रौतहटको चन्द्रनिगाहपुरमा मिनि ट्रक र मोटरसाइकल ठोक्किँदा ४ जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा रौतहटको औरहीयाका २३ वर्षीय विवेक सिंह, २६ वर्षीय कामोद साह, जय प्रकाश गुप्ता र सखुअवा धमौराका २६ वर्षीय रुपेश कुमार यादव छन्।
यादव, साह र सिंहको घटनास्थलमै र गुप्ताको उपचारका लागि चन्द्रनिगाहपुर अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी मनोज यादवले बताए।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको चार जना सवार रहेको ना३३प २०६८ मोटरसाइकल र गरुडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना५ख ९७९१ नम्बरको मिनि ट्रक चन्द्रपुर नगरपालिका-१३ बालचनपुर चोकमा आज बिहान ठोक्किएको थियो।
ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार भएकाले खोजीकार्य भइरहेको डीएसपी यादवले बताए।
Home »
» रौतहटमा ट्रक र मोटरसाइकल ठोक्किँदा ४ जनाको मृत्यु
Post a Comment