Latest Updates!
Showing posts with label Amazing. Show all posts
Showing posts with label Amazing. Show all posts

राती मर्ने, दिउँसो बाच्ने यी बालकहरु

Written By Unknown on Saturday, May 7, 2016 | 11:08 PM

क्वेटा–पाकिस्तानको बलुचिस्तान राज्यस्थित क्वेटामा बसोबास गर्ने रासिद, इलियास र सोएबलाई अचम्मको रोग छ । सूर्यास्त हुनेबित्तिकै उनीहरूको शरीरले अचानक काम गर्न बन्द हुन्छ । क्वेटाभन्दा १५ किमि टाढा मियाँकुन्डी गाउँमा बसोबास गरिरहेका यी तीन जना दाजुभाइलाई लागेको रहस्यमय रोगका कारण पाकिस्तानका चिकित्सकहरू छक्क मात्रै छैनन्, उपचार गर्न नसकेर हैरानसमेत भएका छन् ।
सोएब एक वर्षका भए । उनलाई त अचानक हातगोडाले किन काम गर्दैनन् भन्ने पनि थाहा छैन । ९ वर्षका रासिद र १३ वर्षे इलियासलाई भने यो तनाव झेलिसकेका छन् र हरेक रात मर्ने अवस्थाबाट गुज्रनु पर्दा पीडामा छन् ।क्वेटाको एउटा आइटी युनिभर्सिटीमा सुरक्षा गार्डका रुपमा काम गर्ने हासिमका लागि सूर्योदयको ठूलो अर्थ छ । उनी चाँडै सूर्योदय होस् भनी हरेक दिन कामना गर्छन् । किनभने सूर्योदयसँगै उनका तीन छोरा 'ब्युँतन्छन्' ।

पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका चान्सलर डाक्टर जावेद अक्रम भन्छन्, 'यस्तो त संसारमै सुनिएको थिएन ।' पाकिस्तानी अखबार डनसँग कुरा गर्दै उनले भने, 'मेडिकल साइन्सका लागि यो विषय रहस्यमय कुरा नै भयो ।' यी तीन बालक सूर्यास्त हुनेबित्तिकै आलसतालस हुन्थे र लगभग मरेतुल्य हुन्थे । तिनका बुवा हासिम भन्छन्, 'गाउँलेहरूले मेरा केटाहरूको नाउँ नै सौर्यऊर्जा राखिदिएका छन् ।'

२७ पाकिस्तानी र १३ अन्तर्राष्ट्रिय चिकित्सकहरूको एउटा टोलीले यी बालकहरूको अवस्थामा शोध गरिरहेका छन् । तर यो रोग नै के हो भन्ने कुरा नबुझेर ती शोधकर्ता हैरान छन् । जुन दिन अलि ढिलासम्म सूर्य निस्कँदैन, तिनीहरू ब्युँतन पनि समय लाग्छ । जुन दिन राम्रोसँग घाम लाग्छ, तीनै बच्चाको दिनचर्या सामान्य बन्छ ।

हासिम भन्छन्, 'मेरा छोरा घाम लागेका बेला क्रिकेट खेलिरहेको देख्दा अपार खुसी लाग्छ । ठूलो छोरोले त आमालाई काममा सघाउँछ पनि । तर घाम लागुञ्जेल मात्र ।' छोराहरूको अवस्थाका बारेमा कुरा गर्न थाल्यो कि तिनकी आमाको आँखाबाट आँशु तप्प चुहिन थालिहाल्छ । छोराको अवस्थाबारे हासिम भन्छन्, 'भोलिपल्ट बिहान छोराहरू अचानक नउठिदिने पो हुन् कि भन्ने पीरले मन कटकटी खान्छ ।' नागारिक बाट

अमेरिकी युवतीको अनौठो दाबीः एलियन्ससँग सम्भोग गरी जन्माए १३ बच्चा

Written By Rijan KC on Monday, January 25, 2016 | 6:13 AM

एलियन्स अर्थात् अर्को ग्रहबाट आएको प्राणी । यस्तो एलिएन्सको अस्तित्व छ कि छैन भन्ने कुरा अहिलेसम्म पनि अपुष्ट नै छ र यो विषयमा दुनिया अफवाह तथा अनुमानकै भरमा चलिरहेको छ । तर अमेरिकाका दुइजना युवतीको कुरा सुन्ने हो भने अनौठो मात्र होइन जिउ नै सिरिंग हुन्छ । यी दुइ युवतीहरुले एउटा झसँगै पार्ने खालको दाबी गरेका छन् ।

आफुहरुले एलियन्ससँग यौन सम्पर्क गरेर १३ जना बच्चा जन्माइसकेको दाबी उनीहरुको छ ।

अमेरिकाको लस एन्जल्स सहरमा बस्ने बि्रगेट निलसन एरिजोना तथा एलुना वर्सले यस्तो दाबी गरेका हुन् । साथै उनीहरुले एलियन्स सँगको यौन सम्पर्क निकै आनन्ददायी भएको र अहिलेसम्मकै सुखद अनुभुति गरेको बताएका छन् ।

आफुहरुले एलियन्ससँगको सम्बन्धबाट जन्माएका बच्चाहरु अहिले एलियन्स सँगै अन्तरीक्षमा बसोबास गरिरहेका उनीहरुको जिकिर छ । पृथ्वीमा आउने एलियन्सहरुले महिलाहरुको इच्छा बमोजिम नै उनीहरुलाई लिएर जाने र यौन सम्बन्ध राख्ने निलसन बताउँछिन् ।

एलियन सँग जान नचाहने र यौन सम्पर्क गर्न नचाहने महिलालाई भने एलियनले नलैजाने उनी बताउँछिन् । आफु आफ्ना बुवासँगै घरमा बस्ने भएपनि सधैजसो आफ्नो एलियनसँग सम्पर्क कायम गर्ने उनको दाबी छ ।

यी दुइ महिलाले आफुले एलियनसँगको सम्बन्धबाट जन्माएका बच्चा भन्दै केही चित्र समेत कोरेका छन् । ती चित्रमा बच्चाको अनुहार मानिसकै जस्तै देखिन्छ तर आँखा निकै कालो तथा ठूला छन् । यी युवतीहरुको अनौठो दाबी सही वा गलत के हो ? त्यो प्रमाणित गर्ने कुनै सबुत भने छैन ।

दुनियाकै लामो कपाल भएको गाउँ, जहाँ महिलाको कपाल हेर्नकै लागि आउँछन् हजारौँ पर्यटक

Written By Unknown on Thursday, July 30, 2015 | 6:23 AM

साउन १४
पर्यटन प्रवर्द्धनका अनेक तरिका हुँदा रहेछन् । एउटा गाउँ गाउँले महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् । खबर हो चीनको । गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १।४ मिटर देखि २।२ मिटरसम्म छ । महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् । यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । महिलाहरु प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित हुन्छन् । यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।




रोचक कुरा त के भने यो गाउँमा सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो । कपाल नुहाउँदा समेत निलो स्कार्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ ।

विश्वकै सबैभन्दा ठूलो जुम्बा क्लास, १३ हजार जना एकसाथ नाचे सडकमा


साउन १२ 

गएको हप्ता फिलिपिन्सको मन्दालुयोंग सहरको सडक पहेँलपूर भयो । पहेँलो टिसर्ट लगायतका युवायुवतीहरु एकाएक सडकमा उफ्रिन थाले, नाच्न थाले । तर त्यो कुनै आन्दोलन थिएन ।  झण्डै तेह्र हजार जना एकसाथ सडकमा उत्रिएर जुम्बा नाच्दै विश्वकिर्तिमान कायम गरे । विश्वको सबैभन्दा वृहत जुम्बा कक्षाको आयोजना गरी मन्दालुयोंग सहरले गिनिज बुकमा नाम लेखाएको छ । जुम्बामा एकसाथ १२ हजार ९७५ जना नाचेका थिए । एकनासको पहेँलो टिसर्ट लगाएका  मन्दालुयोंगका फिटनेस प्रेमीहरुले देशको सिबु सहरको किर्तिमान भंग गर्न सफल भए । सन् २०१४ को अक्टोबरमा सिबुमा एकसाथ ८ हजार २ सय ३२ जनाले जुम्बा नाचेका थिए ।
विहान साढे ६ बजे सुरु भएको जुम्बा नाचका क्रममा सडकका विभिन्न ठाउँमा व्यवसायिक जुम्बा नर्तकहरु मन्चमाथि नाचिरहेका थिए भने तल सडकमा पहेँलो टिसर्टधारीहरु मन्चका गुरुलाई पछ्याएर उप्रिmरहेका थिए । मार्टिनेस सडकमा भएको जुम्बा नाच ननस्टप आधा घण्टासम्म चल्यो । जुम्बा कक्षा सकिएसँगै गिनिज बुक अफ वल्र्ड रेकर्डस्का पदाधिकारी एलान पिक्सेले विश्वकिर्तिमानीको घोषणा गर्दा आधा घण्टा उफ्रिएर थाकेका सहभागीहरु गदगद भए । सहरका मेयर बेन्हुर एबालेसको जन्मदिनको दिन पारेर उक्त किर्तिमानी जुम्बा नाचको आयोजना गरिएको थियो । मेयर एबालेसले हालै राष्ट्रसंघीय लोकसेवा अवार्ड हात पारेका छन् । नगर सरकार तथा मेन्दालुयोंग पोषण समितिले संयुक्त रुपमा उक्त जुम्बाको आयोजना गरेका थिए । स्मरण रहोस् कोलम्बियामा सुरु भएको जुम्बा पछिल्लो समयमा विश्वभर नै लोकप्रिय व्यायाम बन्दै गएको छ । जुम्बामा साम्बा, साल्सा, हिपहप तथा अन्य प्रकारका नाचको मिश्रण हुन्छ ।

एउटा ब्वायफ्रेण्डको लागि दुइ युवतीको सडकमै घमासान


साउन १४

अहिलेसम्म केटीका लागि केटाहरुबीचमा लडाइँ झगडा भएको कुरा त सुनिएकै हो । एउटा युवतीलाई दुइ तिनजना युवकले मन पराउँदा युवकहरुबीच केटी काण्डमा काटमार समेत हुने गरेको सुनिएको छ । तर एउटा केटाका लागि दुइजना अविवाहित केटीहरुबीच घमासान लडाइँ परेको कुरा भने सायद नौलो नै लाग्ला । हालै यस्तै घटना भएको छ र दुइजना युवतीहरुको  ब्वायफ्रेण्डको विषयलाई लिएर मध्यसडकमा कुटाकुट गरेका छन् । भारतको उत्तरप्रदेशस्थित मेरठको नयाँबस्ती क्षेत्रमा दुइ युवतीहरुबीच एउटा केटाको विषयलाई लिएर सडकमै घमासान मच्चियो । त्यस क्रममा एक युवतीले अर्कीलाई जमेर धुलाई गरिन् । युवतीहरुबीच लडाइँ भएको देखेर हेर्नेको भिड लाग्यो । केटाकाण्डमा सडकमा युद्ध गर्ने दुबैजना युवतीको नाम खुलेको छैन । तर ती मध्ये एक उग्र युवतीले  भने माधवपुरम सेक्टरमा मोबाइल पसलमा जागिर गर्ने गरेको र उनको प्रेमी अर्कै केटीसँग सल्किएपछि रिसले आगो हुँदै सडकमै मारपिटमा उत्रिएको बताइएको छ । एकदिन आफ्नो प्रेमीले अर्कै केटीलाई बाइक चढाएर घुमाएको देखेपछि ती युवतीले ब्वायफ्रेण्डसँग सल्किएकी केटीको खोजी सुरु गरेकी थिइन् । गत बिहिबार पुनः ती युवती अर्कै युवतीको प्रेमीसँग घुमफिरमा थिइन् । अचानक आफ्नो प्रेमीसँग उहीँ केटी घुमेको देखेपछि ती युवती तत्कालै बाटेमा गइन् र उनीहरुलाई रोकिन् । उनले आफ्नो प्रेमीसँग नहिड्नका लागि केटीलाई चेतावनी दिइन् । तर ती केटीले मान्नेवाला थिइनन् । अरुको ब्वायफ्रेण्डसँग नहिँड् भन्दा नमानेपछि ती युवती दोश्री केटीमाथि आक्रमणमा उत्रिइन् । दुइ युवतीबीच कुटपिट बढेपछि त्यहाँ हेर्नेको भिड लाग्यो । धन्न मानिसहरुले हस्तक्षेप गरेर लडाँइ साम्य पारे । समाचार अनुसार आफ्नो ब्वायफ्रेण्डसँग हिँडेको भन्दै आक्रमण उत्रिने ती युवती स्थानीय एक रक्सी तस्करकी बहिनी हुन् । उनले पिटपाटका क्रममा आफ्नो दाजुको नाम लिएर अर्की केटीलाई धम्काउने समेत गरेकी थिइन् । फेरी आफ्नो प्रेमीसँग देखेमा नराम्रो हुने धम्की समेत उनले दिइन् ।


विवाह पार्टीमा ढिलो आएमा बेहुला बेहुलीलाई जरिवाना

Written By Rijan KC on Wednesday, July 1, 2015 | 4:04 AM

विवाहको दिन बेहुला बेहुलीको महत्व नै बेग्लै हुन्छ र र उनीहरुलाई बाधा विरोध गर्ने वा कुनै कुरामा रोकतोक वा सजाय दिने भन्ने कुराको गुन्जायस नै हुँदैन । तर भारतको भोपालस्थित एक गाउँमा भने दुलाहा दुलहीलाई नै जरिवाना गर्ने कानून बनेको छ । भोपालस्थित सिन्धी केन्द्रीय पन्चायतले विवाहपछिको रिसेप्सन पार्टीमा ढिलो उपस्थित हुने बेहुला बेहुलीमाथि आर्थिक जरिवाना गर्ने नियम बनाएको छ । वैवाहिक कार्यक्रम ढिलो गरी सुरु गर्नुपनि बिहेघरको लागि भारी पर्न सक्नेछ । 

विवाह कार्यक्रम ढिलो सुरु गर्ने वा विवाहको पार्टीमा बेहुला बेहुली ढिलो उपस्थित भएमा सम्बन्धित परिवारले ५ हजार भारु जरिवाना तिर्नुपर्नेछ । उक्त रकम सम्बन्धित क्षेत्रको गाउँ पन्चायतको राजश्वमा दाखिला हुने बताइएको छ । केन्द्रीय पन्चायतले मृत्युभोजमा फजुल खर्च गर्नमा समेत प्रतिबन्ध लगाएको छ । गत आइतबार सिन्धी केन्द्रीय पन्चायत बैठकले यस्तो निर्णय लिएको बताइएको छ । 

विवाहमा नाचगान, गाउने तथा बजाउने सबै कामहरु वैवाहिक स्थलभित्र मात्र गर्नुपर्ने पनि नियम बनाइएको छ । विवाहको अवसरमा सडक बाटोमा युवतीहरुको नाच देखाउन पनि बन्देज लगाइएको छ । अब बिहे घर वा पार्टीस्थिलमा मात्र महिला डान्स प्रस्तुत गर्न पाइनेछ । विभिन्न परम्परागत समारोहहरुमा हुने गरेका विकृती विसंगती तथा फजुल खर्च रोक्नका लागि यस्तो नियम बनाइएको बताइएको छ ।

दुनियामा पहिलोपटक यसरी भयो रोबोटको विवाह

अब मानवको मात्र होइन यन्त्रमानवको पनि बिहे हुने दिन आएको छ । यन्त्रमानव अर्थात् रोबोट निर्माणको अग्रणी देश जापानले विश्वमै पहिलोपटक एक जोडी रोबोटको भव्य रुपमा विवाह गरिदिएको छ । जापानको राजधानी टोकियोमा यो अनौठो विवाह सम्पन्न भयो । रोबोट बेहुलाको नाम फ्रायोस थियो भने बेहुलीको नाम युक्रिन । दुबैले परम्परागत जापानी पहिरन लगाएका थिए । मावा डेन्की नामक कम्पनीले रोबोट विवाह कार्यक्रमको आयोजना गरेको हो । इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने कम्पनी मावाले फ्रायोस रोबोटको डिजाइन गरेको थियो । युक्रिनको अनुहार जापानकी पप स्थार युकी काशीवागीको जस्तै छ । तथापि विवाह समारोहमा बेहुली रोबोटलाई रोबोरिन भनेर पनि सम्बोधन गरियो । कपिराइटको कानूनी झमेलाबाट बच्नका लागि यसो गरिएको बताइएको छ ।


उक्त रोबोट विवाहमा पाहुनाहरुलाई आमन्त्रण गर्नका लागि विवाह कार्ड पनि छपाइएको थियो । जहाँ एउटा मुटुभित्र दुइवटा रोबोटको चित्र अंकित थियो । यो विवाह समारोहमा बेहुला बेहुली मात्र होइन जन्तीहरु पनि रोबोट नै थिए । दुबै तर्फका गरी झण्डै १ सय वटा रोबोट जन्ती विवाहमा उपस्थित थिए । जसमध्ये धेरैले परम्परागत पहिरन लगाएका थिए । प्रसिद्ध कम्पनी सफ्टब्यांकले बनाएको रोबोट पाइपर पनि त्यहाँ उपस्थित थियो र उसैले रोबोट विवाह सम्पन्न गर्यो । विवाह समारोह पछि फ्रायोसयोस र युक्रिनले संयुक्त रुपमा केक काटे र एक अर्कामा चुम्बन पनि गरे । उक्त केक सक्कली थियो वा नक्कली त्यो भने खुलाइएन । विवाह पछि अटोमेटेड अर्केस्ट्राले बेहुला बेहुलीका लागि पहिलो नाचको लागि संगीत बजाएको थियो । विवाह समारोहको संचालक पनि एउटा सानो रोबोट नै थियो । पाल्मी नामक उक्त रोबोटले माइकमार्फत कार्यक्रम संचालन गर्यो । बेहुली युक्रिनको साथमा एक रोबोट लोकन्ती पनि उपस्थित थियो । 

मलेसियाले बनायो बच्चा जन्माउँदा महिलाले लगाउने ट्राउजर

Written By Rijan KC on Sunday, June 28, 2015 | 7:28 PM

बच्चा जन्माउँदा समेत महिलाहरुले सुरुवाल लगाउने ! यो कत्तिको सम्भव होला, आफ्नो ठाउँमा छ । तर मलेसियाको एक कम्पनीले भने बच्चा जन्माउने व्यथा लागेपछि महिलाले लगाउने सुरुवाल तयार पारेको छ ।
मले मेल नामक वेबसाइटका अनुसार यो ट्राउजर विशेष गरी मुस्लिम महिलाहरुप्रति लक्षित छ, किनकी मुस्लिम महिलाहरुमा आफ्नो सरीरको नांगो भाग अरुलाई देखाउनु हुँदैन भन्ने मान्यता छ, चाहे त्यो सुत्केरी हुने बेलामै पनि किन नहोस् ।

सोही कारणले बच्चा जन्माउने बेलामा समेत सरीरका तल्लो भागहरु छोपियोस् र बच्चा जन्माउनमा समेत कुनै बाधा नहोस् भनेर कम्पनीले बच्चा जन्माउने बेलामा महिलाले लगाउने ट्राउजरको उत्पादन गरेको हो । यो सुरुवाल झ्वाट्ट हेर्दा ट्रयाकसुटको ट्राउजर जस्तै देखिएपनि यसमा एउटा प्वाल हुन्छ, जसबाट बच्चा जन्मिएपछि बाहिर निस्किन सकोस् । मामा प्राइड कम्पनीले उत्पादन गरेको यो पूरै लामो बाउला भएको सुरुवाले सुत्केरीको पूरै खुट्टा ढाक्दछ । यसको मूल्य ११९ रिंगिट तोकिएको छ ।
कम्पनीले आफ्नो फेसबुक पेजमा भनेको छ, ‘बच्चा जन्माउँदा महिलाको आत्मसम्मान तथा अस्मितालाई कुनै ख्याल गरिँदैन । महिलाका पिँडौला, तिघ्रा, घुँडा लगायतका भागहरु आवश्यक नपरेपनि नांगै पारेर देखाइन्छ ।’
पछिल्लो समयमा महिलाको पहिरनको विषय मलेसियामा निकै बहस तथा विवादको विषय बन्दै आएको छ । कतिपय महिलालाई उनीहरुले लगाएको स्कर्ट छोटो भएको भन्दै सार्वजनिक भवन तथा स्थानहरुमा त्यहाँका सुरक्षागार्डले प्रवेश नदिने तथा पूरै जिउ ढाक्ने लुगा लगाउन निर्देशन दिने गरेका घटना समेत सार्वजनिक भएका छन् ।
यो महिनाको सुरुमा मलेसियाली स्वर्णपदक विजेता जिम्न्यास्टिक खेलाडि फराह आन हादीले पनि प्रतियोगिताका दौरान लगाएको लुगाकै कारण अनलाइन तथा इस्लामिक समूहहरुबाट आलोचना भोग्नुपर्यो । सिंगापुर सी गेम्सका क्रममा उनले लगाएको पहिरन निकै छोटो भएको र सरीरका संवेदनशील अंगहरु समेत देखाएको आरोप उनीमाथि लाग्यो ।
तर सेलेंगरका सुल्तानले भने उनलाई समर्थन गरे र उनको सफलतामा सबैले खुसी मनाउनुपर्ने र पहिरनका विषयमा आलोचना गर्न नहुने बताएपछि उनी केही मात्रामा ढुक्क भइन् ।

कुकुरलाई एसिड छ्यापेकोमा विरोध प्रदर्शन

काठमाडौं, असार १२ - कुकुरमाथि एसिड प्रहार गरिएको विरोधमा काठमाडौंमा शनिबार प्रदर्शन भएको छ । काठमाडौंको नरदेवीमा केहि दिनअघि दुई वटा कुकुरमाथि एसिड प्रहार गरिएको विरोधमा कुकुर प्रेमि युवा युवतीहरुले प्रदर्शन गरेका हुन् । 
उनीहरुले मानिसको जस्तै कुकुरको पनि बाँच्न पाउने अधिकार भएको भन्दै कुकुरलाई एसिड प्रहार नगर्न र विष हालेका खानेकुरा नदिन सबैसँग आग्रह गरेका छन् । विरोध प्रदर्शनमा सहभागी मध्येकी एक स्नेहा श्रेष्ठले भन्नुभयो ‘धेरै ठाउँमा जनवरमाथि अत्याचार हुने गरेको छ । जनावरलाई अत्याचार गर्नु हुँदैन भनेर जनचेतना जगाउन हामीले यो प्रदर्शन गरेका हौं ।’
तिहारमा चाहिँ कुकुरको पूजा गर्ने हामीले हरेक दिन कुकुरलाई त्यसै गरी माया गरेर खानेकुरा खान दिनु पर्नेमा प्रदर्शनका सहभागीहरुले जोड दिएका छन् ।
कुकुरप्रेमी युवायुवतीहरुले शनिबार दिउँसो काठमाडौको किलागल, भेडासिं, इन्द्रचोक, हनुमानढोकालगायतका क्षेत्रमा प्रदर्शन गरे । एसिड छ्यापेर घाइते भएका कुकुरलाई अहिले आफूले उपचार गरिरहेको श्रेष्ठले बताउनुभयो । उहाँले घाइते तथा विरामी परेका कुकुरको पनि उपचार र हेरचाह गर्दै आउनुभएको छ ।

गर्लफ्रेण्डले धोका दिएपछि युवकले के गरे

Written By Rijan KC on Monday, June 22, 2015 | 12:11 AM

आफ्नो प्रेमिकाले धोका दिएपछि एक प्रेमीले यस्तो कृत्य गरे की सुन्दा पनि अनौठो लाग्छ । गर्लफ्रेण्डले धोका दिएर गएपछि ती व्यक्तिले आफ्नी धोकेबाज प्रेमिकालाई सबै चिज आधा मात्र फिर्ता गर्ने निधो गरे जो उनीहरुले पहिले मिलेर किनेका थिए ।

ती जर्मन युवकले आफ्नी भुपु प्रेमिकासँग मिलेर किनेका सबै सामानहरु आफुले नै राख्न चाहेनन्, न त सबै उनलाई फिर्ता गर्न चाहे । उनले भुपु प्रेमिकालाई सँगोलमा किनेका सामानहरुको आधा हिस्सा मात्र दिने फैसला गरे । त्यसपछि उनले सँगोलमा किनेका सामानहरु आधा-आधा गर्न सुरु गरे । यसका लागि उनले आफ्नो घरमा रहेका टिभी, आइफोन, ल्यापटप मात्र होइन कार समेत आराले काटेर आधा आधा बनाए । त्यसपछि सबै सामानको आधा भाग हुलाकमार्फत भुपु प्रेमिकाको घरमा पठाइदिए ।
आधा सामान धोकेबाज प्रेमिकालाई पठाएपछि आफ्नो घरमा बँचेका सबै आधा-आधा सामानलाई उनले अनलाइन खरीदबिक्री साइट इबेमा राखिदिए । त्यसका साथै उनले आफ्नी भुपु प्रेमिकाप्रति समर्पित गर्दै एउटा भिडियो यु ट्युबमा अपलोड पनि गरे जसमा उनले आफ्ना सरसामानहरु आधा आधा बनाउन काटिरहेका थिए । भिडियोमा क्याप्सन दिइएको छ ‘सुन्दर १२ वर्षका लागि तिमीलाई धन्यवाद, लाउरा । तिमीले साँच्चीकै आधा कमाएकी हौ ।’

इ बे मा बिक्रिमा राखिएका उनका सामानमध्ये अधिकांसको मूल्य १ डलर राखिएको छ । तर एप्पल म्याकबुकको आधा भागको मूल्य भने ९.५ युरो तोकिएको छ ।


एसियाको सबैभन्दा सफा गाउँ, जहाँ छोरालाई अभागी मानिन्छ

Written By Rijan KC on Sunday, June 14, 2015 | 7:53 PM

beauti-full-gau
के तपाइँले यस्तो गाउँको बारेमा सुन्नुभएको छ ? जहाँ छोराहरुलाई अभागी मानिन्छ ? सायद छैन होला । महिलाहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा बाँच्न बाध्य बनाउने परम्परागत समाजमा छोराहरुको स्थान सधै उच्च रहने गरेको देखे भोगेकाहरुका लागि यो पत्याउनै नसकिने कुरा हो । तर हाम्रै छिमेकी देश भारतको एउटा गाउँ यस्तो छ जहाँ छोराहरुलाई अभागी मानिन्छ ।

भारतको मेघालयस्थित मावलीनग गाउँ यस्तो अनौठो सभ्यतायुक्त गाउँ हो । आदिम खासी जनजातीको बसोबास रहेको यो गाउँको जनसंख्या ५ सय जति छ ।

यो गाउँमा मातृसत्तात्मक व्यवस्था छ र महिलाहरुले राज गर्दछन् यहाँ । पुरुषहरुको प्रभुत्व नामेट छ । छोराछोरीहरुको थर बुवाको होइन आमाको राखिन्छ ।

यो गाउँ एसियाको सबैभन्दा सफा गाउँ पनि हो र यसलाई भारतको गौरव तथा इश्वरको बगैँचा पनि भनिन्छ । यहाँका बालिका, किशोरी तथा महिलाहरु तलाउ तथा झरनाहरुमा खेलिरहेका भेटिन्छन्, परी जस्तै ।

यहाँ पुरुषहरुको हैकम शुन्य छ, त्यसैले यहाँका पुरुषलाई अभागी मानिन्छ ।  महिलाहरुलाई कुनैपनि कुरामा रोकतोक छैन र परम्पराको बन्देज पनि छैन । यो गाउँका हरेक महिलाहरु कामकाजी छन् र परिवारको आयमा आफ्नो योगदान पूराइरहेका हुन्छन् ।

यो गाउँमा परिवारकी कान्छी छोरी सबैभन्दा पुज्य, महत्वपूर्ण तथा पि्रय हुन्छिन् र कान्छी छोरीलाई नै धन तथा सम्पत्तिको हकदार मानिन्छ । बाबुबाट छोरामा सम्पत्तिको हकमा सर्नुको साटो आमाबाट छोरीमा पैत्रिक सम्पत्तिको हक हस्तान्तरण हुन्छ । अधिकांस भूमिमा महिलाकै हक रहेको छ ।

यो समुदायका युवतीहरुलाई आफुलाई मन परेको केटा रोजेर बिहे गर्ने पूर्ण छुट छ । हिलाहरुलाई आफुखुसी सम्बन्ध विच्छेद गर्ने तथा एक्लै बस्न पाउने हक पनि छ ।

यो गाउँको साक्षरता दर शत प्रतिशत रहेको छ । तर यो गाउँका पुरुषहरु भने बेखुस छन् । परिवार तथा समाजमा आफ्नो भूमिकाको अवमूल्यन भएको, महिलाहरुले हेप्ने गरेको भन्दै यहाँका युवा तथा प्रौढ पुरुषहरु जाँडरक्सी खाने तथा कुलततर्फ पनि लाग्ने गरेको पाइएको छ । यो गाउँमा पुरुषहरुको मृत्युदर पनि महिलाको भन्दा उच्च छ ।

यहाँ पुरुषको अधिकार खोज्दै विभिन्न पुरुष समूहहरु पनि गठन भएका छन् । मेघालयको राजधानी सिलोंगमा मुख्यालय रहेको पुरुष अधिकारवादी संस्था सिंगखोङ रिम्पेइ थेमाइको अभियानप्रति यो गाउाका धेरै युवाहरुले एक्येबद्धता जनाउन थालेका छन् ।
Puja Saving & Credit Co-operative Ltd.
 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC