Home » » विश्वकै १० प्रतिशत खेलाडी डोपिङमा

विश्वकै १० प्रतिशत खेलाडी डोपिङमा

Written By Unknown on Friday, July 24, 2015 | 12:02 AM

श्रावण ८ 
विश्वका १० प्रतिशत खेलाडीले प्रतिबन्धित शक्तिबर्द्धक औषधी प्रयोग गर्ने गरेको एक अध्ययनले देखाएको छ । विश्व एन्टी डोपिङ एजेन्सी वाडाका प्रमुख डेभिड हाउम्यानले झन्डै १० प्रतिशत व्यवसायिक खेलाडी विश्व खेलकुदका निकायलाई छलेर डोपिङमा संलग्न भइरहेको खुलाशा गरे । यसरी डोपिङमा संलग्न हुनेहरुमध्ये हरेक ५ जनामा ४ जना खेलाडी डोपिङ परीक्षणबाट उम्कने गरेको पनि उनले बताए । युवा तथा जुनियर खेलाडीमा समेत डोपिङको मोह बढ्दै गएको उनले बताए । विश्व खेलकुदमा बढ्दो व्यावसायिकताले खेलाडीलाई आकर्षित गराउने हुँदा छिट्टै व्यावसायिक खेलाडी बन्ने आशामा जुनियर खेलाडीले बाटो बिराउँदै गएको बताइएको छ । युवा खेलाडीहरुमा बढ्दो डोपिङ मोह विश्व खेलकुदकै लागि खतरनाक रहेको वाडा प्रमुखको बुझाई छ । उनले अबको ५ वर्षभित्र खेलकुदमा हुने डोपिङलाई अपराधको रुपमा हेर्न सकिनेसमेत बताए ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC