Home » » कस्तो अचम्म, ४ खुट्टा भएको सर्प फेला पर्यो

कस्तो अचम्म, ४ खुट्टा भएको सर्प फेला पर्यो

Written By Unknown on Saturday, July 25, 2015 | 11:57 PM


साउन १० 
‘सर्पको खुट्टा सर्पले नै देख्छ ।’ नेपालीमा एउटा उखानै छ । तर ब्राजिलमा सर्पले मात्र होइन मान्छेले पनि देख्ने खुट्टा भएको सर्प भेटिएको छ । ब्राजिलमा पहिलो पटक चार खुट्टा भएको सर्प फेला परेको हो ।तर यो खुट भएको सर्प जीवित भने भेटिएको होइन । वैज्ञानिकले झण्डै ११ करोड वर्ष पुरानो अवशेष भेटेका हुन् । सर्पको यो चार खुट्टा शिकार गर्नका लागि प्रयोग हुने गरेको वैज्ञानिकले अनुमान लगाएका छन् । यो तथ्यले सर्पको विकास पानीमा नभई जमिनमा भएको हुन सक्ने आधार तय भएको छ । यो सर्पको अवशेषलाई लिएर अहिल  बैज्ञानिक माझ बहस चलेको छ । उनीहरुका अनुसार चार खुट्टे यो सर्पको अवशेष सबैभन्दा पुरानो हो । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC