Home » » आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण हुँदै

आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण हुँदै

Written By RaAz Shah on Monday, November 30, 2015 | 8:17 AM

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको प्रयोग सुरु गर्ने भएको छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले आज दिउँसो स्मार्ट ड्राइभिङ लाइसेन्सको विधिवत् रुपमा उद्घाटन गर्नेछन् । पहिलो चरणमा काठमाडौं, लहान र लुम्बिनी क्षेत्रमा र त्यसपछि क्रमिक रूपमा अन्य क्षेत्रमा प्रयोगमा ल्याइने स्मार्ट कार्ड अत्याधुनिक प्रकृतिको हुनेछ । यसमा सवारी चालकका सबै रेकर्ड सुरक्षित राख्ने विशेष भण्डारण स्थल हुनेछ । यस्तै, स्मार्ट कार्डमा चालकले गरेका गल्ती र सजायको रेकर्डसमेत भण्डारण गर्न मिल्ने सुविधा छ । यस्तो कार्डवाहकको स्मार्ट लाइसेन्स ट्राफिक प्रहरी र स्थानीय प्रशासनले विशेष यन्त्रद्वारा जाँच गर्न सक्नेछन् । यस्तो कार्डको प्रयोगपछि नक्कली लाइसेन्सको प्रयोगको अन्त्य हुने विभागको दावी छ। स्मार्ट कार्डको प्रयोगबाट अहिलेको बिलबुक बोक्ने झन्झटबाट पनि मुक्ति
मिल्नेछ । कार्डमा नै वाहकको सबै रेकर्ड हुने भएकाले यस्तो कार्ड प्रयोगमा
आएपछि कार्डवाहकले बिलबुक बोक्नुपर्दैन । स्मार्ट कार्डको प्रयोगपछि नक्कली लाइसेन्सको प्रयोग रोकिने विभागको दाबी छ । एसियाली विकास बैंकको सहयोगमा स्मार्ट कार्ड प्रयोगमा ल्याउन लागिएको हो । पहिलो चरणका लागि एक लाख ६० हजार थान स्कार्ट कार्ड छापिएको विभागले जनाएको छ । विश्वका धेरै देशमा वर्षौंदेखि स्मार्ट कार्ड प्रयोगमा आएको भए पनि नेपालमा केही वर्षयता मात्रै यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको हो ।विभागका अनुसार स्मार्ट कार्डको समयमावधि १० वर्षको हुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको प्रयोग सुरु गर्ने भएको छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले आज दिउँसो स्मार्ट ड्राइभिङ लाइसेन्सको विधिवत् रुपमा उद्घाटन गर्नेछन् ।
पहिलो चरणमा काठमाडौं, लहान र लुम्बिनी क्षेत्रमा र त्यसपछि क्रमिक रूपमा अन्य क्षेत्रमा प्रयोगमा ल्याइने स्मार्ट कार्ड अत्याधुनिक प्रकृतिको हुनेछ । यसमा सवारी चालकका सबै रेकर्ड सुरक्षित राख्ने विशेष भण्डारण स्थल हुनेछ । यस्तै, स्मार्ट कार्डमा चालकले गरेका गल्ती र सजायको रेकर्डसमेत भण्डारण गर्न मिल्ने सुविधा छ । यस्तो कार्डवाहकको स्मार्ट लाइसेन्स ट्राफिक प्रहरी र स्थानीय प्रशासनले विशेष यन्त्रद्वारा जाँच गर्न सक्नेछन् । यस्तो कार्डको प्रयोगपछि नक्कली लाइसेन्सको प्रयोगको अन्त्य हुने विभागको दावी छ । स्मार्ट कार्डको प्रयोगबाट अहिलेको बिलबुक बोक्ने झन्झटबाट पनि मुक्ति मिल्नेछ । कार्डमा नै वाहकको सबै रेकर्ड हुने भएकाले यस्तो कार्ड प्रयोगमा आएपछि कार्डवाहकले बिलबुक बोक्नुपर्दैन ।
स्मार्ट कार्डको प्रयोगपछि नक्कली लाइसेन्सको प्रयोग रोकिने विभागको दाबी छ । एसियाली विकास बैंकको सहयोगमा स्मार्ट कार्ड प्रयोगमा ल्याउन लागिएको हो । पहिलो चरणका लागि एक लाख ६० हजार थान स्कार्ट कार्ड छापिएको विभागले जनाएको छ ।
विश्वका धेरै देशमा वर्षौंदेखि स्मार्ट कार्ड प्रयोगमा आएको भए पनि नेपालमा केही वर्षयता मात्रै यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको हो ।
विभागका अनुसार स्मार्ट कार्डको समयमावधि १० वर्षको हुनेछ । - See more at: http://www.etajakhabar.com/%e0%a4%86%e0%a4%9c%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f-%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%ad%e0%a4%bf%e0%a4%99/#sthash.AkETeRAA.dpuf
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC