काठमाडौं, असार १२ - कुकुरमाथि एसिड
प्रहार गरिएको विरोधमा काठमाडौंमा शनिबार प्रदर्शन भएको छ । काठमाडौंको
नरदेवीमा केहि दिनअघि दुई वटा कुकुरमाथि एसिड प्रहार गरिएको विरोधमा कुकुर
प्रेमि युवा युवतीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले मानिसको जस्तै कुकुरको पनि
बाँच्न पाउने अधिकार भएको भन्दै कुकुरलाई एसिड प्रहार नगर्न र विष हालेका
खानेकुरा नदिन सबैसँग आग्रह गरेका छन् । विरोध प्रदर्शनमा सहभागी मध्येकी
एक स्नेहा श्रेष्ठले भन्नुभयो ‘धेरै ठाउँमा जनवरमाथि अत्याचार हुने गरेको छ
। जनावरलाई अत्याचार गर्नु हुँदैन भनेर जनचेतना जगाउन हामीले यो प्रदर्शन
गरेका हौं ।’
तिहारमा चाहिँ कुकुरको पूजा गर्ने हामीले
हरेक दिन कुकुरलाई त्यसै गरी माया गरेर खानेकुरा खान दिनु पर्नेमा
प्रदर्शनका सहभागीहरुले जोड दिएका छन् ।
कुकुरप्रेमी युवायुवतीहरुले शनिबार दिउँसो
काठमाडौको किलागल, भेडासिं, इन्द्रचोक, हनुमानढोकालगायतका क्षेत्रमा
प्रदर्शन गरे । एसिड छ्यापेर घाइते भएका कुकुरलाई अहिले आफूले उपचार
गरिरहेको श्रेष्ठले बताउनुभयो । उहाँले घाइते तथा विरामी परेका कुकुरको पनि
उपचार र हेरचाह गर्दै आउनुभएको छ ।
Post a Comment