Home » » निगमको उडानमा मदिरा खुला

निगमको उडानमा मदिरा खुला

Written By Rijan KC on Wednesday, July 1, 2015 | 4:09 AM

काठमाडौ, असार १६ -
नेपाल वायु सेवा निगमले यात्रु आकर्षित गर्न आफ्ना उडानमा फेरि मदिरा सेवन गर्न दिने भएको छ । निगमले यात्रुको चाप घट्दै गएपछि आफ्नो उडानमा यात्रु आकर्षित गर्न मदिरा सेवन गर्न दिन लागेको हो । निमगले बुधबारदेखि अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुहरुलाई निशुल्क मदिरा सेवनको सुविधा दिन थालेको हो ।

अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको एकाधिकार बढ्दै गएपछि निगमले प्रतिस्पर्धा गर्न यो सुविधा दिन सुरु गरेको निगम प्रवक्ता तथा कर्पोरट डाइरेक्टर रामहरि शर्माले बताए । उनले भने, 'यात्रुहरु आकर्षित गर्न र हामीप्रति आममानिसको धारणा परिवर्तन गरेन पनि यो सुविधालाई फेरि सुरुवात गरेका हौँ ।'
उनले विमानमा कति मदिरा पिउन दिइने भन्ने यकिन नभएको बताए । उनले भने, 'सामान्यतय एक/दुई पेग खाने चलन हो । हामीले यसको लिमिट तोकेका छैनौं ।'
उनका अनुसार निगमले बैंकक, हङकङ र दिल्ली उडानमा मदिराको सुविधा दिन लागेको छ । मुस्लिम बाहुल्यता भएका गन्तव्य कतारको दोहा र मलेसियाको क्वालालम्पुरमा भने यो सुविधा नदिइएको शर्माले बताए । नेपालमा अहिले २४ वटा विमान कम्पनीहरुले सेवा दिइरहेका छन् । जसमा वर्षेनी साढे ३५ लाख यात्रु नेपाल भित्रने गरेका छन् । नेपाल आउने कूल यात्रुहरुको दुई प्रतिशत हिस्सा मात्रै निगमले ओगटेको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC