Home » » १२ औं चितवन हात्ती महोत्सव आजदेखी सुरु, वन मन्त्री सापकोटाले गरे समुद्घाटन

१२ औं चितवन हात्ती महोत्सव आजदेखी सुरु, वन मन्त्री सापकोटाले गरे समुद्घाटन

Written By RaAz Shah on Saturday, December 26, 2015 | 7:57 AM

‘समाज संरक्षण र समृद्धि’ भन्ने मुल नाराका साथ चितवनको पर्यटकिय नगरी सौराहामा आज(शनिबार)देखी १२ औं चितवन हात्ती महोत्सव सुरु भएको छ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा बाघमारा चौरमा सुरु भएको महोत्सवको वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटाले समुद्घाटन गर्नुभयो । उहाँले सिट्टि फुकेर हात्तीको दु्रत गतिको हिडाईको समुद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै मन्त्री सापकोटाले देश संकट परेको बेला महोत्सव आयोजना हुनुले नेपालको राम्रो सन्देश गएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रले ठूलो क्षति भोगेकाले पर्यटन क्षेत्रका विकासका लागि सरकार लागि पर्ने बताउनुभयो ।
भूकम्पपीडितहरुले अहिले सास्ती भोग्नु परेको छ । उहाँले सरकारको प्राथमिकतामा पर्यटन व्यवसाय, जलस्रोत, खानी उत्खनन्मा रहेको समेत बताउनुभयो । उहाँले चीन र भारतसंग ठूला उद्योग खोलेर प्रतिस्पर्धा गर्न नसक्ने भएपनि पर्यटन मार्फत विश्वका व्यक्तिहरुलाई नेपाल ल्याउन सफल भइने बताउनुभयो ।सरकारले चीनका पर्यटकलाई फ्रि भिषा दिने निर्णयले नेपालको पर्यटनमा ठूलो योगदान दिने बताउनु भयो । भारतको अघोषित नाकाबन्दीप्रति संकेत गर्दै मन्त्री सापकोटाले जस्तो सुकै कठिनाई भोग्नुपरे पनि तयार तर राष्ट्रियताको लागि कसैसंग नझुक्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो–“विश्वको जनमत नेपालको पक्षमा छ । सहमति तर्फ अघि बढिरहेको छ । अब समस्या छिट्टै समाधान हुन्छ ।” यस्तै हाल भईरहेको मधेस आन्दोलनप्रति जोड गर्दै मन्त्री सापकोटाले नयाँ संविधान मार्फत पहिचान स्थापित भईसकेकाले मधेसी मोर्चाको माग नै स्पष्ट नभएको टिप्पणी गर्नुभयो ।
अहिलेको संविधान समृद्ध, पूर्ण नभए पनि गणतन्त्रलाई संस्थागत, समानुपातिक समावेशी सिद्धान्तलाई मानेको आधारभुत कुराहरुलाई समेटेको बता संविउनुभयो । उहाँले नसमेटिएका कुराहरुलाई संविधान संसोधन गरि समाधान गर्नुपर्ने बताउनुभयो।
महोत्सव समुद्घाटन अघि आज विहान विभिन्न साँस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो ।
महोत्सव समुद्घाटन समारोहमा बोल्दै वन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले मौसम परिवतर्नले वन्यजन्तुमा समस्या उत्पन्न गराउने भन्दै वन जंगल संरक्षणमा लाग्न सबैमा आग्रह गर्नुभयो । उहाँले वन्यजन्तुको संरक्षण हुन सौराहाको पर्यटनमा वृद्धि हुने विश्वास समेत लिनुभयो ।
यस्तै सांसद रामकृष्ण घिमिरे र शेषनाथ अधिकारीले हात्ती महोत्सवले चितवनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । कार्यक्रममा होटल संघ नेपालका महासचिव विनय शाह, प्रमुख जिल्ला अधिकारी विनोदप्रकास सिंह, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल, युनाईटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष दीपक भट्टराई, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना, महोत्सवका संयोजक सुमन घिमिरेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महोत्सवमा हात्तीको दु्रत गतिको हिडाई, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल, गाडा दौड, टाँगा दौड, डुंगा दौड लगायतका प्रतियोगिताहरु हुने छन् ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागितामा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिने जनाईएको छ । महोत्सव यही पुस १५ गतेसम्म संचालन हुनेछ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC