Home » » पाकिस्तानमा विस्फोट, १० जनाको मृत्यु

पाकिस्तानमा विस्फोट, १० जनाको मृत्यु

Written By Unknown on Sunday, September 13, 2015 | 7:53 PM


पाकिस्तानको पञ्जाव प्रान्तको मुल्तान शहरमा गरिएको विस्फोटमा कम्तीमा पनि दश जनाको मृत्यु भएको छ । विस्फोटबाट अन्य ५९ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । हिजो राति भएको सो विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । स्थानीय प्रहरी अधिकारीका अनुसार बम एउटा मोटरसाइकलमा ल्याइएको थियो । तर केही संचारमाध्यमले भने रिमोट कन्ट्रोलको मद्दतमा बम विस्फोट भएको विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएका छन् । एउटा मोटरसाइकल विद्युतीय रिक्सामा ठोक्किएपछि विस्फोट भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै केही संचारमाध्यमले जनाएका छन् । विस्फोट मुल्तानको एउटा बस पार्कमा भएको हो । घटनास्थलमा ठूलो खाडल बनेको छ । अस्पतालमा लगिएका घाइतेमध्ये केहीको अवस्था निकै गम्भीर रहेका कारण मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC