युरोकप फुटबलको छनोट खेलमा जर्मनी र पोर्चुगल विजयीयुरोकप फुटबल छनोट अन्तर्गत हिजो राती भएका खेलमा जर्मनी र पोर्चुगल विजयी भएका छन् । समुह डी अन्तर्गतको खेलमा जर्मनीले स्कटल्याण्डलाई ३–२ ले हरायो । यो जितसँगै जर्मनीको अर्को वर्ष हुने युरोकप फुटबलमा सोझै छनोट हुने सम्भावना बढेको छ । उता स्कटल्याण्डको यात्रा भने कठिन बनेको छ । समुहका अन्य खेलहरुमा पोल्याण्डले जिब्रल्टारलाई ८–१ ले हरायो भने गणतन्त्र आयरल्याण्डले जर्जियालाई १–० ले पराजित र्गयो । उता समुह आई अन्तर्गतको खेलमा पोर्चुगलले अल्बानियालाई १–० ले हरायो । यही समुहको अर्को खेलमा डेनमार्कले अर्मेनीयासँग गोलरहित बराबरी खेल्यो । यो समुहमा दुई खेल खेल्न बाँकी रहेको पोर्चुगल १५ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल मात्रै खेल्न बाँकी रहेको डेनमार्क १२ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको अल्बानियाको ११ अंक छ । युरोकप फुटबल छनोट अन्तर्गत समुह एफ को खेलमा उत्तरी आयरल्याण्डले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको छ । फिनल्याण्डले फारो आईल्याण्डलाई १–० ले हराँउदा ग्रिसले रोमानियासँग गोलरहित बराबरी खेलेको छ । युरोकप फुटबलको लागि युरोपका ५३ राष्ट्रले ९ समुहमा विभाजित भएर छनोट प्रतियोगिता खेलिरहेका छन् । प्रत्येक समुहका शीर्ष दुई टोली सिधै प्रतियोगिताको लागि छनौट हुनेछन् भने तेस्रो हुने टोलीले प्ले अफ खेल्न पाउनेछन् । अर्को वर्ष फ्रान्समा आयोजना हुने युरोकप फुटबलमा पहिलो पटक २४ टोली सहभागी हुँदैछन् ।
Home »
Sports News
» युरोकप फुटबलको छनोट खेलमा जर्मनी र पोर्चुगल विजयी
युरोकप फुटबलको छनोट खेलमा जर्मनी र पोर्चुगल विजयी
Written By Unknown on Monday, September 7, 2015 | 10:05 PM
Labels:
Sports News
Post a Comment