Latest Updates!
Showing posts with label Literature. Show all posts
Showing posts with label Literature. Show all posts

मुक्तक: लक्ष्मण लामिछाने

Written By Rijan KC on Wednesday, August 26, 2015 | 9:57 PM

मुक्तक
जीन्दगी फुलै फुलको थुङ्गो हुदैन।
मनले पुजेको देवता ढुङ्गो हुदैन।।| हाँसि हाँसि सम्बन्ध जोड्रनेहरुले, कतिखेर तोड्छन भन्ने टुङ्गो हुदैन।।

लक्ष्मण लामिछाने
ककनी 3 नुवाकोट

'गजल' : लोचन पाण्डे 'फूलको थुँगा'

Written By Rijan KC on Tuesday, August 18, 2015 | 8:59 PM

'गजल'

- लोचन पाण्डे 'फूलको थुँगा' 
लम्कि चुहा न. पा.14 कैलाली नेपाल, 
हाल-मुम्मई भारत,
फेरी तुफान बने तिम्रा यादका सुस्केराहरू
सुभ बिहान बने तिम्रा यादका बछेराहरू

यो बिहान चिहानै नहुदोहो त खुसी लाग्थ्यौ
हो चिहान बने तिम्रा यादका डेराहरू

कहा देखिन्छर प्रकाश बिनाको उज्यालो
अन्तिम निदान बने तिम्रा याद का पटेराहरू

थाहा थिएन मौफिकमा मलाई झार्छौ भनेर
चिनजान बने तिम्रा यादका जचेराहरू

भन्दीनु है बादलपारी फूलको थुँगाको हाल
कति नुक्सान बने तिम्रा याद का पँखेराहरू

मुक्तक : लक्ष्मण लामिछाने

मुक्तक

त कहि कतै चुकेको हुनुपर्छ बा भन्दै थिए।
त्यसैले मुटु दुखेको हुनुपर्छ बा भन्दै थिए।।
सगैको यात्रामा तैले जस्लाइ जीन्दगी सुम्पिस्,
उसैले तेरो जीन्दगी चुसेको हुनुपर्छ बा भन्दै थिए।।

- लक्ष्मण लामिछाने, ककनी नुवाकोट
हाल काठमाण्डौँ

मुक्तक : महेश विश्वकर्मा



मुक्तक

प्रितीको फूल अन्तै सार्छ्यौ त के भनु
मलाई जिउन न मर्नु पार्छ्यौ त के भनु
जति माया हुन्छ त्यति कर कहा हुन्छ र
मेरो चोखो माया मार्छ्यौ त के भनु

- महेश विश्वकर्मा, हजारी पाटन बैतडी
Puja Saving & Credit Co-operative Ltd.
 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC