Home » » संवाद मञ्चको संयोजकमा बालकृष्ण

संवाद मञ्चको संयोजकमा बालकृष्ण

Written By Unknown on Wednesday, May 18, 2016 | 4:00 AM

भरतपुर, ५ जेठ । संवाद मञ्च चितवनको संयोजकमा अधिकारवादी बालकृष्ण पौडेलचयन भएका छन् । बुधबार भरतपुरमा सम्पन्न मञ्चको वैठकले पौडेललाई संयोजकमा चयन गरेको हो । एक वर्षअघि स्थानीय विवादका क्षेत्रहरु र सम्बन्धित क्षेत्रका विवादको अध्ययन, संवाद र समाधानमा पहल गर्ने उद्देश्यले प्रा।डा। ईश्वरीराज लौडारीको संयोजकत्वमा मञ्चको गठन गरिएको थियो । मञ्चमा संयोजकको पदावधि ६ महिना रहने व्यवस्था छ । लौडारीपछि मञ्चको संयोजकमा रमाकान्त सापकोटा थिए । सापकोटाले बुधबार नयाँ संयोजक पौडेललाई पद हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे । यसैगरी मञ्चको सहसंयोजकमा प्रेमप्रसाद गैरेलाई जिम्मेवारी दिइएको छ । 
चितवन जिल्लाका राजनीतिक दलहरुले सिफारिस गरेका सम्बन्धित विषयगत विधाका विज्ञ एवम् सामाजिक अध्येताहरुको सहभागितामा मञ्चको गठन गरिएको हो । जसमा स्थानीय शान्ति समिति चितवनका संयोजक, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष र नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्षलाई समेत पदेन सदस्य राखिएको छ ।   
पद हस्तान्तरण कार्यक्रममा संवाद मञ्च चितवनले अध्ययन, संवाद र समाधानमा पहल गर्ने उद्देश्यले विज्ञ तथा सहजकर्ता समूह निर्माण गर्ने निर्देशिका तयार पारेको छ । कार्यक्रमको समेत अध्यक्षता गरेका संयोजक रमाकान्त सापकोटाले प्रस्तुत गरेको निर्देशिकामाथि सहभागि सदस्यहरुले राय सुझाव पेश गरेका थिए । आएका सुझावका आधारमा निर्देशिकालाई अन्तिम रुप दिने सापकोटाले जानकारी दिए । निर्देशिका परिमार्जनसहित पारित गरिएको छ । 
कार्यक्रममा स्थानीय शान्ति समिति चितवनका संयोजक बद्रि तिमल्सिनाले विगतमा सम्वाद मञ्चले तय गरेका कार्यक्रमले पूर्व सूचनाका आधारमा चितवनका केही विवादलाई समाधान गर्न मद्दत गरेको बताए । शान्ति समिति र संवाद मञ्चको उद्देश्य समान भएकाले औपचारिक÷अनौपचारिक तवरबाट संयुक्त रुपले कार्यक्रम निर्धारण गर्न सकिने बताए । 
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवम् मञ्चका सचिव हरिप्रसाद पोखरेलले हालसम्मका गतिविधिले मञ्चलाई सबैका सामु परिचित गराउने काम गरेकाले अबका दिनमा सामाजिक सद्भाव प्रवद्र्धन गर्न तथा शान्तिपूर्ण, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि यसको भूमिका झनै अपरिहार्य रहेको बिचार व्यक्त गरे ।
युएनडीपी÷सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमका मध्यमाञ्चल संयोजक कृष्ण योगीले सबैको भावना समेट्ने खालको चिनारीका लागि सम्वाद मञ्चलाई नागरिक समाजको सशक्त संगठन बनाउनुपर्ने बताए । 
कार्यक्रममा चितवन जिल्ला अदालत बार एशोसियसन चितवनका अध्यक्ष चुडामणि सापकोटा, मञ्चका पूर्व संयोजक प्रा।डा। ईश्वरीराज लौडारीलगायतका सदस्यहरुले विवादसँग सम्बन्धित पक्षहरुका चित्त बुझ्ने शर्तमा मञ्चले समाधान खोज्नुपर्ने बताए । 
कार्यक्रममा नवनियुक्त संयोजक बालकृष्ण पौडेलले प्रकटित विवाद सुल्झाउन द्वन्द्व व्यवस्थापनका प्रचलित अध्यासहरु र समन्वयको बाटो अवलम्बन गर्न संवाद मञ्चले भूमिका प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC