Home » » जापानमा बाढीले बेहाल

जापानमा बाढीले बेहाल

Written By Unknown on Thursday, September 10, 2015 | 8:27 PM


जापानको उत्तर पूर्वी क्षेत्रमा भारी वर्षा पछि आएको बाढी र पहिरोका कारण करिब एक लाख मानिस प्रभावित भएका छन् । राजधानी टोकियोबाट उत्तरी क्षेत्रमा रहेको जोसो शहर बढी प्रभावित भएको छ । बाढी र पहिरो प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । केही मानिस हराइरहेका छन् भने केही घाईते भएका छन् । दुई दिन देखिको लगातारको वर्षा पछिको बाढी पहिरोका कारण असामान्य स्थिति श्रृजना भएको भन्दै अधिकारीहरुले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् । वर्षा अघि एक सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधी आएको थियो ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC