातायातका साधन चलिरहेका थिए भने अधिकाँस बजारहरु पनि खुल्ला थिए । जिल्ला प्रशासन कार्यालय बर्दियाले सदरमुकाम गुलरिया र राजापुरमा लगाएको निषेधाज्ञा भने अर्को सूचना जारी नहुँदासम्मका लागि जारी छ । सभा, जुलुसलगायतका कार्यक्रम गर्न निषेध प्रशासनले निषेध गरेको छ ।
Home »
» तिजको अवसरमा बर्दियामा २ दिन बन्द खुल्यो
Post a Comment