जेठ १३, रत्ननगर । रिलेशन एफ एम ८८ मेगाहर्जको प्रथम बार्षिकोत्सवअन्तर्गत भइरहेको साताब्यापी कार्यक्रममा आज अन्तर बिद्यालय स्तरिय शिक्षक हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल उच्च माविको हलमा सम्पन्न प्रतियोगितामा रत्ननगर क्षेत्रका विभिन्न ८ बिद्यालयको सहभागिता रहेको थियो । निकै रोमाञ्चक र उदाहारणीय बनेको प्रतियोगितामा पञ्चकन्या बिद्या मन्दिर र.न.पा. २ टाँडिले प्रथम स्थान हासिल गर्न सफल भएका छन । त्यस्तै पीस भिजन ई. बोर्डिङ स्कुल र.न.पा. ११ जिरौना र अन्नपुर्ण शिशु निकेतन र.न.पा. २ टाँडि क्रमश द्धितिय र तृतिय हुन सफल भएका छन । बिजेता बिद्यालय हरुलाई जेठ १५ गते भन्य समारोहकाबीच पुरस्कार बितरण गरिने एफएमले जनाएको छ । प्रतियोगितामा सहभागि सम्पुर्ण टीमले हालसम्मकै फरक कार्यक्रम गरेकोमा रिलेशन एफएमलाई धन्यवाद दिएका थिए । सधै पाठ्यक्रममा आधारित रहेर अध्ययन गरिने हुदाँ बाहिरी ज्ञान खासै नहुने भए तापनि प्रतियोगितामा अत्यन्तै रमाइलो अनुभव गरेको सहभागि बिद्यालय बुद्धज्योति ई बोर्डिङ स्कुलका शिक्षक सुशिल मुखियाले बताउनुभयो । कार्यक्रममा सहभागि सबै बिद्यालयका शिक्षकहरुले एफएमको यस्तो कार्यक्रमले आफुहरु अत्यन्तै उत्साहित भएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरे ।
एफएमका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा सम्पन्न भएको प्रतियोगिता क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिशचन्द्र शर्माले सञ्चालन गर्नुभएको हो । प्रमुख अतिथि समेत रहनुभएका शर्माले यस्ता कार्यक्रमले सधै पाठ्यवस्तुमा केन्द्रित हुने शिक्षकहरुलाई बाहिरी ज्ञान लिन समेत प्रोत्साहन दिने बताउनुभयो । उहाँले रिलेशन एफएमले प्रथम बर्ष पार गरि दोस्रो बर्ष प्रवेश गरेकोमा शुभकामना समेत ब्यक्त गर्नुभयो । प्रतियोगितामा एफएमका अध्यक्ष अधिकारीले केहि भिन्न थालनी गर्नकै लागि शिक्षक शिक्षक बीच प्रतियोगिता राखिएको बताउनुभयो । त्यस्तै एफएमका प्रबन्ध निर्देशक रमेश लोहनीले शिक्षकहरुको उत्साहजनक उपस्थितीले आफुहरुलाई उर्जा मिलेको र अगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गरिरहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा एफएमका कार्यक्रम प्रस्तोता राजन दिल गूरुङले सहजीकरण गर्नुभएको थियो ।
साताब्यापी कार्यक्रमअन्तर्गत भोली खुल्ला गजल प्रतियोगिता र र अन्तर कर्मचारी म्युजिकल चियर प्रतियोगिता हुदैछ । भोलि बिहान एफएम परिसरमा सञ्चालन हुने गजल प्रतियोगितामा प्रतियोगिहरुको उल्लेख्य सहभागि रहने कार्यक्रमको संयोजक राज प्रणयले बताउनुभयो । एफएमले यहि जेठ १५ गते बृहत सांस्कृतिक कार्यक्रमका साथ आफ्नो पहिलो बार्षिकोत्सव मनाउदैछ । एफएम गत बर्ष जेठ १५ गतेबा प्रसारणमा आएको हो ।
Post a Comment