Home » » चेस खेलमा नेपाल उत्कृष्ट स्थानमा

चेस खेलमा नेपाल उत्कृष्ट स्थानमा

Written By Unknown on Sunday, September 6, 2015 | 8:54 PM


चेस खेलमा नेपालले उत्कृष्ट अवार्ड पाउने भएको छ । गएको बर्षभरीमा एसियन मुलुकहरुको तुलनामा उत्कृष्ट खेल तथा चेस खेलको विकासमा सकृयता देखाएको भन्दै एसियन चेस फेडेरेसनले नेपाललाई उत्कृष्ट अवार्ड दिन लागेको हो । अवार्ड वितरण कार्यक्रम आज  यूएईको स्थानिय समय अनुसार राती ८ बजेदेखि आबुधावीको नोभोटेल अल बुस्तान होटलमा हुँदैछ । सो अवार्ड ग्रहणका लागि नेपाल खेलकुद परिषदका सदस्य सचिव केशब विस्ट तथा नेपाल चेस एसोसिएसनका अध्यक्ष राजेश हरि जोशी यूएई आईसक्नु भएको छ । एसियन चेस फेडेरेसनले हरेक बर्ष चेस खेलका बिभिन्न विदामा अवार्ड प्रदान गर्दै आएको छ । यसपटक नेपालले चेसखेलमा उत्कृष्ट प्रदर्शन सहित राम्रो सकृयता देखाएको भन्दै फेडेरेसनले नेपाललाई सो अवार्ड प्रदान गर्न लागेको नेपाल चेस एसोसिएसनका अध्यक्ष राजेश हरि जोशीले उज्यालोलाई जानकारी दिनुभयो । अवार्ड वितरण कार्यक्रममा उपस्थित भएर नेपाली चेस खेलाडी र देश प्रतिको सद्भाव बढाई दिन यूएईमा कार्यरत नेपालीलाई नेपाल चेस एसोसीएसनले अनुरोध गरेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC