भुटानःदोश्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप तथा प्रथम अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालकी पार्वती गुरुङ उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपालबाट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका नोर्बु लामाले जनाए अनुसार पार्वतीले सिनियर महिलाको ५३ केजीमुनि स्वर्ण तथा सिनियर पेयर पुम्सेमा रजत जितिन् । पेयर पुम्सेमा पार्वतीले शिशिर श्रेष्ठसंग मिलेर रजत जितेकी हुन् । त्यस्तै सिनियर महिलाको ४६ केजीमुनि एन्जिला योञ्जन पनि स्वर्ण जित्न सफल भइन् । सिनियरमै महिला ४९ केजीमुनि सुस्मिता थापाले कांस्य तथा पुरुष ५६ केजीमुनि शिशिर श्रेष्ठले रजत र ७२ केजीमुनि अर्जुन क्षेत्रीले कांस्य हात पारे । जुनियर महिलाको ३१ केजीमुनि सुप्रिया तिमिल्सनाले रजत र ३४ केजीमुनि सितुसिंह मास्केले कांस्य हात पारे । जुनियर येल्लो बेल्ट पुम्सेमा सीतुले रजत तथा सुप्रियाले कांस्य जिते । प्रतियोगिता भुटानको थिम्पुमा मे २० देखि २२ तारिखसम्म सञ्चालन भएको थियो ।
Latest Updates!
Showing posts with label International. Show all posts
Showing posts with label International. Show all posts
भुटानमा नेपाली खेलाडी भए उत्कृष्ट
Written By RaAz Shah on Monday, May 23, 2016 | 8:00 AM
Labels:
International,
National News,
Papers,
Sports News
यस्तो छ ४ वटा फुटबल मैदानभन्दा फराकिलो संसारकै सबैभन्दा ठुलो जहाज
Written By Unknown on Tuesday, May 17, 2016 | 8:32 PM
म्यान्चेस्टर – विश्वकै सबैभन्दा ठूलो क्रुज जहाजले आफ्नो पहिलो यात्रा गर्ने भएको छ । ‘हार्मोनी अफ सी’ नाम दिएको उक्त जहाजलाई बेलायतको साउथह्याम्पटनमा समुद्री यात्रा अघि अन्तिम तयारी गिरिँदैछ ।
चारवटा फुटबल मैदानभन्दा लामो यस जहाजमा ६,७८० यात्रु अट्नेछन् । ‘हार्मोनी अफ सी’ ८ सय मिलियन पाउण्डमा तयार भएको हो ।
यसको लम्बाई १११८ फिट, तौल २२७,००० टन, चौढाई २१५.५ फिट रहेको छ । यसमा २,७४७ कोठाहरु रहेका छन् । यसमा ७७ देशमा २१०० क्रु सदस्य रहेका छन् ।
Labels:
International,
Technology
अन्तिम श्रद्धाञ्जलिका लागि कोइरालाको पार्थिव शरीर १२ बजेदेखि रंगशालामा राखिने
Written By RaAz Shah on Monday, February 8, 2016 | 5:14 PM
- पहिलोपोस्ट - पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि मध्याह्न १२ बजेदेखि दशरथ रंगशालामा राखिने भएको छ।
त्यसअघि ८ बजेसम्म महाराजगन्जस्थित कोइराला निवासमै पार्थिव शरीर राखिने र त्यसपछि त्यहाँबाट १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए।
कोइरालाको गएराति साढे १२ बजे निधन भएको थियो। निधनपछि शोकमा डुबेको कांग्रेसले आसन्न केन्द्रीय महाधिवेशन स्थगित गरेको छ।
महाधिवेशन स्थगित
महाधिवेशनको चटारोमा रहेको कांग्रेस एक्कासी शोकमा डुबेको छ। कोइराला निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता शेरबहादुर देउवाले महाधिवेशन हाललाई स्थगित भएको र ११ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकले प्रक्रियागत निर्णय गर्ने जानकारी दिए।त्यस्तै महामन्त्री प्रकाशमान सिंहले जिल्लामा भइरहेका अधिवेशनहरुलाई पनि जहाँ जुन अवस्थामा छ त्यही अवस्थामा रोक्न निर्देशन दिइने प्रतिक्रिया दिए।
हर्ट अट्याकको शंका
कोइराला सुरुमा उठन खोज्दा लडेको र त्यसपछि हर्ट अट्याक भएको भनिएको छ। यसको चिकित्सकीय पुष्टि हुन बाँकी छ। निजी चिकित्सक कबिरनाथ योगी राति नै त्यहाँ आइपुगेका थिए।
कोइरालाका स्वकीय सचिव तथा उनका भतिज अतुल कोइरालाले मृत्युको पुष्टि गरेका छन्। पहिलोपोस्टसँग कुरा गर्दै अतुलले भने, "दुई दिनदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो।"
पूर्व प्रम कोइरालालाई धेरै पहिलेदेखि फोक्सोको समस्या थियो। उनलाई क्यान्सर पनि भएको थियो। तर अमेरिकामा उपचारपछि निको भयो भन्दै उत्साहित हुँदै फर्किएका थिए।
"खोकी पनि थियो", भतिज अतुलले भने, "सामान्य समस्या भनी अस्पताल पनि जानु भएको थिएन र एक्कासी यस्तो दुर्घटना भयो।"
यसअघि उनी सोमबार भएको काठमाडौँ जिल्ला अधिवेशनमा अनुपस्थित थिए। अधिवेशनको उद्घाटन कोइरालाले गर्ने भनी प्रचार गरिए पनि दम बढेर अस्वस्थ भएको भन्दै अनुपस्थित भएपछि अर्का नेता शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।
"दुई दिनदेखि ज्वरो थियो"
पारिवारिक स्रोतका अनुसार कोइरालालाई आइतबारदेखि ज्वरो आएको थियो। अस्पताल जान उनका सहयोगीहरुले आग्रह गर्दा उनी आफैले पर्दैन भनेका थिए।
सोमबारको काठमाडौँ जिल्ला अधिवेशनमा पनि उनले जान्छु भनी अड्डी लिएका थिए। तर सहयोगीहरुले तपाईँलाई ज्वरो आएको छ तपाईँ जान सक्नुहुन्न भनी रोकेका थिए।
त्यसो भए पनि हिजो दिउँसो र बेलुका कोइरालाले आफूले गर्नुपर्ने काम आफै गरेका थिए।
Labels:
International
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । महाराजगञ्जमा रहेको निवासमा सोमबार राति १२ बजेर ५० मिनेट जाँदा कोइरालको निधन नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
केही दिन अघिदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहनु भएका कोइरालाको ८० वर्षको उमेरमा निधन भएको हो । महाराजगञ्ज स्थित निवासमा रातिदेखि नै कांग्रेस नेता तथा कार्यकर्ताको घुइँचो लागेको छ ।
नेपाली कांग्रेसको आस्मिक बैठक मंगलबार बस्दै छ । बिहान अबेर उहाँको शवलाई अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस पार्टी कार्यालय लैजाने तयारी छ ।
सभापति कोइरालाको आकस्मिक निधनका कारणले नेपाली कांग्रेसको १३ औं महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।
सभापति कोइरालाको निधनबाट सिंगो देश, नेपाली नागरिक र पार्टीपंक्ति स्तब्ध र शोकाकुल भएको विज्ञप्तिमा उल्लेख छ । काठमाडौंमा भएको १२ औ महाधिवेशनबाट उहाँ कांग्रेसको सभापतिमा चयन हुनुभएको थियो ।
Labels:
International,
National News
नाकाबन्दी गरिएको नेपालको नाम लिँदै मोदीले सिंगापुरमा यसो भने (भिडियो हेर्नुस् ) - Relation FM 88 MHz
Written By RaAz Shah on Wednesday, November 25, 2015 | 7:14 AM
Labels:
International
दुई तिहाइले भरिदियो मुस्कान
Written By Rijan KC on Monday, November 9, 2015 | 6:43 PM
म्यानमार- म्यानमारको सत्ताधारी दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) ले सोमबार आङ साङ सु ची नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीबाट पराजित भएको स्वीकार गरेको छ।
युएसडिपी अध्यक्ष ते ऊले २५ वर्षपछि भएको स्वतन्त्र निर्वाचनमा लज्जास्पद हार बेहोरेको स्वीकारेका हुन्। आइतबार भएको निर्वाचनमा सोमबार बिहानैदेखि गणना गरिएको थियो। यांगुन क्षेत्रको पूरै १२ निर्वाचन क्षेत्रमा एनएलडीका सांसद चुनिएका छन्।
सन् २०११ को निर्वाचनमा सैन्य प्रवर्द्धित पार्टी युएसडिपी र अन्य सहभागी भए पनि सु ची नेतृत्वको पार्टीले सो निर्वाचन बहिष्कार गरेको थियो।
विदेशी लगानी भिœयाउन राजनीतिक र आर्थिक सुधारका कार्यक्रम क्रमशः लागू गर्ने नीति राष्ट्रपति थिएन सिनले लिएपछि यो निर्वाचन सम्भव भएको थियो।
निर्वाचनमा आफ्नो पार्टीले ७० प्रतिशतभन्दा बढी मत ल्याउने सम्भावना बढेको एनएलडीले जनाएको छ। सरकार बनाउन दुई तिहाइ सांसद चुनिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सोको बाटोमा एनएलडी रहेको समाचारमा जनाइएको छ।
'यो परिणामलाई सत्ताधारी पार्टीले नरुचाए पनि स्वीकार गर्नुको विकल्प छैन,' एनएलडीका प्रवक्ता विन तेइनले भने। उनले ९० प्रतिशतभन्दा बढी सिटमा जित्ने आँकलन गरेको समेत जनाए।
यसअघि एनएलडीकी अध्यक्ष सु ची पार्टी कार्यालय गई आधिकारिक परिणाम घोषणा नहुञ्जेल धैर्य गर्न आफ्ना समर्थकलाई आग्रह गरेकी थिइन्।
'परिणामलाई लिएर म ज्यादै उत्साही र खुसी छु,' यांगुनमा व्यापार गरिरहेका निन सी (६०) ले भने, 'जनता ५० वर्षदेखि पीडित छन्। मलाई विश्वास छ, सु चीले देशलाई गजबले अघि बढाउनेछिन्।'
सन् १९६० को दशकमा सैन्य 'कू' पछि प्रजातन्त्रिक सरकार बन्ने अवस्था समाप्त भएको थियो। सु चीले १९९० मा भएको निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट ल्याए पनि सैन्य सरकारले मान्यता दिएन।
पूर्वसैन्य तथा अर्द्धसैन्य बलका अधिकारी सम्मिलित सत्ताधारी पार्टी युएसडिपीले भने यसपालिको निर्वाचनलाई स्वीकार र सम्मान गर्ने घोषणा गरिसकेको छ। यद्यपि यो चुनावपछि सु चीले युएसडिपीलाई कसरी समेटेर लैजान्छिन् भन्नेमा सरकारको भविष्य निश्चित हुने केहीको आँकलन छ।
२५ प्रतिशत संसद सिटमा सेना प्रमुखले गृह, रक्षा र सीमा सुरक्षाजस्ता शक्तिशाली मन्त्री छान्ने व्यवस्था संविधानले दिएको छ। यस हिसाबले सुचीले कसरी शक्ति सन्तुलन मिलाउँछिन् भन्ने अझै प्रष्ट हुन बाँकी छ।
एनएलडीले बहुमत सिट जिते पनि उनी राष्ट्रपति हुनबाट संवैधानिक बन्देज भने छँदैछ। उनले निर्वाचन परिणामअघि नै आफू महत्वपूर्ण पदमा हुने जानकारी दिएकी थिइन्।
यो चुनावमा सैन्य प्रवर्द्धित पार्टीका कैयौँ मुख्य नेताका सिट सुरक्षित नरहको समाचारमा जनाइएको छ। स्वयं सत्ताधारी पार्टीका अध्यक्ष ते ऊ इरावदी क्षेत्रमा पराजित भएका छन्।
अधिकांश ठाउँमा चुनाव शान्तिपूर्ण भएको थियो। मुस्लिम अल्पसंख्यकलाई चुनावमा भाग लिनबाट रोकिएको थियो। कतिपय ठाउँमा निर्वाचन अवलोकनकर्ताहरुलाई पर्यवेक्षण गर्न नदिइएको मुद्दा एनएलडीले उठाएको थियो।
७ सय ३३ प्रतिनिधि सभा र ८ सय ८६ राष्ट्रिय सभा सदस्यका लागि ३ करोड मतदाताले मत हालेका थिए। चुनावमा ९१ राजनीतिक दल र स्वतन्त्र गरी ६ हजार ३ सय ४८ प्रत्यासी उठेका थिए। देशबाहिर रहेका ४० लाखभन्दा बढी बर्मेलीहरुले मत हाल्न पाएनन्।
Labels:
International
शक्तिशाली भूकम्पपछि चिलीको मध्य क्षेत्रमा संकटकाल घोषणा
Written By Unknown on Thursday, September 17, 2015 | 8:03 PM
चिलीमा आएको शक्तिशाली भूकम्पपछि सरकारले देशको मध्य क्षेत्रमा संकटकालको घोषणा गरेको छ । ८ दशमलव ३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि चिलीमा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १० लाख मानिस विस्थापित भएका छन् । भूकम्पले कयौं घरमा क्षति र्पुयाएको छ । करिब ९० हजार घरमा विजुली आपूर्ति ठप्प भएको छ । सान्टियागोदेखि करीब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले शुरुमा सुनामी आउने चेतावनी दिइएको थियो । तटवर्ती शहर काबिम्बोमा १५ फिटमाथिसम्म छाल उठेको छ । अमेरिकी जियोलोजिक सर्भेले भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि २५ किलोमिटर तल रहेको जनाए पनि चिलीको स्थानीय भूकम्प मापन केन्द्रले भने ११ किलोमिटर तल रहेको बताएको छ । चिलीमा सन् २०११ मा गएको ८ दशमलब ८ म्याग्नेच्यूडको भूकम्प र त्यसपछिको सुनामीका कारण ५ सय भन्दा बढीको मृत्यु भएको थियो ।
Labels:
International
हंगेरीमा आप्रवासी र प्रहरीबीच झडप
Written By Unknown on Wednesday, September 16, 2015 | 10:15 PM
मध्यपूर्वका अरेबियन मुलुक, उत्तर अफ्रिका र अफगानिस्तान जस्ता मुलुकबाट शरणका लागि ओइरिएका आप्रवासीको चाप थेग्नै नसक्ने भएपछि युरोपेली मुलुक हंगेरी नयाँ संकटमा फसेको छ । सीमापार गरी अन्य युरोपेली मुलुकमा जान आप्रवासीले जोड गरेपछि हंगेरियन प्रहरी र आप्रवासीबीच झडप भएको छ । झडपमा केही आप्रवासी घाइेत भएका छन् भने प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहरा नै प्रहार गरेको छ । सर्वियाली शहर होर्गोस नजिक जम्मा भएका आप्रवासी र प्रहरीबीच झडप भएको हो । धेरै आप्रवासी जर्मनी जान चाहेकाले पनि झडपको स्थिति आएको हो । हंगेरीले मंगलबार नै सर्वियासँग जोडिएको आफ्नो सीमा बन्द गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले हंगेरीद्वारा आप्रवासीमाथि गरिएको व्यवहारको निन्दा गरेका छन् । उनले हंगेरीका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरी आप्रवासीमाथि मानवीय व्यवहार गर्न सुझाव दिएको बताइएको छ ।
Labels:
International
चिलीमा शक्तिशाली भूकम्प
चिलीमा शक्तिशाली भूकम्प गएको छ । चिलीको राजधानी सेनटियागोदेखि झण्डै २४६ किलोमिटर दूरीमा रहेको उत्तर पश्चिमको तटीय क्षेत्रमा विहान ८ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण राजधानी सेनटियागोका केहि घर पूर्ण रुपमा भत्किएका छन् । त्यहाँ पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ भने केहि घाइते भएका छन् । यस्तै भूकम्प प्रभावित तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको छ । भूकम्प पछि
चिलीमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
Labels:
International
पाकिस्तानमा विस्फोट, १० जनाको मृत्यु
Written By Unknown on Sunday, September 13, 2015 | 7:53 PM

Labels:
International
इजिप्टको सैन्य कारवाहीमा गम्भीर भूल, आतंकवादी ठानेर पर्यटकको हत्या
इजिप्टको सुरक्षा बलले गरेको कारवाहीमा भूलवस १२ जनाको मृत्यु भएको जनाइएको छ । सैन्य अधिकारीका अनुसार आतंकवादी ठानेर गरिएको कारवाहीमा पर्यटकसहित १२ निर्दोष नागरिक मारिएका हुन् । सिरियाली गृह मन्त्रालयका अनुसार उनीहरु प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेपछि सुरक्षा बलले गोली चलाएको थियो । सैन्य कारवाहीमा मारिएकामध्ये मेक्सिकोका नागरिक पनि छन् । ती पर्यटक चारवटा बसमा सवार थिए । उनीहरु देशको पश्चिममा रहेको प्रतिबन्धित भूभागमा प्रवेश गरेका थिए । सैन्य कारवाहीमा कम्तीमा अन्य १० जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । गृह मन्त्रालयले घटनाको छानविन गर्न एउटा समिति गठन गरेको छ ।
Labels:
International
इजिप्टका प्रधानमन्त्रीद्वारा राजीनामा
Written By Unknown on Saturday, September 12, 2015 | 7:57 PM
इजिप्टका प्रधानमन्त्री इब्राहिम महलाबले राजीनामा दिएका छन् । इब्राहिमलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि काम चलाउ सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । इजिप्टको राष्ट्रपति कार्यालयका अनुसार निवर्तमान सरकारका पेट्रोलियम मन्त्री शरीफ इस्माइललाई एक साताभित्र नयाँ सरकार गठन गर्न भनिएको छ । प्रधानमन्त्रीको राजीनामाको कारण भने खुलाइएको छैन । भ्रष्टाचारको मुद्दा उठिरहेका कारण मन्त्रिपरिषदमा फेरबदल गर्नका लागि यो कदम चालिएको अनुमान गरिएको छ । अघिल्लो सोमबार इजिप्टका कृषि मन्त्री सलाह हेलाललाई भ्रष्टाचारको आरोपमा अनुसन्धानपछि गिरफ्तार गरिएको थियो । राष्ट्रपति अब्दुल फतह अल सीसीले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए ।
Labels:
International
मानवजस्तै नयाँ प्रजातिको कंकाल भेटियो
Written By Unknown on Thursday, September 10, 2015 | 10:10 PM

Labels:
International
जापानमा बाढीले बेहाल

Labels:
International
सिरियामा रुसी सैनिकको तैनाथ गरिएकोमा अमेरिका र नेटोको आपत्ति
Written By Unknown on Wednesday, September 9, 2015 | 8:50 PM

तर विश्लेषकहरुले भने रुसले दरिलो साथ नदिएको भए सिरियाका शासक बहार अल असादको शासन अन्त्य भैसक्थ्यो भन्ने टिप्पणी गरेका छन् । रुसले थप एअरक्राफ्ट, दुई वटा ट्यांक र केही सैनिक सिरिया पठाएको दावी अमेरिकी अधिकारीहरुको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ताले भने रुसले सिरियालाई सैन्य प्राविधिक सहयोग गरिरहेको कुरा कुनै लुकेको विषय नभएको तर सैनिक नै पठाइएको भन्ने कुरा चाहीं आधारहीन भएको बताएका छन ।
Labels:
International
ब्रिटिश एयरवेजको विमानमा आगलागी
Written By Unknown on Tuesday, September 8, 2015 | 8:04 PM
ब्रिटिश एयरवेजको विमानमा आगलागी भएको छ । लस भेगासस्थित विमानस्थलमा सो एयरवेजको बोइङ्ग ७७७–२०० मा अचानक आगलागी भएको हो । लस भेगासबाट लन्डनका लागि उडान भर्ने क्रममा हिजो विमानमा आगलागी भएको हो । उडानका लागि ‘रन वे’मा गति लिन लागेकै समयमा विमानको बायाँ इन्जिनबाट धुँवाको मुस्लो निस्किएको थियो । पाइलटले विमानलाई सुरक्षित रुपमा रोक्न सफल भए पनि आगोले विमानलाई केहीबेरमै लपेटेको थियो । विमानबाट यात्री र चालक दलका सदस्यलाई सकुशल बाहिर निकालिएको छ । ब्रिटिश एयरवेजले सो दुर्घटनाको अनुसन्धान भइरहेको भन्दै थप जानकारी उपलब्ध गराएको छैन ।
Labels:
International
हंगेरीका रक्षामन्त्रीले राजीनामा दिए
Written By Unknown on Monday, September 7, 2015 | 10:06 PM
हंगेरीका रक्षामन्त्री चोबा हेंडेले पदबाट राजीनामा दिएका छन् । हंगेरीमा आप्रावासीहरुको प्रवेशको क्रम बढिरहेको बेला रक्षा मन्त्रीको राजीनामा आएको हो । उनले आप्रबासीहरुको बिषयमा सुरक्षा परिषद्को बैठक लगत्तै पदबाट राजीनामा दिएको बताइएको छ । रक्षा मन्त्री हेंडेले आप्रवासीलाई रोक्नका लागि सीमामा पर्खाल निर्माण गर्न हंगेरी सरकार समक्ष बारम्बार आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप छ । अव हेंडेको राजीनामा लगत्तै इस्तवान सिमिक्स्को हंगेरीका लागि नयाँ रक्षा मन्त्री बन्ने छन् । यसैबीच सयौं आप्रवासी सर्वियाको सीमामा तैनाथ सुरक्षाकर्मीलाई छिचोल्दै हंगेरी प्रवेश गरेका छन् ।
Labels:
International
विद्रोही लडाकु र आइएसबीचको संघर्षमा ४७ जना मारिए
Written By Unknown on Sunday, September 6, 2015 | 2:48 AM
भदौ २० ।
सिरियाको मारिया शहरमा विद्रोही लडाकु र इस्लामिक अतिवादी समूह आइएसबीचको संघर्षमा ४७ जना मारिएका छन् । बेलायतको सिरिया अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा आइएसका २७ लडाकु छन् । रणनीतिक हिसाबले महत्वपूर्ण मानिने मारिया शहरलाई टर्की र अमेरिकीले आइएस मुक्त सुरक्षित क्षेत्र बनाउन खोजिरहेका छन् । गत महिना मारिया शहरमा आइएसले रसायनिक हतियार प्रयोग गरेको आरोप लगाइएको थियो । यसैबीच सिरियामा रसियाले आफ्नो सेनाको संख्या बढाउने घोषणाले त्यहांको स्थिति थप प्रतिकुल हुने भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।
Labels:
International
थाइल्याण्डमा संविधानको मस्यौदा अस्विकृत
भदौ २०
थाइल्याण्डमा सैन्य नेतृत्वले नियुक्त गरेको परिषद्ले विवादास्पद नयां संविधानको मस्यौदा अस्विकृत गरेको छ । २ सय ४७ सदस्यीय राष्ट्रिय सुधार परिषद्ले मस्यौदा अस्विकृत गरेको हो । अब अर्को मस्यौदा लेखनका लागि नयां समिति गठन गर्नु पर्ने भएपछि आमचुनावको मिति अनिश्चित बनेको छ । नयां संविधानको मस्यौदा तयार नपारेसम्म सैन्य सरकार शक्तिमा नै रहिरहने छ । अब नयां मस्यौदा लेखनका लागि नयां समितिलाई १ सय ८० दिनको समय दिइने छ र यसले तयार पारेको मस्यौदा जनमत सग्रहका लागि लगिनेछ । मुलुक संकटमा परेका बेला २३ सदस्यीय समितिले सरकार भन्दा माथि रहेर काम गर्न सक्ने व्यवस्था रहेको उक्त मस्यौदालाई लिएर व्यापक आलोचना भएको थियो । राजनीतिक अस्थिरता बढ्दै गएपछि सेनाले यिङलक शिनावत्राको निर्वाचित सरकारलाई गत वर्ष अपदस्थ गरेको थियो । सन् १९३२ मा सक्रिय राजसंस्थाको अन्त्य पछि पनि थाइल्याण्डमा धेरै पटक नयां संविधानको प्रयोग असफल भैसकेका छन् ।
Labels:
International