Home » » काँग्रेसका जिल्ला सभापतिको भेला भोलि

काँग्रेसका जिल्ला सभापतिको भेला भोलि

Written By Rijan KC on Wednesday, July 1, 2015 | 4:11 AM

काठमाडौ, असार १६ - नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला भोलि पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । पार्टीको आसन्न १३ औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापतिहरुको चालु कार्यकाल सकिनै लाग्दा सभापतिहरुबीच एकआपसमा अन्तक्र्रिया गर्न भेलाको आयोजना गरिएको बताइएको छ ।
नेपाली काँग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार भोलि विहान ११.०० बजेदेखि सुरु हुने भेलामा पार्टीको मौजुदा विधानलगायतका विषयमा छलफल गरिनेछ ।
संवैधानिक रुपमा अनिवार्य गर्नुपर्ने पार्टीको महाधिवेशन र गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि वर्षातको समयमा हुन लागेको महाधिवेशनलाई पार्नसक्ने प्रभावलगायतका विषयमा छलफल गरिने उहाँले जानकारी गराए।
बैठकमा संविधान निर्माणको जारी प्रक्रिया, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीले खेलिरहेको भूमिकालगायतका विषयमा पनि अन्तक्रिया गरिने भएको छ । रासस
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC